कोशी सुधार अभियान

कोशी सुधार अभियान समाज सेवामा हरपल

05/01/2026

व्यवहारमै देखियो समाजसेवी अभिषेक गिरीको राजनीतिक प्रतिबद्धता, विराटनगर–१५ मा बाटो सुधारको थालनी

विराटनगर । नेपाली कांग्रेसका युवा नेता तथा कांग्रेस विराटनगर महानगर सभापतिका उम्मेदवार अभिषेक गिरीले स्थानीयको गुनासो सम्बोधन गर्दै बाटो बनाइदिएका छन् ।

विकास केबल भाषणमा मात्र सीमित नभएर व्यवहारमै लागू हुनुपर्छ भन्ने सन्देश दिनका लागि गिरीले विराटनगर–१५ हड्ताली चोकको बाटो बनाइदिएका हुन् ।

बाटो वर्षायाममा हिलाम्मे र जाडो याममा धुलाम्मे हुने गरेको भन्दै स्थानीयले गुनासो पोखेपछि गिरीले आफ्नै स्रोत–साधन लगाएर उक्त सडक बनाइदिएका हुन् । केही दिनअघि कामको सिलसिलामा त्यस क्षेत्रमा पुगेका गिरीलाई स्थानीयले दैनिक कामकाजका लागि हिँड्न र बालबालिकालाई विद्यालय आवतजावत गर्न कठिनाइ भएको दुखेसो पोखेका थिए ।

स्थानीयको गुनासो सम्बोधन गर्न भन्दै गिरीले टिपरमार्फत ग्राभेल झारेर बाटो निर्माणको काम अघि बढाएका हुन् । गिरीले आफ्नो बाचा पूरा गर्दै बाटो बनाइदिएपछि स्थानीयले उनको खुलेर प्रशंसा गरेका छन् ।

08/05/2025

गिरि फाउन्डेसनका अध्यक्ष अभिषेक गिरिज्यूलाई भारतमा युवा नेता तथा युवाहरुको तर्फबाट भव्य स्वागत गरियो। नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको यो भ्रमणले दुई देशका युवाहरुबीच सहयोग र समझदारीको नयाँ आयाम थपेको छ। यस्तो प्रकारको अन्तरक्रियाले दुवै राष्ट्रका सामाजिक अभियन्ता,भारत प्रहरी र नेतृत्वकर्ताबीच सहकार्यलाई मजबुत बनाउने विश्वास लिइएको छु।

05/05/2025
31/03/2025
23/03/2025

Giri foundation

18/03/2025

रमजान मुबारक।
गिरि फाउन्डेसन

फागु पूर्णिमाको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना!रंगहरूको यस उत्सवले सबैको जीवनमा आनन्द, प्रेम, सुख, शान्त...
13/03/2025

फागु पूर्णिमाको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना!
रंगहरूको यस उत्सवले सबैको जीवनमा आनन्द, प्रेम, सुख, शान्ति, र समृद्धि ल्याओस।
हर्षोल्लासका साथ यो चाड मनाऔं!
शुभ होली🎉🎉

24/02/2025

गिरी फाउन्डेसनद्वारा अनुगमन गरिएको श्री ज्ञानिकुञ्ज विद्यालयमा विद्यार्थीहरूका लागि सुरक्षित तथा सहज वातावरण सिर्जना गर्ने प्रयास जारी छ। अनुगमनका क्रममा विद्यालय परिसरमा पानी जम्ने समस्या देखिएको थियो, जसका कारण विद्यार्थीहरूको आवागमनमा कठिनाइ मात्र नभई स्वास्थ्य जोखिम समेत बढ्ने सम्भावना थियो।
विद्यालय प्रशासन र सम्बन्धित निकायसँगको समन्वयमा अहिले सुधारका कार्यहरू तीव्र गतिमा अघि बढिरहेका छन्। जल निकासको उचित व्यवस्था, बाटो सुधार तथा सरसफाइमा विशेष ध्यान दिइएको छ, ताकि विद्यार्थीहरू निर्भीक रूपमा आवतजावत गर्न सकून्। गिरी फाउन्डेसन विद्यार्थीहरूको शिक्षाको गुणस्तर सुधार मात्र नभई उनीहरूको सुरक्षित शैक्षिक वातावरण सुनिश्चित गर्न हामी निरन्तर प्रतिबद्ध छौ🙏

Address

Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when कोशी सुधार अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category