शनिस्चरे बजारका सचेत युवा

शनिस्चरे बजारका सचेत युवा गलत कामको पर्दा पास

10/07/2026

🚨🚨🚨 रंगेली तथा रतुवामाई नगरपालिकामा विद्युत सेवाप्रति गम्भीर ध्यानाकर्षण !!!!!!! 🚨🚨🚨

रंगेली तथा रतुवामाई नगरपालिका क्षेत्रमा बारम्बार हुने विद्युत कटौती र कम भोल्टेजको समस्याले सर्वसाधारणको दैनिक जीवन अत्यन्तै कष्टकर बनेको छ। कुनै पनि मौसम वा विशेष परिस्थिति नहुँदा पनि दिनहुँजसो विद्युत जाने र कम भोल्टेज आउने समस्या दोहोरिनु अत्यन्तै दुःखद र चिन्ताजनक विषय हो।

दिनमै १७–१८ पटकसम्म लाइन जाने अवस्था सामान्यजस्तै बनिसकेको छ। यसले विद्यार्थीहरूको पढाइ, व्यवसाय सञ्चालन, घरायसी कामकाज, उद्योग तथा बिरामी, ज्येष्ठ नागरिक र साना बालबालिकाको दैनिकीमा गम्भीर असर पुर्‍याइरहेको छ। विशेष गरी अत्यधिक गर्मीको समयमा घण्टौंसम्म विद्युत नहुँदा जनजीवन निकै कष्टकर बनेको छ।

कम भोल्टेजका कारण पंखा, फ्रिज, पानी तान्ने मोटर, कम्प्युटर तथा अन्य विद्युतीय उपकरणहरू प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन्। कतिपय अवस्थामा उपकरण बिग्रिने जोखिमसमेत बढेको छ, जसको आर्थिक भार सर्वसाधारणले नै व्यहोर्नुपरेको छ।

नेपालका धेरै सहर तथा क्षेत्रहरूमा अहिलेको समयमा तुलनात्मक रूपमा स्थिर र भरपर्दो विद्युत सेवा उपलब्ध भइरहेको अनुभव गर्न सकिन्छ। तर हाम्रो रंगेली तथा रतुवामाई क्षेत्रमा भने किन अझै पनि बारम्बार लाइन जाने र कम भोल्टेजको समस्या यति धेरै दोहोरिरहेछ? यसको वास्तविक कारण के हो? यदि कुनै प्राविधिक, संरचनागत वा अन्य समस्या छ भने सम्बन्धित निकायले नागरिकलाई स्पष्ट जानकारी दिनुपर्छ र समाधानका लागि ठोस योजना सार्वजनिक गर्नुपर्छ।

हामी नियमित रूपमा विद्युत महसुल तिर्छौं। त्यसैले गुणस्तरीय, स्थिर, भरपर्दो र अविच्छिन्न विद्युत सेवा पाउनु हाम्रो अधिकार हो। नागरिकले सेवा शुल्क समयमै तिर्दा सेवा पनि गुणस्तरीय हुनु आवश्यक छ।

अब कति चुप लागेर बस्ने ????????

आजको युगमा विद्युत केवल सुविधा होइन, शिक्षा, स्वास्थ्य, व्यवसाय, सञ्चार र दैनिक जीवनको आधारभूत आवश्यकता हो। बारम्बारको विद्युत कटौतीलाई सामान्य सम्झेर चुप लागेर बस्ने अवस्था अब अन्त्य हुनुपर्छ।

यदि तपाईं पनि रंगेली वा रतुवामाई नगरपालिका क्षेत्रमा यही समस्याबाट पीडित हुनुहुन्छ भने, आफ्नो आवाज उठाउनुहोस्। सभ्य, जिम्मेवार र एकताबद्ध रूपमा आफ्नो गुनासो सम्बन्धित निकायसम्म पुर्‍याऔं। धेरै नागरिकको एउटै आवाजले सकारात्मक परिवर्तन ल्याउन सक्छ।

