06/11/2025
आज हामी हाम्रो नेपाल हामी नेपाली जनजागरण को लागि स्वतन्त्र अभियान को टिम नागरिकको जनगुनासो अनुसार तुल्सीपुर मा रहेको गोदाम घर नजिक रहेको डीएपी मल र यूरिया मल पाउने ठाउँ मा हामी पुगेका थियौं । त्यस कार्यालयका प्रमुख लिलाधर ओलीज्यूसँग समन्वय गर्यौ उहाँले विभिन्न राजनीतिक दलको दबाब आउँदा पनि नागरिकलाई कसरी सहज हुन्छ र नागरिकको हितमा हामीले कसरी काम गर्ने भन्ने कुरामा तल्लिन रही कसैको प्रवाहमा नलागी नागरिकको सेवाका लागि निरन्तर खटिरहेको कुरा बताउँदा हामी साह्रै हर्षित भएका छौं उहाँले हामीलाई हरेक डाटा दिनुभयो र बुझ्यौ उहाँ आइसकेपछि नागरिकका सुरक्षाका निम्ति धेरै प्रक्रियाहरू थाल्नी गर्नुभएको कुरा पनि हामी नागरिकमा जानकारी गराउँछौं।