लोकसेवा तयारी

लोकसेवा तयारी .Discussion on PSC Examination of Nep Govt.
म कहिल्यै हार्दिन कि ?

03/03/2023

सिद्ध कैलास गुदा - सल्यान
सिद्ध गुदा - तनहु

02/03/2023

पन्ध्रौं योजना (२०७६/७७-२०८०/८१) को अन्त्यसम्मको लक्ष्य:-
👉️ आर्थिक वृद्धिदर : १०.३%
👉️ गरिबिको रेखामुनी : ९.५%
👉️ बहुआयमिक गरिबीमा रहेको जनसंख्या : ११.५%
👉️प्रतिब्यक्ती कुल राष्ट्रिय आय : १५९५
👉️ आयु : ७२
👉️ ईन्टरनेटमा पहुच प्राप्त जनसंख्या : ८०%
👉️ उच्च मध्यम स्तरको खानेपानी सुबिधा पुगेको जनसंख्या : ४०%
👉️ सार्बजनिक धितोपत्रमा लगानी गर्ने जनसंख्या :२०%
👉️आधारभुत सामाजिक सुरक्षामा आबद्ध जनसंख्या : ६०%
👉️ प्रतिब्यक्ती विद्युत उपभोग : ७०० किलोवाट घन्टा
👉️ प्रती पर्यटक प्रती दिन खर्च : १०० अमेरिकी डलर
👉️ बाल मृत्युदर : २४ प्रतिहजार जिबित जन्ममा
👉️ किशोरी अवस्थाको प्रजनन : ६
👉️ मातृ मृत्युदर : ९९ प्रतिलाख
👉️साक्षरता : ९५%
👉️ युवा साक्षरता दर (१५-२४ बर्ष) : ९९%
👉️श्रमशक्ती सहभागिता दर : ४९%
👉️ रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा : ५०%
👉️ रेलमार्ग : ३४८ किलोमिटर
👉️ विद्युतमा पहुच प्राप्त परिवार : १००%
👉️ अर्थतन्त्रमा प्राथमिक क्षेत्र(कृषि,बन र खानी)को योगदान : २३%
👉️ अर्थतन्त्रमा द्वितिय क्षेत्रको योगदान : १८.१%
👉️ अर्थतन्त्रमा तृतीय क्षेत्रको योगदान : ५८.९%
👉️ विद्युत उत्पादन : ५८२० मेगावाट
👉️ बस्तु तथा सेवाको निर्यात : १५.७%
👉️ बस्तु तथा सेवाको आयात : ५१%
👉️ कृषि उत्पादकत्व : ४%

01/03/2023

फेरि GK थपियो ।...........................................
-प्रदेश न १
-नाम : कोशी प्रदेश
-नामाकरण :-वि.सं.२०७९/११/१७ गते ।
-प्रदेश राजधानी घोषणा : बिराटनगर, मोरङ
(वि.सं. २०७६/०१/२३ गते)
क्षेत्रफल : २५,९०५ वर्ग कि.मि
जिल्ला : १४ वटा ।
ठुलो जिल्ला : ताप्लेजुङ (३६४६ वर्ग कि.मि)
सानो जिल्ला : तेह्रथुम (६७९ वर्ग कि.मि)
जम्मा स्थानीय तह : १३७ वटा
गाउपालिका : ८८ वटा
नगरपालिका : ४६ वटा
उपमहानगरपालिका : २ वटा
महानगरपालिका : १ वटा
जम्मा वडा संख्या : ११५७ वटा