हामी कसैको विरोधका लागि होइन, समाधानका लागि आवाज उठाइरहेका छौं। हाम्रो एउटै माग हो—नियमित, भरपर्दो, स्थिर र अविच्छिन्न विद्युत आपूर्ति।

सम्बन्धित निकायसँग हाम्रो विनम्र तर दृढ अनुरोध छ—रंगेली तथा रतुवामाई नगरपालिका क्षेत्रमा देखिएको विद्युत कटौती र कम भोल्टेजको समस्याको तत्काल समाधान गरी नागरिकलाई गुणस्तरीय विद्युत सेवा सुनिश्चित गरियोस्।

हामी गुणस्तरीय, नियमित र भरपर्दो विद्युत सेवा पाउनु हाम्रो अधिकार हो। यदि समयमै समस्या समाधान भएन भने, रतुवामाई नगरपालिकाका नागरिकहरू संगठित रूपमा रंगेलीस्थित विद्युत प्राधिकरण कार्यालयमा पुगेर शान्तिपूर्ण रूपमा आफ्नो आवाज उठाउन बाध्य हुनेछौं।

“जनताको आवाज सुन्नुहोस्, समस्या समाधान गर्नुहोस्। अब पनि चुप लागेर बस्ने बेला छैन।”

नमस्कार मोरङ २ क्षेत्र बाशि आमा बुवा दाजु भाइ दिदि बैनि  युबा जेन्जि मित्र हरु लगायत सामाजिक सन्जाल मा ।देश बिदेश मा रहि...
28/01/2026

नमस्कार मोरङ २ क्षेत्र बाशि आमा बुवा दाजु भाइ दिदि बैनि युबा जेन्जि मित्र हरु लगायत सामाजिक सन्जाल मा ।देश बिदेश मा रहि सामाजिक सन्जाल्को माध्यमबाट जोडिनु भये का सम्पुण अग्रज ज्यु हरु सहपाठि मित्र सुभेक्छुक सुभचिन्त्क सम्पुण मा मेरो तर्फ बाट नमस्कार!

म :-राजन निरौला
( साबिक सिजुवा गाबिस वडा न ८ शनिश्चरे आम्बाडि , हालको रतुवामाई नपा वडा न ६
राजनिति पेसा हैन सेवा हो ! सत्ता को मोह हैन क्षेत्रको बिकाश मेरो आधार ।
कृशि पेसा मा एक दशक देखि आबद रहि आयेको ब्याक्ति म यो क्षेत्र का कृशक हरुको दुख पिडा देखेको बुझेको छु । हाम्रो देश नेपाल कृशि प्रदान देश तेस मा पनि मोरङ झापा सुन्सरि धान मकै उत्पादन सबै भन्दा बडि उत्पादन गर्ने जिल्ला । मोरङ मा तपाई हाम्रो क्षेत्र उतपाद का लागि एक नम्बर मा पर्छ तर बिड्म्बना यो क्षेत्र बासि ले आफुले उत्पादन गरेको अन्न बालि को उचित मुल्य कहिले पाउन सक्नु भये को छै! किसाल ले मल बिउ समयमा पाउनु भये छैन ! सिचाईको अभाब भोग्नु पर्या छ! युबा युबति आफ्नु जग्गा जमिन धितो राखि बिदेशिनु पर्या छ !
येस्को बिरुद मा खेत देखि सदन सम्म किसान को आवाज बुलन्द गर्न मेरो उमेरद्वारि मोरङ२ मा स्वत्रन्त उमेरद्वार्को रुप मा चुनाब चिन्न आप लियेर आयेको छु !
मेरो प्रतिबधता

