बेचन प्रसाद मेहता - समर्थक

बेचन प्रसाद मेहता - समर्थक Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बेचन प्रसाद मेहता - समर्थक, Kaptanganj, Biratnagar.

देवानगञ्ज गाउँपालिका वडा ०२ कोे कलश शोभा यात्रा २०८२ सम्पन्न ।
12/10/2025

देवानगञ्ज गाउँपालिका वडा ०२ कोे कलश शोभा यात्रा २०८२ सम्पन्न ।

बटसावित्री व्रतको हार्दिक मंगलमय शुभकामना
26/05/2025

बटसावित्री व्रतको हार्दिक मंगलमय शुभकामना

 #मानिस_हराएको_सुचना मिती २०८२/०२/०१/गते सुनसरी को देवानगंज गाउंपालिका वडा नम्बर:-६ (जिरोगवा) निवासी रमेश मेहता को छोरा ...
20/05/2025

#मानिस_हराएको_सुचना
मिती २०८२/०२/०१/गते सुनसरी को देवानगंज गाउंपालिका वडा नम्बर:-६ (जिरोगवा) निवासी रमेश मेहता को छोरा बर्ष १७ को राजा मेहता आज विहान राजविराज को मलैठ बाट आएको जन्ती फर्किने बस गाडी चढेर गयो राजविराज (सप्तरी)बाट सम्पर्क विहिन भयो अहिलेसम्म आफन्तहरुको सम्पर्कमा नआएकोले भेट्नुहुने वा देख्नुहुने जो कसैले नजिकको प्रहरी कार्यालय वा उहाँको बुवा रमेश मेहता र काका उमेश मेहता को नम्बरमा खबर गरिदिनुहुन आग्रह गरिएको छ। सम्पर्क नम्बर : +9779800942275 , +9779807095835 , +9779804335033
नोट:-मानसिक अवस्था अलिकति ठीक छैन र बोल्दा बोली हल्का लागने समस्या छ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लि. लेकेन्द्र प्रमुख गोष्ठी र वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।...
09/05/2025

जीवन विकास लघुवित्त वित्तीय संस्था लि. ले
केन्द्र प्रमुख गोष्ठी र वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।।

हाम्रो देवानगञ्ज एक कृषि प्रधान गाउँपालिका हो । यहाँ बसोबास गर्ने ९९ प्रतिशत नागरिक कृषिमै आधारित छन् भने एक प्रतिशतमात्...
09/05/2025

हाम्रो देवानगञ्ज एक कृषि प्रधान गाउँपालिका हो । यहाँ बसोबास गर्ने ९९ प्रतिशत नागरिक कृषिमै आधारित छन् भने एक प्रतिशतमात्र उद्योग, व्यापार लगायत अन्य पेसामा संलग्न होलान् । धान, मकै, उखु, सनपाट, केरा तथा विभिन्न प्रकारका तरकारी बाली यहाँको प्रमुख कृषि उब्जनी हुन् । हामीले स्थानीय सरकारबाट किसानहरूलाई प्राङ्गारिक कृषितर्फ प्रोत्साहित गर्न व्यापक रूपमा तालिम सञ्चालन गर्दै आएका छौँ ।

हाम्रा स्थानीय किसानले विविध समस्या सामना गर्दै आउनुपरेको छ । हाम्रो पालिकामा अहिले पनि मलखादको अभाव छ । अन्य पालिकामा जस्तै यहाँ पनि भाग लगाएर मल वितरण गर्ने प्रणालीले समस्या सिर्जना गरेको छ । त्यसरी हुँदैन । देवानगञ्ज, हरिनगरा र भोक्राहा नसिंहा गाउँपालिकामा मलखादको खपत अत्यधिक हुने भएकाले यहाँ पर्याप्त मल उपलब्ध गराउन आवश्यक छ । कृषिमा आश्रितहरूका लागि मलखाद, बिउबिजन तथा सिँचाइको अभाव रहे पनि स्थानीय सरकारले सकेसम्म यसको प्रबन्ध मिलाउँदै आएको छ ।
Source Ratopati news

देवानगंज गाउँपालिकामा शान्ति सुरक्षा सम्बन्धी महत्वपूर्ण बैठक सम्पन्न   उक्त बैठकमा देवानगंज गापाँ अध्यक्ष श्री बेचन प्र...
08/05/2025

देवानगंज गाउँपालिकामा शान्ति सुरक्षा सम्बन्धी महत्वपूर्ण बैठक सम्पन्न
उक्त बैठकमा देवानगंज गापाँ अध्यक्ष श्री बेचन प्रसाद मेहता ,विभिन्न वडाको वडा अध्यक्षहरु,ईलाका प्रहरी कार्यालय देवानगंजका , ईप्रका दुहबी र ईप्रका बर्जु, ईप्रका हरिनगर प्रमुखहरुको सन्युक्त उपस्थितिमा स्थानीय सुरक्षा व्यवस्था, आपराधिक गतिविधिहरूको (चोरी,लागुऔष्ध तस्करी ) नियन्त्रण तथा समग्र शान्ति स्थायित्वका विषयमा व्यापक छलफल गरिएको थियो ।।