28/02/2023

कुन सन्धिमा कति धारा :-
================
🌹 साइटिस ------ 3 धारा

🌹 सुगैली सन्धी ------ 9 धारा

🌹 सार्क वडापत्र ------ 10 धारा

🌹 थापाथली सन्धी ----- 10 धारा

🌹 बिस्तृत शान्ति सम्झौता --------- 10 धारा

🌹 नेपाल भारत शान्ती तथा मैत्री सन्धी ----10 धारा

🌹सगरमाथाको आधार शिविर कालापत्थर को बैठमा (2066/09/19)----- ----- 10 धारा

🌹 रामसार महासन्धी --------------12 धारा

🌹 महाकाली सन्धी ----------------12 धारा

🌹 गण्डकी सन्धी --------------- 13 धारा

🌹 विपा सम्झौता ---------------16 धारा

🌹 कोशी सम्झौता ----------------18 धारा

🌹 असङग्ल आन्दोलन ------------ 21 धारा

🌹 साप्टा ------------25 धारा

🌹 साफ्टा ----------- 25 धारा

========= लोकसेवा तयारी विशेष सामाग्री=======

🌹 क्याटो प्रटोकल ----- 27 धारा

🌹 CEDA ------30 धारा

🌹 मानव अधिकार घोषणा पत्र -----30 धारा

🌹 अमेरिकाको सम्भिधानमा ------ 3 धारा

🌹 सुगैली सन्धी ------ 9 धारा

🌹 सार्क वडापत्र ------ 10 धारा

🌹 थापाथली सन्धी ----- 10 धारा

🌹 बिस्तृत शान्ति सम्झौता --------- 10 धारा

🌹 नेपाल भारत शान्ती तथा मैत्री सन्धी ----10 धारा

🌹सगरमाथाको आधार शिविर कालापत्थर को बैठमा (2066/09/19)----- ----- 10 धारा

🌹 रामसार महासन्धी --------------12 धारा

🌹 महाकाली सन्धी ----------------12 धारा

🌹 गण्डकी सन्धी --------------- 13 धारा

🌹 विपा सम्झौता ---------------16 धारा
🌹 कोशी सम्झौता ----------------18 धारा

🌹 असङग्ल आन्दोलन ------------ 21 धारा

🌹 साप्टा ------------25 धारा

🌹 साफ्टा ----------- 25 धारा

🌹 क्याटो प्रटोकल ----- 27 धारा

🌹 CEDA ------30 धारा

🌹 मानव अधिकार घोषणा पत्र -----30 धारा

🌹 अमेरिकाको सम्भिधानमा --------32 धारा

🌹 प्रोटोकल 21 मा ---------40 धारा

🌹 बालअधिकार महासन्धि ----------54 धारा

🌹 आसियन वडापत्र -----------55 धारा

🌹 म्याग्नाकाटा -----------63 धारा

🌹 UNO कोव्वडापत्र ----------- 111 धारा

28/02/2023

सिकार खेल्न पाइने चरा : सुत्र = काली लुइती च्याप चढुपा
काली = कालिज
लुइ= लुइचे
ती= तित्रा
च्या= च्याखुरा
प= परेवा
च= चखेवा
ढु= ढुकुर
पा= पानीहास

पत्रिका बेच्ने  देखि शाखा अधिकृतसम्म एउटा संघर्षको यात्रा।🙏❣️RaNjay MeHta को संघर्ष यात्रा एक पटक अवस्य पढ्नु हाेला।म सु...
19/02/2023

पत्रिका बेच्ने देखि शाखा अधिकृतसम्म एउटा संघर्षको यात्रा।🙏❣️
RaNjay MeHta को संघर्ष यात्रा एक पटक अवस्य पढ्नु हाेला।

