Damak Hospital -दमक अस्पताल

Damak Hospital -दमक अस्पताल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Damak Hospital -दमक अस्पताल, Government Organization, Falgunanda Chowk, Chowk.

झापा जिल्लाको पश्चिम सिमानामा अवस्थित, यस दमक अस्पताल दमक नगरपालिकाको मातहतकाे सरकारी अस्पताल हाे। झापा माई पश्चिमका सबै पालिकाहरुका साथै ईलामको तल्लो भेग र मोरंगको मिक्लाजुङ्गका जनताको स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु रहदै सेवा प्रदान गर्दै आईरहेको छ।

दमक अस्पताल: एउटा ऐतिहासिक उपलब्धि (MSS मा ८९% अंक प्राप्त)दमक, झापामिति: २०८३/०२/२२दमक अस्पताल परिवार सम्पूर्ण आदरणीय न...
05/06/2026

दमक अस्पताल: एउटा ऐतिहासिक उपलब्धि (MSS मा ८९% अंक प्राप्त)
दमक, झापा
मिति: २०८३/०२/२२
दमक अस्पताल परिवार सम्पूर्ण आदरणीय नगरवासी तथा सेवाग्राहीहरूमा अत्यन्तै हर्ष र गौरवका साथ यो सुखद समाचार साझा गर्न चाहन्छ। अस्पतालको सेवा प्रवाह, गुणस्तर र व्यवस्थापकीय पक्षको मूल्याङ्कन र सुधृढीकरणका लागी गरिने नेपाल सरकारको न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards - MSS) अन्तर्गत आज भएको विस्तृत निरीक्षण एवं मूल्याङ्कनमा दमक अस्पतालले ८९ प्रतिशत (89%) उत्कृष्ट अंक प्राप्त गर्न सफल भएको छ।

हात्तीपाइले रोग सम्बन्धी अपाङ्गता रोकथाम तथा स्वयम-हेरचाह (MMDP) कार्यक्रम सम्पन्नदमक अस्पतालको उपेक्षित उष्ण प्रदेशीय र...
26/05/2026

हात्तीपाइले रोग सम्बन्धी अपाङ्गता रोकथाम तथा स्वयम-हेरचाह (MMDP) कार्यक्रम सम्पन्न

दमक अस्पतालको उपेक्षित उष्ण प्रदेशीय रोगहरु (NTD) को शाखाको नेतृत्वमा हालै विभिन्न प्रभावित क्षेत्रहरूमा हात्तीपाइले रोग सम्बन्धी बिरामी व्यवस्थापन तथा अपाङ्गता रोकथाम (MMDP - Morbidity Management and Disability Prevention) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

अस्पतालका उपेक्षित उष्ण प्रदेशीय रोगहरु(NTD) को शाखाको स्वास्थ्यकर्मी तथा साहारा नेपाल लगायत फेर मेड को टोलीले प्रभावित क्षेत्रमै पुगेर हात्तीपाइलेका बिरामीहरूलाई स्वयम-हेरचाह (Self-Care) तरिका, उपचार र अपाङ्गता रोकथामका विभिन्न उपायहरूका बारेमा प्रयोगात्मक जानकारी तथा परामर्श प्रदान गरेको छ।

📍 कार्यक्रम सञ्चालन भएका स्थान र मितिहरू:

* २०८३ जेठ ७ गते (कमल गाउँपालिका): पहिलो चरणमा कमल नगर अस्पताल र सोही दिन दोस्रो चरणमा लखनपुर स्वास्थ्य चौकीमा हात्तीपाइले प्रभावित व्यक्तिहरूको उपस्थितिमा स्वयम-हेरचाह तथा उपचार विधि सम्बन्धी कार्यक्रम सञ्चालन गरियो।
* २०८३ जेठ ११ गते (गौरीगञ्ज गाउँपालिका): यसैगरी, दोस्रो दिनको कार्यक्रम गौरीगञ्ज अस्पताल र सोही दिन कोरोबारी स्वास्थ्य चौकीमा बुथ राखी स्थानीय प्रभावितहरूलाई रोग व्यवस्थापन र स्वयम-हेरचाहका सीपहरूसम्बन्धी विशेष अभिमुखीकरण र सेवा प्रदान गरियो।