मोरङ क्षेत्र नं. २ – जनमुखी बिकास का एजेन्ड
१:- कृशि उत्पादन को न्युनतम समर्थ मुलय को सुनिस्चित किसान कालागि न्यून ब्याजदरमा सहुलियत कर्जा
मल, बीउ र सिँचाइको नियमित र पारदर्शी ब्यबस्था
युवाका लागि स्थानीय रोजगार सिर्जना (कृषि, साना उद्योग, उद्यमशीलता)
वैदेशिक रोजगारीमा जाने युवाका लागि सीप तालिम र सुरक्षित रोजगार
२️⃣ शिक्षा सुधार र युवा भविष्य
सरकारी विद्यालयको गुणस्तर सुधार (शिक्षक, भवन, प्रविधि)
गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति
प्राविधिक तथा सीपमूलक शिक्षाको स्थानीय पहुँच
युवालाई स्टार्टअप र नवप्रवर्तनमा प्रोत्साहन कार्यक्रम
३️⃣ स्वास्थ्य सेवा सुदृढीकरण
प्रत्येक नगर अस्पताल लाई आधारभूत स्वास्थ्य सेवा डाक्टर, औषधि र उपकरणको सुनिश्चितता
गरिब, वृद्ध र अपांगका लागि निःशुल्क स्वास्थ्य सेवा
मातृ तथा शिशु स्वास्थ्यमा विशेष ध्यान
४️⃣ पूर्वाधार विकास
पक्की सडक, नाली, खानेपानी र ढल व्यवस्थापन मा जोड
बाढी र डुबान नियन्त्रणका लागि दीर्घकालीन योजना
ग्रामीण क्षेत्रमा विद्युत् र बिधुतिय सिचाइ को बेबस्था
सुरक्षित आवास र व्यवस्थित बस्ती विकास
५️⃣ सुशासन, पारदर्शिता र भ्रष्टाचार अन्त्य
जनतासँग प्रत्यक्ष संवाद र नियमित सार्वजनिक सुनुवाइ
विकास बजेटको पूर्ण पारदर्शिता
घुस खोरि दलाली तस्करि कालोबजारि र भ्रष्टाचारविरुद्ध अन्द ईस्पोट प्रचलित कानुन बमोजिम कार्बाई
जनताको काम ढिला नगरी छिटोछरितो सेवा
६️⃣ महिला, दलित, आदिवासी र पिछडिएको वर्ग सशक्तीकरण
महिलाका लागि आत्मनिर्भरता कार्यक्रम
दलित, आदिवासी र पिछडिएको समुदायका लागि विशेष अवसर
सामाजिक न्याय र समानताको प्रत्याभूति
हिंसा र विभेदविरुद्ध कडा कदम
७️⃣ युवा, खेलकुद र संस्कृति
खेल मैदान, युवा क्लब र सामुदायिक केन्द्र
लागूपदार्थ दुर्व्यसन नियन्त्रण कार्यक्रम
स्थानीय भाषा, कला र संस्कृतिको संरक्षण
युवालाई नेतृत्वमा ल्याउने नीति
८️⃣ स्वतन्त्र आवाज, क्षेत्र बाशि को प्रतिनिधि
पार्टी होइन, क्षेत्र को प्रतिनिधि
संसदमा मोरङ–२ का मुद्दा निडर रूपमा उठाउने
सत्ता होइन, सेवाको राजनीति
“काम गरेर देखाउने, भाषणमा सीमित नहुने”
प्रतिबदता जायर गर्छु !
सम्पुण क्षेत्र बाशि आमा बुवा दाजु भाई दिदि बैनि हरु मा आप चुनाब चिन्न मा मतदान गरि बिजय गराई दिनु हुन अनुरोध गर्छु !
राजन निरौला मोरङ क्षेत्र न २ प्रतिनिधि सभा २०८२ को स्वत्रन्त्र उमेरद्वार चुनाब चिन्न आप
सम्पर्क 9829324898/ 9841058366
for 🥭 # #

सिद्धार्थ युवा क्लबका साथीभाईहरु बजार सरसफाइ गर्दै🙏🙏
23/10/2025

सिद्धार्थ युवा क्लबका साथीभाईहरु बजार सरसफाइ गर्दै🙏🙏

23/10/2025

चार्डपर्वको बेला शनिस्चरे बजारको हालत

Address

Ratuwamai Nagarpalika Ward No-6
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when शनिस्चरे बजारका सचेत युवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category