म सुनसरी जिल्ला, साविक मध्यहर्षाही वार्ड न 5 मा एक निम्न बर्गमा जन्मिएकाे हुँ । मेराे परिवारकाे सबै सदस्य कृषि पेशामा आबद्ध भएकाेले पढ्ने तिर खासै रुचि थिएन । विदेश जाने पैसा कमाउने, घरकाे काम गर्ने लगायतका कुराहरु दिमागमा Hit गर्थ्याे । जसाेतसाे 2067 सालमा देवानगंज मा.वि. सुनसरिबाट SLC र 2069 सालमा हरिनगरा उ.मा.वि. बाट +2 गाँउकै स्कुलबाट सकेँ ।
पैसाकाे अभावपूर्ण अवस्था र आफ्नाे शिक्षा प्राप्तीका लागि पत्रिका वितरण कार्य मासिक एक हजारबाट सुरु गरेकाे थिएँ ।
- 2069 सालमा विराटनगरकाे स्थानिय पत्रिका वितरण गर्दाकाे पल सम्झिदा स्राहै नमज्जा लागेर आउँछ । त्यसपछि प्रति महिना 1500 का दरले सहकारि संस्थामा पैसा संकलन र का. स. काे कार्यले झन्नै संघर्ष गर्न सिकायाै ।
- 2070 सालमा Edenburgh College, Biratnagar मा BBS काे यात्रा सुरु र लाेकसेवाबाट सरकारी जागिर हुन्छ भन्ने कुरा सुन्नमा आयाे ।
- लाेकसेवा पढ्न पैसाकाे जाेहाे गर्न 2070 सालकाे निर्वाचनमा म्यादी प्रहरिकाे 1/2 महिने जागिर र साथिभाई,आफ्नत सँग पैसा सापटी माग्दा नदिदाकाे खिन्नता तथा प्रहरि व्यारेकमा बस्दा गुरुवाहरुले एक हाेनाहार युवालाई De-motive गर्ने क्रियाकलाप सम्झिदा कस्ताे नमिठाे लागेर आउँछ ।
- 2070 सालमा इलामबाट वन रक्षककाे परीक्षा फेल हुदाै साथिभाईहरुले १४/१५ घण्टा पढ्ने म फेल भए र ३/४ घण्टा पढ्ने पास भए पछि निकै Satter हान्ने कुराले झन्न आफुमा उर्जा थपियाे र लगातार संघर्ष गरिरहे, लागिरहे ।।
- 2071 सालकाे ना.सु. विज्ञापनमा पूर्वान्चलबाट मधेशी १ नम्वरमा सिफारिस भई लेखापालकाे रुपमा जिल्ला शिक्षा कार्यालय, संखुवासभामा नियुक्ति पाएंकाे पल सम्झिदा याे मान्छे केही गर्न सक्दैन भन्नेहरुकाे म उत्प्रेणाकाे स्राेत भई सके जस्ता्े लाग्याे ।।
- 2073 सालमा BBS complete गरि Section Officer काे पहिलाे पेपरमा लगातार 2074 र 2075 मा असफलताले आफ्नाे कमजाेरिकाे सूक्ष्म तरिकाले मनन गरेँ । कहिलेकाहि लाग्थ्याे Section Officer पास गर्न सकिन्न , कहिले लाग्थ्याे First पेपर नै मेराे लागि तगाराे बनी सकेकाे छ कि तर 1/2 बर्ष Covid 19 र 1/2 बर्ष विज्ञापनमा मुद्दा परेकाे कारण समय वितिदै गयाे र म लगातार लागिरहे ।।
- 2077 काे बिज्ञापन 2078 मा पहिलाे पेपरमा सफलता संगै 2079 मा सबै चरण पार गर्दै आज संघिय सरकारकाे #शाखा_अधिकृत हुन सफल भएकाे छु । यहाँ सम्म ल्याईपुर्याउने सबै प्रति पुन एक पटक नमन:🙏
#उहाँकै_फेस्बुक_बाट_साभार

15/02/2023

सूचकांक र नेपालको अवस्था

१) लोकतान्त्रिक सूचकाङ्क (Democracy index)- १०१औं स्थान, :-Negative individual freedom/flaw dem.

२) बजार प्रतिस्पर्धी सूचकाङ्क (Business compettive index)- १०८औं स्थान :-Poor macroeconomic stability.

३) भ्रष्ट्राचार नहुने मुलुकको सूचकाङ्क (Corruption perceptions index)- ११०औं स्थान :-Rampant corruption.

४) प्रतिव्यक्ति आय सूचकाङ्क (GDP per capita income index)- १५९औं स्थान :-Low level income of people and country.

५) मानव विकास सूचकाङ्क (Human development index)- १४३औं स्थान :-Declining HDI values.

६) राहदानी हैसियतको सूचकाङ्क (Pasport index - individual)- १८६औं स्थान :-World reach 27% only.

७) शासकीय सूचकाङ्क (Governance index)- १३९ औं स्थान :-Poor level of governance.

८) बिधुतिय सरकार सुचकांक (e-government index)- १२५ औं स्थान :-Poor IT infrastructure and educational level.

९) नवप्रवर्तन सूचकाङ्क (Global innovation index)- १११ औं स्थान, :-Low level of economic innovation.

