रास्टिय स्वत्रन्त्र पार्टि मोरङ /rsp morang

  • Home
  • Nepal
  • Biratnagar
  • रास्टिय स्वत्रन्त्र पार्टि मोरङ /rsp morang

रास्टिय स्वत्रन्त्र पार्टि मोरङ /rsp morang नेपालमा समस्या “नेता खराब” होइन,
समस्या हामीले खराबलाई स्वीकारिरहने संस्कार हो।

जनै पूर्णिमाकाे शुभकामना ।
28/08/2026

जनै पूर्णिमाकाे शुभकामना ।

आउनुहोस्, हामी सबै देश–विदेशमा रहेका नेपाली मिलेर विस्थापित परिवारहरूलाई सहयोग गरौँ। 🙏🇳🇵❤️B***nGreatestHighlights
26/08/2026

आउनुहोस्, हामी सबै देश–विदेशमा रहेका नेपाली मिलेर विस्थापित परिवारहरूलाई सहयोग गरौँ। 🙏🇳🇵❤️B***nGreatestHighlights

वि.सं. २०८३ भदौ १० ने.सं. ११४६ गुंलाथ्व त्रयोदशीविज्ञप्तिभोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटको तटीय क्ष...
26/08/2026

वि.सं. २०८३ भदौ १०
ने.सं. ११४६ गुंलाथ्व त्रयोदशी

विज्ञप्ति

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटको तटीय क्षेत्रमा पुगेको क्षति र यसको सघन असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने भनी बाढी पूर्वानुमान शाखाले जारी गरेको चेतावनीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। त्रिशूली नदी र यससँग जोडिएका सम्पूर्ण तटीय क्षेत्रहरू यतिबेला उच्च जोखिममा रहेकाले सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न हामी सरकार, स्थानीय प्रशासन र आम नागरिकमा विशेष आह्वान गर्दछौं।

बाढी पूर्वानुमान शाखाको प्राविधिक सल्लाहलाई तत्काल कार्यान्वयन गर्दै विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरूलाई उच्च सतर्कताका साथ परिचालन गर्न हामी नेपाल सरकारको ध्यानाकर्षण गराउँछौं। जोखिमपूर्ण तटीय बस्तीहरूका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्दछ।

यस विपद्को संवेदनशील घडीमा, नदी किनार तथा जोखिमपूर्ण तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई संयमता अपनाउँदै तत्काल सुरक्षित र उच्च स्थानमा सर्न पनि हामी हार्दिक अपील गर्दछौं। अवस्था सामान्य नभएसम्म अत्यावश्यक अवस्थामा बाहेक सम्बन्धित नदी तटीय सडकहरूमा कुनै पनि प्रकारको यात्रा नगर्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा अनुरोध छ।

कुनै पनि आपतकालीन अवस्था सिर्जना भएमा तत्काल नेपाल प्रहरीको टोल-फ्री नम्बर १०० र आपतकालीन नम्बर १२३४ मा सम्पर्क गर्नुहुन सूचित गरिन्छ। साथै, जोखिममा परेका नागरिकको सुरक्षित उद्धार तथा पूर्वतयारीका कार्यमा स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय गरी सेवामा सक्रिय रूपमा जुट्न पार्टीका सम्पूर्ण सदस्यहरूलाई निर्देश गरिन्छ।

विपिन कुमार आचार्य
महामन्त्री

18/08/2026

४६० गाउँपालिका अध्यक्ष, ४६० उपाध्यक्ष, ३,६८५ वडाध्यक्ष र १४,७४० वडा सदस्यका लागि आवेदन आह्वान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि 'गाउँपालिका क्यान्डिडेट क्लब' सुरु गरेको छ। योग्यता पुगेका सम्पूर्णलाई चुल्हे निम्तो है !
आवेदन दिन: https://rspnepal.page.link/app

नागरिक, नीति र नेतृत्वरास्वपा उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग विविध विषयमा विशेष छलफल!​मिति: भाद्र ४ गते...
16/08/2026

नागरिक, नीति र नेतृत्व

रास्वपा उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग विविध विषयमा विशेष छलफल!