हाम्रो प्रतिबद्धता: हात्तीपाइले रोगको प्रभावलाई कम गर्न र प्रभावित नागरिकहरूलाई सहज जीवनयापनका लागि सक्षम बनाउन दमक अस्पतालमा उपेक्षित उष्ण प्रदेशीय रोगहरु (NTD) को शाखा निरन्तर लागिपरेको छ। समयमै सही स्वयम-हेरचाह र उपचारले यसबाट हुने अपाङ्गतालाई रोक्न सकिन्छ।

दमक अस्पतालमा क्याबिन सेवा सञ्चालनमा।                                                                                   ...
13/05/2026

दमक अस्पतालमा क्याबिन सेवा सञ्चालनमा। सेवाग्राहीहरूको सहजता, आरामदायी वातावरण तथा गुणस्तरीय स्वास्थ्य सेवामा थप विस्तार गर्ने उद्देश्यले आजदेखि दमक अस्पतालमा क्याबिन सेवा सञ्चालनमा ल्याइएको जानकारी गराइन्छ । क्याबिन कक्षमा एक चिकित्सक, नर्स सहितको स्वास्थ्यर्कीको उपस्थितिमा सेवा उपलब्ध रहनेछ। क्याबिन सेवाअन्तर्गत २ वटा कोठामा Single Bed तथा २ वटा कोठामा Double Bed व्यवस्था गरिएको छ, जसअन्तर्गत जम्मा ६ वटा बेड उपलब्ध रहेका छन् । साथै कक्षमा AC, attached toilet/bathroom, इन्टरनेट सेवासहित बिरामी कुरुवाका लागि समेत आरामदायी बेड लगायत अन्य आवश्यक सुविधाहरूको व्यवस्था गरिएको छ ।

आज आयोजित कार्यक्रममा दमक नगर पालिकाका प्रमुख तथा दमक अस्पताल व्यवस्थापन समिति श्री अध्यक्ष राम थापाले रिबन काटी क्याबिन कक्षको औपचारिक उद्घाटन गर्नुभएको थियो । अस्पताल व्यवस्थापन समितिबाट Single Bed क्याबिनको शुल्क रु. २२५०/- तथा Double Bed क्याबिनको शुल्क रु. १७५०/- निर्धारण गरिएको छ । अन्य सेवा शुल्कहरू हाल अस्पतालमा प्रचलित शुल्क अनुसारनै लाग्ने व्यवस्था गरिएको छ ।

सेवाग्राहीहरूको आवश्यकता र सुविधालाई प्राथमिकतामा राख्दै आगामी दिनहरूमा पनि थप प्रभावकारी, सुरक्षित तथा व्यवस्थित स्वास्थ्य सेवा प्रदान गर्न दमक अस्पताल प्रतिबद्ध रहेको छ ।

दमक अस्पताल: दैनिक सेवा विवरणमिति: २०८३/०१/२१ (2026-05-04)
05/05/2026

दमक अस्पताल: दैनिक सेवा विवरण
मिति: २०८३/०१/२१ (2026-05-04)

दमक अस्पताल: दैनिक सेवा विवरणमिति: २०८३/०१/१७ (2026-04-30)
04/05/2026

दमक अस्पताल: दैनिक सेवा विवरण
मिति: २०८३/०१/१७ (2026-04-30)

कुचिकार (स्वीपर) पदको अन्तर्वार्ता परीक्षाको अन्तिम नतिजा ।
30/04/2026

कुचिकार (स्वीपर) पदको अन्तर्वार्ता परीक्षाको अन्तिम नतिजा ।

दमक अस्पताल: दैनिक सेवा विवरणमिति: २०८३/०१/१६ (२०२६/०४/२९)
30/04/2026

दमक अस्पताल: दैनिक सेवा विवरण
मिति: २०८३/०१/१६ (२०२६/०४/२९)

मेडिकल अफिसर / स्टाफ नर्स परीक्षाको अन्तिम नतिजा सम्बन्धमा ।
29/04/2026

मेडिकल अफिसर / स्टाफ नर्स परीक्षाको अन्तिम नतिजा सम्बन्धमा ।

29/04/2026

रोल नम्बर सच्चाएको सम्बन्धमा ‌।

स्टाफ नर्सको लिखित परीक्षाको नतिजा सम्बन्धमा ।
29/04/2026

स्टाफ नर्सको लिखित परीक्षाको नतिजा सम्बन्धमा ।

Address

Falgunanda Chowk
Chowk

Alerts

Be the first to know and let us send you an email when Damak Hospital -दमक अस्पताल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share