१०) बिजनेश सूचकाङ्क (Doing business index)- ९४ औं स्थान :-Low level of business friendly regulation and enviornment.

११) डिजिटल उधमशिलता र अन्वेषण (Digital entrepreneurship and innovation index)- १११ औं स्थान :-Digital performance shown to be very poor

१२) जीवनयापनको गुणस्तर सूचकाङ्क (Quality of life index)- ९५औं स्थान :-Nepal far worse than others on quality of life.

१३) बिश्व समृद्वि सुचक (Prosperity index)- ११४ औं स्थान :-Negative investment enviornment and enterprises condition/low market access.

१४) देशको बौद्विक क्षमतास्तर (Countries by IQ)- १९९ औं स्थान
:-Poor quality of education and availability of uncapable human resources.
#साभारित

14/02/2023
सत्यानाशै पार्यो डाम्नाले😅
14/02/2023

सत्यानाशै पार्यो डाम्नाले😅

10/02/2023

लोकसेवा पास हुने तरिका : कसरी पढ्ने समसामयिक घटना ?
===========================================

लोकसेवा आयोगको विभिन्न तहको परीक्षामा सामान्य अध्ययन विषयअन्तर्गत समसामयिक घटनासँग सम्बन्धित खण्डको भूमिका महत्त्वपूर्ण हुन्छ । उक्त खण्डबाट प्रारम्भिक र मुख्य परीक्षा दुवैमा अधिकाधिक प्रश्न सोधिन्छ । विगत केही वर्षदेखि लोकसेवा आयोगको परीक्षामा समसामयिक घटनासँग सम्बन्धित प्रश्नको संख्या वृद्धि हुनुका साथै त्यसको स्वरूप पनि जटिल भएको छ । प्रश्न तथ्यात्मक कम र अवधारणात्मक बढी हुँदै गएको छ, जसका लागि कुनै पनि क्षेत्रको समग्र एवं विश्लेषणात्मक जानकारी आवश्यक छ । गत वर्षको प्रारम्भिक परीक्षामा समसामयिक मुद्दासँग सम्बन्धित जुन प्रश्न सोधिएको थियो त्यसले पनि यो कुरालाई पुष्टि गर्छ कि सामान्य अध्ययनअन्तर्गत समसामयिक घटनाप्रति आँखा चिम्लिने हो भने सफलता प्राप्त गर्न सकिंदैन । परीक्षामा समसामयिक घटनासँग सम्बन्धित प्रश्न सोध्नुको मुख्य उद्देश्य परीक्षार्थीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशप्रतिको सजगता एवं जागरूकताको परख गर्नु हो । यसका लागि समाचारका माध्यमसँग निरन्तर सम्पर्कमा रहनुका साथै विविध घटनाका सम्बन्धमा हुने चर्चा-परिचर्चा र बहसका विभिन्न पक्षलाई बुझ्नुपर्छ । यसका लागि परीक्षार्थीले आफ्नो तयारीको प्रारम्भिक समयदेखि नै जागरूक हुनुपर्छ ।
समग्र दृष्टिकोणको विकास
समसामयिक विषयको कुनै पनि घटनालाई केवल तथ्यात्मक वा एउटा सूचनाका रूपमा हेर्नु हुँदैन, त्यसका लागि एउटा समग्र दृष्टिकोण आवश्यक छ । कुनै पनि घटनाको एउटा पृष्ठभूमि हुन्छ जसबाट अवगत नभै त्यसको वर्तमान स्थिति बुझ्न सकिँदैन । अर्को कुरा, घटनाको विविध आयामलाई जानेर नै त्यसको मूल्यांकन गर्न सकिन्छ । उदाहरणका लागि नेपाल विश्वको जलस्रोतको दोस्रो धनी देश हो, तर यहाँका बासिन्दा अहिले चर्को लोडसेडिङको मार खेपिरहेका छन् । त्यसैले नेपालको विकासको मूल्यांकन गर्दा प्राकृतिक स्रोत-साधनको कुरा गरेर मात्र हुँदैन, अपितु: त्यसमा निहित विभिन्न विरोधाभास तथा असंगतिहरूलाई हेर्नु पनि आवश्यक हुन्छ । समसामयिक घटना र मुद्दासँग सम्बन्धित जानकारी प्रारम्भिक परीक्षा, मुख्य परीक्षा