​मिति: भाद्र ४ गते
​समय: साँझ ५ बजे
​स्थान: पार्टी केन्द्रीय कार्यालय

​कार्यक्रममा यहाँहरूको गरिमामय र सौहार्दपूर्ण सहभागिताको हार्दिक अपेक्षा गर्दछौं।

वि.सं. २०८३ श्रावण २४ ने.सं. ११४६ दिल्लागा एकादशीविज्ञप्तिलोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, स...
10/08/2026

वि.सं. २०८३ श्रावण २४
ने.सं. ११४६ दिल्लागा एकादशी

विज्ञप्ति

लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनु हो। यसै यथार्थलाई मनन गर्दै, जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौ महिनादेखि "नागरिक, नीति र नेतृत्व" कार्यक्रम सुरु गर्दैछ।

यस कार्यक्रम अन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोडिनु हुनेछ। जसले भुइँमान्छेका आवाजलाई सीधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्ने विश्वास गरिएको छ।

यस कार्यक्रमलाई देहाय बमोजिम दुई चरणमा सञ्चालन गरिनेछ:

पहिलो चरण: नागरिक संवाद
साँझ ५:०० देखि ६:०० बजेसम्म एक घण्टाको अवधि पूर्ण रूपमा आम नागरिकका लागि खुला रहनेछ। मन्त्रीले सीधै सर्वसाधारण जनताका गुनासा, समस्या, अपेक्षा र सुझावहरू सुन्नुहुनेछ। यसले नेतृत्वलाई भुइँको यथार्थसँग जोडी राख्न मद्दत गर्ने आशा गरिएको छ।

दोस्रो चरण: नेतृत्व संवाद
साँझ ६:०० बजेपछि मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्यहरू र प्रतिनिधि सभा सदस्यहरूबीच संयुक्त बैठक बस्नेछ। पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावहरूका आधारमा तथा देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयहरूमा यस चरणमा सघन छलफल हुनेछ।

कार्यक्रमका मुख्य उद्देश्यहरू देहाय बमोजिम रहेका छन्:
• साझा रणनीति निर्माण: नागरिक, सरकार (मन्त्री), व्यवस्थापिका (सांसद) र संगठन (केन्द्रीय समिति) बीचको समन्वयलाई चुस्त बनाउँदै नागरिकका मुद्दालाई प्रभावकारी ढंगले सम्बोधन गर्ने सम्बन्धमा साझा रणनीति तय गर्ने।
• जवाफदेहिता प्रवर्द्धन: मन्त्रीहरूलाई आम नागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउने।
• यथार्थपरक नीति: नागरिकको वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने।
• प्रभावकारी समन्वय: नागरिक, पार्टीको सांगठनिक तह, संसदीय दल र सरकार रहनुभएका प्रतिनिधिबीच प्रभावकारी सूचना र कार्ययोजनाको आदानप्रदान गर्ने।

असिम शाह
सहमहामन्त्री

Pm B***n वर्षौंदेखि बन्द रहेका, घाटामा थलिएका र निराशाले घेरिएका हाम्रा आफ्नै राष्ट्रिय उद्योग के फेरि तङ्ग्रेर आफ्नै गो...
08/08/2026

Pm B***n वर्षौंदेखि बन्द रहेका, घाटामा थलिएका र निराशाले घेरिएका हाम्रा आफ्नै राष्ट्रिय उद्योग के फेरि तङ्ग्रेर आफ्नै गोडामा उभिएलान् ? धेरैको मनमा यो शङ्का र चिन्ता थियो र छ, जुन अस्वाभाविक होइन।तर, जब नियत सफा हुन्छ, जिम्मेवारीप्रति इमान्दारिता देखाइन्छ; तब जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन्। नयाँ सरकारले शुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भनेर निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको छ।त्यही इमान्दार प्रयास, कानुन कार्यान्वयन र निरन्तरको “टिमवर्क” का कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेका छन्।

