09/10/2023
Unofficial Translation
मिति :- २०८०/०६/२२
श्रिमान प्रधानमन्त्री
ज्यु नेपाल सरकार
कृषि तथा वन विज्ञान विश्वविध्यालयबाट स्नातक सकिने लागेका विध्यार्थीहरू (114) जना अहिले हामी इजरायल र हमासको द्वन्दको चपेटामा फसेका छौं। 11 महिनामा यस देशबाट केही सिप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भक्तिदै गैराखेको छ । हाम्रो आत्माबल घटटै गैराखेको छ, हामी मानसिक तनावमा पुग्न आटिसकेका छौं अब धेरै सोच्ने परिस्थिती पनि बाकि रहेन ।आकाशमा चरा उडेको देखेको हामी, आज मिसाईल र फाइटर पेलेन देख्नुपरेको छ । तिहारमा पटका खुशिका साथ रमाउदै हेरेका हामी आज आफु अगाडि बन्दुक पडिकाराखेको देखेर त्रसित छौं। बंकरमा लुक्यों भन्ने बंकर भित्रनै छिरेर आक्रमण भैराखेको छ । हामी हाम्रा सुदुर पश्चिम विश्वविध्यालयका सहपाठी साथीको निधनले छाति चिरिएको छ। हामी स्तब्ध छौ, हमलामा पर्यो भने गोली निल्नेको अर्को विकल्प केही पनि छैन । लुकेर बसेका हामीहरु खाना र पानीने समस्यामा जुटनुपरेको छ। नखाउ भने भोक र प्यास लाग्छ खाउ भने बाहिर सौचालय जान डर लाग्छ। आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर पुगिसकेको भैराखेको छ । विभिन्न देशको समर्थनले गर्दा युद्ध यतिकै रोकिने अवस्था पनि छैन । यो युद्ध लामो छ हामीलाई भरखरै हाम्रो देश फर्कन मन छ
आदरणिय प्रधानमन्त्री ज्यु, अबको हाम्रो आशा पनि तपाईनै हो, भरोसा पनि तपाईने हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मूत छैन, हामीलाई हाम्रो देश आउने वातावरण मिलाईदिनुहोस हामी देशमानै रमाउने छौं।
हामी नेपालको '3' विश्वविद्यालयबाट यहाँ छौ
१) कृषि तथा वन विज्ञान विश्वविध्यालय
२) त्रिभुवन विश्वविध्यालय
३) सुदुरपश्चिम विश्वविध्यालय
संसगै यहा अन्य विध्यार्थीहरू र नेपाली नागरिक हुनुहुन्छ, छिटो भन्दा छिटो नेपालको सरकार र प्रधानमत्रीको प्रत्याभुति तपाईंले अवश्य गराउनुहुनेछ यो हाम्रो तपाईप्रतिको विश्वास हो, यही विश्वास मा नै हाम्रो सास अडिएको
(युद्धको चपेटामा परेको नेपाली)
सुरज भण्डारी
कृषि तथा वन विज्ञान विश्वविध्यालय
(हाल ठेगाना)
- Kadesh Barnea, Israel
+972512825166
(नेपाली ठेगना)
- अन्नपुर्ण गा.पा - र, कास्की)
Translation is so far same as letter.