तथा अन्तर्वार्ता तीनवटैका लागि समान रूपले उपयोगी छन् । प्रारम्भिक परीक्षामा समसामयिक विषयवस्तुमा आधारित प्रश्न ३०-३५ प्रतिशत हुन्छन् जसको स्वरूप तथ्यांत्मक तथा अवधारणात्मक दुवै हुन्छन् । कतिपय अवस्थामा कुनै घटनाबाट नभै त्यसको पृष्ठभूमिबाट पनि प्रश्न सोधिन्छ । मुख्य परीक्षामा यो खण्डबाट लगभग ४० प्रतिशत प्रश्न सोधिन्छ । यी प्रश्न केही जटिल प्रकारका हुन्छन् जसले विश्लेषणात्मक जवाफको खोजी गर्छ । समसामयिक घटनासम्बन्धी तयारीमा सम्बन्धित जानकारी जुटाउन तथा त्यसको अध्ययनसँग सम्बन्धित दुई प्रकारका समस्या छन् । पहिलो यसको क्षेत्र धेरै विस्तृत र व्यापक छ । यसअन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिदृश्यसँग सम्बन्धित समस्त जानकारी समाहित गरिएका छन् जसको तथ्यात्मक एवं विश्लेषणात्मक दुवै पक्षलाई ध्यानमा राख्नुपर्छ । दोस्रो समस्या, समसामयिक घटनाको प्रामाणिक तथा सन्तुलित स्रोतको छ । भनिन्छ, समसामयिक घटनाका लागि कुनै एउटा समाचारमाध्यम पर्याप्त छ यद्यपि कुनै पनि समाचारमाध्यममा प्रकाशित हुने आलेख लेखकको व्यक्तिगत विचार तथा विचाराधारासँग सम्बन्धित हुनसक्छ । अत: त्यसका आधारमा आफ्नो दृष्टिकोण बनाउनु एकपक्षीय वा एकांकी हुनसक्छ । वास्तवमा समसामयिक घटनासँग सम्बन्धित विविध तथा छरिएर रहेका जानकारी संकलित गर्नु र त्यसलाई विश्लेषण गरेर एउटा सन्तुलित निष्कर्ष निकाल्नुपर्ने यो खण्डको तयारीका लागि एउटा समग्र र सन्तुलित रणनीति बनाउनुपर्छ एवं त्यसैअनुसार समसामयिक घटनाको न केवल अध्ययन गर्नुपर्छ अपितु: त्यसमा परिचर्चा पनि चलाउनुपर्छ, जसले गर्दा विभिन्न घटनाप्रति सुस्पष्ट दृष्टिकोण विकसित हुन सकोस् ।
कसरी पढ्ने समसामयिक घटना ?
समसामयिक घटना तथा मुद्दाको व्यापकतालाई मध्यनजर गर्दै यसको तयारीका लागि एउटा वैज्ञानिक तरिका विकसित गर्न सकिन्छ जसअन्तर्गत निम्नलिखित तथ्यलाई ध्यानमा राख्नु आवश्यक छ ।
१. समसामयिक घटनाप्रति आफ्नो अभिरुचि विकसित गर्ने प्रयास गर्नुपर्छ । प्रत्येक दिन कुनै स्तरीय राष्ट्रिय समाचारपत्र पढ्ने अथवा टेलिभिजनमा समाचार हेर्ने बानी बसाल्नुपर्छ ।
२. राष्ट्रिय-अन्तर्राष्ट्रिय घटनालाई वर्गीकृत गरेर अध्ययन गर्नुपर्छ । उक्त घटनाअन्तर्गत विभिन्न राजनैतिक, सामाजिक, आर्थिक, सांस्कृतिक एवं खेलकुद आदिसँग सम्बन्धित जानकारीलाई व्यवस्थित गरेर हेर्नुपर्छ ।
३. कुनै पनि घटनाको तथ्यात्मक तथा अवधारणात्मक पक्ष बुझ्ने प्रयास गर्नुपर्छ ।
४. कुनै पनि घटनालाई त्यसको बहुआयामिक परिप्रेक्ष्यमा हेर्नुपर्छ । घटनाको सकारात्मक र नकारात्मक पक्षका साथसाथै राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवं भौगोलिक पक्ष पनि बुझ्नुपर्छ ।
५. समसामयिक विषयका लागि सधैं प्रमाणित स्रोतलाई आधार बनाउनुपर्छ ।
६. समसामयिक घटनासँग सम्बन्धित प्रश्न कतिपय अवस्थामा मानचित्रमा पनि आधारित हुन्छन् ।
अत: कुनै घटना र त्यससँग सम्बन्धित भौगोलिक पक्षको अध्ययन पनि अनिवार्य हुन्छन् ।
समसामयिक विषयको वर्गीकरण
समसामयिक विषयको तयारीका लागि विविध विषयलाई अलग-अलग खण्डमा विभाजित गरेर त्यसको अध्ययन गर्नुपर्छ ।