राष्ट्रियकोे लागी खेलकुद स्वास्थकोे लागि खेलकूद।।।
07/05/2025

राष्ट्रियकोे लागी खेलकुद स्वास्थकोे लागि खेलकूद।।।

देवानगञ्ज गाउँपालिका वडा नम्बर ५  स्थित श्री अमर सिंह माध्यमिक विद्यालयलाई देवानगंज गाँउपालिकाले ५१ सिट क्षमताको नयाँ स्...
05/05/2025

देवानगञ्ज गाउँपालिका वडा नम्बर ५ स्थित श्री अमर सिंह माध्यमिक विद्यालयलाई देवानगंज गाँउपालिकाले ५१ सिट क्षमताको नयाँ स्कुल बस केही दिन अगाडी खरिद गरी आज बिद्यालयमा कार्यक्रम गरि हस्तान्तरण गरिएको छ। यस कार्यक्रमको अध्यक्षता वडा नं ०५ को वडा अध्यक्षले गर्नु भएको थियो भने गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा बिशिस्ट अतिथि गापा उपाध्ययक्ष त्यसै गरि स्थानीय बुद्धिजीवी, बिद्यालय परिवार,अभिभावक,सुरक्षाकर्मी,पत्रकार लगायतको उपस्तिथि रहेको थियो ।

यस कार्यक्रममा देवानगंज गाँउपालिका अध्यक्षले बसको सञ्चालनपछि देवानगञ्ज गाउँपालिका सहित बर्जु तथा हरिनगर गाउँपालिकाका विद्यार्थीहरूलाई विद्यालय आवतजावतमा ठूलो सहजता पुगनेछन र आउने दिनमा एकदम प्रभावकारी बन्नेछ भनेर अवगत गराउनु भयो ।।

देवानगंज गाउँपालिका र जय नेपाल होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङको प्राविधिक सहयोगमा, प्रधानमन्त्री रोजगार कार्य...
21/04/2025

देवानगंज गाउँपालिका र जय नेपाल होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङको प्राविधिक सहयोगमा, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यस्थलमा आधारित सीप विकास तालिमको देवानगंज गाउपालिका अध्यक्ष श्री बेचन प्रसाद मेहता द्वारा उदघाटन गरिएको छ।

तालिममा कुल ४२ जना सहभागी रहेका छन्, जसले ५० दिनसम्म विभिन्न व्यावसायिक सीप र दक्षता सम्बन्धी ज्ञान प्राप्त गर्नेछन्। तालिमको उद्देश्य स्थानिय स्तरमा रोजगारीका अवसर सिर्जना गर्नुका साथै सहभागीहरूलाई रोजगारमूलक सीप प्रदान गर्नु हो।

देवानगञ्ज गाउँपालिकाका अध्यक्ष श्री बेचन प्रसाद मेहता ज्यू तथा प्रमुख प्रशासकीय अधिकृत श्री सुधीर साफी ज्यूले कोशी प्रदे...
17/04/2025

देवानगञ्ज गाउँपालिकाका अध्यक्ष श्री बेचन प्रसाद मेहता ज्यू तथा प्रमुख प्रशासकीय अधिकृत श्री सुधीर साफी ज्यूले कोशी प्रदेश सरकार अन्तर्गत पर्यटन, वन तथा वातावरण मन्त्री माननीय श्री सदानन्द मण्डल ज्यू सँग सौहार्दपूर्ण भेटवार्ता गर्नुभएको छ ।
Bechan Prasad Mehta
Safi

14/04/2025

नव वर्ष २०८२ साल तथा सिरुवा (जुडि सित्तल) पर्वको पावन अवसरमा देश तथा बिदशमा छरिएर बस्नु भएका सम्पुर्ण देवानगंज वासिमा हार्दिक शुभकामना 🙏

नयाँ बर्ष २०८२कोे सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना #नयाॅ_बर्ष_२०८२_आगमन_संगै_जुडशितलपर्व_सतवाईनपर्व, सिरूवापर्वको उपलक...
14/04/2025

नयाँ बर्ष २०८२कोे सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना
#नयाॅ_बर्ष_२०८२_आगमन_संगै_जुडशितलपर्व_सतवाईनपर्व, सिरूवापर्वको उपलक्ष्यमा सुःख, शान्ति, दिर्घायु, उन्नति, प्रगतिमा अझ बढोत्तरी होस । सबैको मनोकांक्षा भगवानले पुरा गरून्🙏
सफल होस तपाईको यात्रा,सम्पन्न होस तपाईंहरु मनकामना,उच्च होस् तपाईको सिर्,पुरा होस तपाईको सपना, सफलताले चुमोश् तपाईको उदेश्य यहि नै छ यो नया बर्ष २०८२ सालको हार्दिक मंगलमय शुभकामना ।।🙏🙏🙏

Address

Kaptanganj
Biratnagar
56712

Telephone

+9779814352232

Website

Alerts

Be the first to know and let us send you an email when बेचन प्रसाद मेहता - समर्थक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to बेचन प्रसाद मेहता - समर्थक:

Share