१. वर्षौंसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो ४ महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य संगठनको “गुड म्यानुफ्याक्चरिङ प्राक्टिस” (जिएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा बढोत्तरी आई गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा आर्जन गर्न कम्पनी सफल भएको छ। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य लिइएको छ। सरकारले जारी गरेसदन गर्ने तयारी अन्तिम चरणमा छ को शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीमा लिमिटेडबाट आगामी ३ वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ। सोही लक्ष्यअनुरुप यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएकामा २५ प्रकारका औषधिको उत्पादन गर्ने तयारी अन्तिम चरणमा छ। लिमिटेडबाट हाल ११ प्रकारका औषधि उत्पादन भइरहेका छन्।

२. बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। परिक्षण पछि नेपाल सरकारले नै संचालन गर्ने छ। तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भएर केही मात्रामा कपडा उत्पादन सुरू भईसकेको छ।

३. नेपाल वायुसेवा निगमबाट गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरिएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँले बढी हो। यस अवधिमा नेपाल एयरलाइन्सको सीट उपयोगीता (अकुपेन्सी) बढेर ८६% पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६% ले बढी हो। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्न लिइएको ऋणबापतको १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता समेत यसै अवधिमा भुक्तानी गरिएको छ।

४. दुग्ध विकास संस्थान (डीडीसी) बाट रोकिएको किसानको बक्यौता भुक्तानीलाई प्राथमिकता दिँदै भुक्तानी चक्र ८ महिनाको अवधि (७२ करोड रुपैयाँ) लाई घटाएर २-३ महिना (३५ करोड रुपैयाँ) मा झारिएको छ। किसानलाई दूधमा प्रतिलिटर १ रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ । सुधारका प्रयास सुरु भएपछि दैनिक बिक्री ३५% ले बढेर राजस्व संकलन औषत दैनिक रु. ६० लाखबाट ९० लाख रुपैयाँ पुगेको छ। कानुन विपरीत विगतदेखि सबै कर्मचारीलाई वितरण गरिरहेको घ्यू र दूधको सुविधा कटौती गरी वार्षिक झण्डै ३ करोड रुपैयाँ बचत गरिएको छ। चाँडै खाडीमा घ्यू, चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी भइरहेको छ भने नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गरिँदैछ।

५. सिंहदरबार वैद्यखाना विकास समितिबाट सरकार गठन भएपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरिएको छ। गत आर्थिक वर्षमा औषधिको कारोबार करिब १३ करोड रुपैयाँ पुगेको छ जुन, अघिल्लो आर्थिक वर्षको तुलनामा ४ गुणा बढी हो। हाल निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा वैद्यखाना आत्मनिर्भर बन्ने तर्फ अग्रसर भएको छ। हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेका छन् भने चालु आर्थिक वर्षमै १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ। चालु आर्थिक वर्षमा पाउडर र ट्याब्लेट औषधि उत्पादनमा ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जिएमपी) मापदण्ड हासिल गर्ने, जडीबुटी र औषधिजन्य कच्चा पर्दाथको प्रशोधन केन्द्र स्थापनालगायतको लक्ष्य लिइएको छ।हामीमा इमान्दारिता र देशप्रतिको समर्पण रहिरह्यो भने रुग्ण अवस्थामा रहेका हाम्रा अन्य उद्योगमा पनि नयाँ जीवन भर्न सकिन्छ भन्ने विश्वास बलियो भएको छ।माटोमा उत्पादन बढाएर देशलाई आत्मनिर्भर बन्ने बाटोमा अघि बढाउने यो यात्रामा तपाईँहरू सबैको रचनात्मक साथ, भरथेग र विश्वासको अपेक्षा गर्दछौँ।

03/08/2026

तराई शान्त बनाएर रातारात काठमाडौँ फर्किए सुदन गुरुङ, फिल्डमा देखाएको स्पीडले चुलियो चर्चा👏

01/08/2026

धर्मले घृणा होइन, मानवता सिकाउँछ। आ-आफ्नो धर्मको सम्मान गरौँ, अरूको आस्थाको पनि सम्मान गरौँ। अफवाह र उक्साहटबाट टाढा रही संवाद, सहिष्णुता र कानुनको पालना गर्दै शान्त, एकताबद्ध नेपाल निर्माण गरौँ। जय नेपाल। 🇳🇵

Address

Morang
Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when रास्टिय स्वत्रन्त्र पार्टि मोरङ /rsp morang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share