१. राष्ट्रिय महत्त्वको विषय
– सरकारको नीति तथा त्यसका विभिन्न क्रियाकलाप
– न्याय व्यवस्था तथा न्यायालयको महत्त्वपूर्ण निर्णय
– राष्ट्रिय योजना आयोग
– विविध विषयसँग सम्बन्धित समिति तथा आयोगहरूको प्रतिवेदन
– क्षेत्रीय तथा स्थानीय गतिविधि
– चर्चित व्यक्तित्व

२. अन्तर्राष्ट्रिय महत्त्वको विषय
– नेपाल र विश्व तथा नेपालको विदेश नीति
– संयुक्त राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय संगठन तथा एजेन्सी
– विभिन्न देशका अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र सम्मेलन
– सार्क गतिविधि
– अन्य वैश्विक सामाजिक-सांस्कृतिक गतिविधि

३. आर्थिक महत्त्वको विषय
– राष्ट्रिय बजेटको विविध पक्ष तथा त्यसका सामाजिक आर्थिक प्रभाव
– मुद्रा तथा बैंकिङसँग सम्बन्धित नीति- नियम एवं सुधार
– व्यापार तथा वाणिज्यसम्बन्धी सरकारी नीति
– विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा अन्य आर्थिक मञ्चका सम्मेलन
– अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन एवं गतिविधि

४. सामाजिक महत्त्वको विषय
– श्रम कानुन तथा सुधार, रोजगारी र गरिबी
– खाद्य सुरक्षा, मानव विकास, शिक्षा-संस्कृति, मिडिया, सामुदायिक विकास
– वैश्विक भ्रष्टाचार प्रतिवेदन, मानव विकास सूचकांक आदि ।

५. विज्ञान तथा प्रविधि
– सूचना प्रविधि, जैविक प्रविधि एवं अन्तरिक्ष विज्ञान
– विभिन्न अन्वेषण तथा आविष्कार
– स्वास्थ्य र पोषण, कृषि तथा उद्योग

६. पर्यावरणीय महत्त्वको विषय
– प्राकृतिक संरचना र विपद् व्यवस्थापन
– वन तथा जीव संरक्षण र पर्यावरणीय तथा पारिस्थितिकी सुरक्षा
– पर्यावरणसँग सम्बन्धित राष्ट्रिय-अन्तर्राष्ट्रिय कानुन, सम्मेलन तथा सम्झौता आदि

७. खेलकुद
– प्रमुख खेल आयोजन, पुरस्कार

८. विविध
– शब्द संक्षेप, चर्चित पुस्तक, व्यक्तित्व तथा चर्चित स्थल
– प्रमुख दिवस र वर्ष, महोत्सव
– प्रमुख अभियान, शिक्षा-संस्कृति, दुर्घटना तथा अन्य महत्त्वपूर्ण तथ्य !!!

