14/04/2026
प्रिय लायन्स दाजुभाइ तथा दिदीबहिनीहरू,
नयाँ वर्ष २०८३ को पावन अवसरमा तपाईं सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
बितेका दिनहरूबाट सिक्दै, आगामी दिनहरूमा अझ बढी ऊर्जा, समर्पण र सहकार्यका साथ मानव सेवामा अग्रसर हुने प्रेरणा हामी सबैमा जागृत होस्। लायन्सको मूल मन्त्र “We Serve” लाई आत्मसात गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने हाम्रो अभियान अझ सशक्त र प्रभावकारी बनोस् भन्ने अपेक्षा राख्दछु।
तपाईंहरूको निरन्तर सहयोग, एकता र सक्रियताले हाम्रो डिष्ट्रिक्टलाई अझ उचाइमा पुर्याउने विश्वास लिएको छु। नयाँ वर्षले हामी सबैमा नयाँ सोच, नयाँ जोश र उत्कृष्ट कार्य गर्ने उत्साह प्रदान गरोस्।
पुनः एकपटक, नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!
सादर,
Mjf Lion Ram Bihari Panday
District Governor Elect