26/01/2026
स्वर्गीय यम बुद्धको स्मृतिमा, अनाथ, असहाय तथा पढाइबाट वञ्चित विद्यार्थीहरूको भविष्य उज्यालो बनाउने उद्देश्यसहित “Yama Buddha छात्रवृत्ति कोष” स्थापना गर्न यम बुद्ध फाउन्डेसनद्वारा आयोजित “Tribute to Yama Buddha” कार्यक्रमको महान् अभियानलाई सशक्त साथ र हौसला प्रदान गर्नु भएकोमा मोरङ क्षेत्र नं. ३ का पूर्व माननीय, श्री डा. सुनिल शर्मा ज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछौ ।
यस पवित्र उद्देश्यका लागि उहाँबाट प्राप्त रु. १०,००,००० (दस लाख) को उदार सहयोगले मात्र होइन, यम बुद्ध फाउन्डेसनको सिफारिसमा नोबेल मेडिकल कलेजबाट ५ जनालाई १००% उपचार छुट, ५० जनालाई ५०% छुट र काठमाडौं मेडिकल कलेजबाट १० जनालाई १००% उपचार छुट, ५० जनालाई ५०% छुट
गरी जम्मा १५ जनालाई पूर्ण निःशुल्क उपचार तथा १०० जनालाई ५०% छुटमा उपचार प्रदान गर्ने घोषणा हुनु स्वयंमा ऐतिहासिक र मानवीय कार्य हो।
शिक्षा, स्वास्थ्य र समाजसेवाको क्षेत्रमा यति ठूलो योगदान र संवेदनशीलता देखाउनु हुने सम्माननीय डा. सुनिल शर्मा ज्यूको यो प्रेरणादायी सहयोगले अनगिन्ती परिवारको जीवनमा आशा र भरोसाको उज्यालो ल्याउनेछ।
सम्पुर्ण सुकुना बहुमुखी क्याम्पसका विद्यार्थीको तर्फबाट डा. सुनिल शर्मा ज्यु प्रति हार्दिक धन्यवाद एवं कृतज्ञता ब्याक्त गर्दछौ । जय नेपाल 🙏🙏🌲🌲❤️