09/02/2023

२०७१ शाखा अधिकृतमा सोधिएका प्रश्न
# # # # # # # # # # # # # # # # # # # # # # # # # # # # # # # # # # # # # #
1. जोनाथन बि पोष्टल अवार्ड २०१४ बाट सम्मानित हुने व्यक्ति को हुन् ?
Mahabir Pun
2. लोक सेवा आयोगका प्रथम अध्यक्ष को हुन् ?
-Narendra man Singh Pradhan
3. लिच्छविकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो ?
Sarbadanda Nayak
4. साइटिसको मुख्यालय कहाँ रहेको छ ?
America
5. जनगणना २०६८ अनुसार १५ देखि १९ वर्ष सम्मको जनसंख्या प्रतिशत कति रहेको छ ?
Wrong question option ma diyeko kunai pani milkaina
6. आ.व.२०७०।७१ मा वृद्धहरुलाई वार्षिक कति उपचार खर्च दिने घोषणा गरिएको छ ?
2000
7. २०१४ मार्च ८ गते बाट हराइरहेको मलेशियन विमान कुन देशको राजधानीको लागि उडेको थियो ?
beijing
7. पूर्वबाट पश्चिमको क्रममा मिलाउनुहोस् -
bhadrapur biratnagar bharatpur kapilbastu

8. लम्वाइको आधारमा लामो देखि छोटोको क्रममा मिलाउनुहोस्
Preathvi, Siddadrtha, Trivuban, Mechi
9. बढीबाट कम जनघनत्वको आधारमा क्रम मिलाउनुहोस्
KTm, Pokhara, Lalitpur, Biratnagar, Bharatpur
10. टि.भि.(T.V.) का अविष्कारक को हुन् ?
John bayerd
11. नोवेल पुरस्कार २०१४ को अर्थशास्त्र तर्फको पुरस्कार कसलाई प्रदान गरियो ?
Jean tirol
12. २०-२० विश्व कप क्रिकेट २०१४ को विजेता कुन देश भएको थियो ?
Srilanka
13. विश्व कप फुटवल २०१४ को वारेमा तलका कुन भनाई ठीक छ/छन्-
क) सवैभन्दा बढी गोलकर्ता मेसी हुन् ।
ख) अन्तिम खेल व्राजिल र जर्मनी बीच भएको थियो ।
ग) सेमिफाइनलमा पुग्ने ४ टिमहरु ब्राजिल¸नेदरल्याण्ड¸अर्जेन्टिना र जर्मनी हुन् ।
ग)
14. तलका हिमालमध्ये कुन हिमालको उचाई ८ हजार मिटर भन्दा होचो छ ?
क) के२ ख) मकालु ग) मनास्लु घ) माउन्ट एल्व्रुज
Maount albruj
15. तेह्रौं योजनाको अन्त्यसम्म कति प्रतिशत जनतालाई विद्युत सेवा पुर्याeउने लक्ष रहेको छ ?
87
16. तामा¸सुन¸फलाम¸कोइला पाइने क्रम मिलाउनुहोस्-
कालीगण्डकी¸चितवन¸फुलचोकी¸ कुलेखानी
17. नेपाली सेनालाई संयुक्त राष्ट्र संघको शान्तिसेनामा कहिलेदेखि पठाउन थालिएको हो ?
1958
18. युनेस्कोको प्रधान कार्यालय कहाँ रहेको छ ?
PERIS
19. एजेण्डा २१ के सँग सम्बन्धित छ ?
E NVIRONMENT
20. जुन २१ मा पृथ्वीको दक्षिणी गोलार्द्धमा कुन ऋतु चलिरहेको हुन्छ ?
Winter
21. सन् १९४५ अगष्ट ६ मा हिरोशिमामा खसालिएको अणुवमको नाम के हो ?
Little Boy
22. वेत्रावती सन्धी कहिले भएको थियो ?
1849 B.S.
23. कुन पदको लागि संवैधानिक सुनुवाइ आवश्यक पर्दैन?
क) राजदूत ख) राष्ट्रिय योजना आयोगका उपाध्यक्ष
ग) महालेखापरीक्षक घ) सर्वोच्च अदालतका न्यायाधिश
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष
24. असंलग्न राष्ट्रहरुको १६ औं सम्मेलन कुन देशमा भएको थियो ?
Iran
25. उत्पादन क्षमताको आधारमा बढीबाट कमको क्रममा मिलाउनुहोस्-
कालीगण्डकी ,मर्स्याङ्दी ¸खिम्ती¸ चिलिमे भोटेकोशी
26. तलका मध्ये आशियानका सदस्य राष्ट्रहरु कुन कुन हुन् ?
ब्रुनाइ¸लाओस¸भियतनाम¸कम्बोडिया
ALL
27. जोडा मिलाउनुहोस्-
चार्ली हेब्डो - फ्रान्स
बोकोहराम- नाइजेरिया
स्लामिक स्टेट- इराक
अल सवाब - सोमालिया
28. जनगणना २०६८ अनुसार नेपालमा बोलिने मातृभाषाको संख्या कति छ?
123
29. जोडा मिलाउनुहोस्-
क्रेस्कोग्राफ – जगदिशचन्द्र बोस
30. जोडा मिलाउनुहोस् –
लाङटाङ राष्ट्रिय निकुञ्ज डोटी
खप्तड राष्ट्रिय निकुञ्ज रसुवा
मकालु वरुण राष्ट्रिय निकुञ्ज संखुवासभा
31. चाँगुनारायण मन्दिर कुन शैलीमा बनाइएको छ ?
pagoda
32. शिवालिक पर्वत श्रेणी कहाँ पर्छ ?
तराई र भित्री मधेश
33. Paper Gold भनेर कुन मूद्रालाई चिनिन्छ ?
SDR
34. नेपालमा कतिवटा पुनरावेदन अदालत छन् ?
१६
35 . वायू/मौसम परिवर्तन.........................को हो ?
क) भूमध्येसागरीय
ख) भमध्येरेखिय
ग) मनसुनी वायू
घ) माथिका सव
36 . वस्तुको तौल कुन ठाउंमा बढी बढी हुन्छ ?
उच्च भागबाट भुमध्य रेखा तर्फ झर्दा
37) Antibaotics को सट्टा मा प्रतिस्थापन गर्न बनाइएको medicine ?
Ans . ….
38 ) identify right or wrong
A)Cosmic rys is dangerous to life
b) it contains protons and radiation.
A, A& B , B, NONE
39) The eight member of saarc country agreed on
Ans. Energy
40) Match the following

UN University Japan
WTO Jeneva
IMF Wasington DC
UNEP Nairobi

41)Match the following
Bangladesh 1972
Germani 1958
42) the seasonal reversal of winds is the typical characteristics of
Ans MOnsoon climate
43) what was slogan of american war of independence
Life, liberty and persuit of happiness
44) in which veda description of caste system is found ?
none
45) who is the writer of animal farm ?
George arwel
46) bull fighting is the national game of
Ans . spain
47) what is the ercentage of female headed households in nepal?
Ans 25.7

48) Match
makalu sankhuwasava
langtang rasuwa
khaptad doti
she phoksundo dolpa

49) which is currect
a) Most of the tourist visit nepal for trekking
b)most tourist come from europe
c) 2011 ad is obserbed nepal as toursm year
--- only option 3 is correct
50) green belt movement is stblished by whom ?
Bangira maathai

51) match the following
i)First malla raja aridev
ii)Shantisgree prachanda dev
iii_taleju bhavani mahindra malla
iv) rani pokhari pratap malla
52) who helped for stablishing CEDA
-- america
54) How many appellate court are under judiciary of Nepal
ans 16
53) in which place of Nepal, the full size of king jaya berma was discovered in 1992 AD ?
Mali hadigau
Constitution table
54)2007BS government of Nepal constitution Padma samser
55)2015bs Nepal interim consititution mohan samser
56) 2019bs constitution of Nepal king mahendra
57 )2047 constitution of kingdom of Nepal Krishna Prasad bhattarai
58) बुद्धको बारेमा जोडामिलाउने
बुद्धतब प्राप्त - बोधगया
पहिलो उपदेश - सारनाथ
अन्तिम उपदेश - वैशाली
देहत्याग – कुशिनगर
59) नेपालमा कतिवटा सार्वजनिक संस्थान नाफामा छन ?-२२

Address

Kathmandu
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when लोकसेवा तयारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to लोकसेवा तयारी:

Share