Shree Vishwapremi Secondary School

Shree Vishwapremi Secondary School (कम्प्युटर इन्जिनियरिङ ) प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन

मिति २०८३ भाद्र ०९ यस विद्यालयको  माध्यमिक तह (कक्षा ९-१२) मा अध्ययनरत विद्यार्थीका अभिभावकसँग विद्यालयको अन्तरक्रीया एव...
25/08/2026

मिति २०८३ भाद्र ०९

यस विद्यालयको माध्यमिक तह (कक्षा ९-१२) मा अध्ययनरत विद्यार्थीका अभिभावकसँग विद्यालयको अन्तरक्रीया एवम् अभिभावक शिक्षा कार्यक्रम सन्पन्न गरियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री बबिन्द्र रसाइलीको सभाध्यक्षता एवम् अरुण गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष श्री युवराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अभिभावक शिक्षा कार्यक्रम अन्तर्गत अभिभावकको भूमिका र जिम्मेवारी सम्बन्धी प्रस्तुतिकरण गर्नुका साथै शैक्षिक सत्र शुरु भएदेखी हालसम्मको विद्यार्थीको कक्षागत अवस्थाको बारेमा (उपस्थिती, गृहकार्य, कक्षाकार्य, अनुशासन र सरसफाई तथा पोशाक जस्ता पाँच ओटा सूचकको आधारमा) छलफल गर्नुका साथै छलफलमा उठेका समस्याको समाधानका लागि साझा पहल गर्न सहकार्य गर्ने छलफल भयो।
अभिभावक शिक्षा कार्यक्रमको प्रस्तुतिकरण माध्यमिक तह (९-१२) संयोजक प्रकाश खनालले गर्नुभयो भने कक्षा ९-१२ का विद्यार्थीको उल्लेखित सूचकको आधारमा तयार गरिएको प्रतिवेदन कक्षा ९ को शिक्षक इन्दिरा थापा, कक्षा १० को शिक्षक भरत प्रसाद साह, कक्षा ११ को शिक्षक भावना चौहान र कक्षा १२ को शिक्षक राजकुमार राईले प्रस्तुतिकरण गर्नुभयो ।
कार्यक्रममा विव्यस अध्यक्ष, वडाअध्यक्ष, वि.व्य.स. पदाधिकारी, शि.अ.संघ अध्यक्ष एवम् पदाधिकारी, अभिभावक, समाजसेवी, बुद्धिजीवी, तहगत संयोजकहरु, शिक्षक, कर्मचारी एवम् विद्यार्थीको सहभागीता रहेको थियो साथै कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक विनिता विष्टले गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित सबैलाई विद्यालयको तर्फबाट हार्दिक आभार ।
धन्यवाद

* नयाँ विद्यार्थीलाई हार्दिक स्वागत *यस विद्यालयमा प्राविधिक धार (कक्षा ९-१२) अन्तर्गत कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्न...
17/08/2026

* नयाँ विद्यार्थीलाई हार्दिक स्वागत *

यस विद्यालयमा प्राविधिक धार (कक्षा ९-१२) अन्तर्गत कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्न कक्षा ९ मा भर्ना हुन अरुणोदय माध्यमिक विद्यालय चरम्बीबाट आउनुभएका विद्यार्थी ऐश्वर्या राई, सन्दिप सञ्जेल र उहाँहरुको अभिभावकलाई विद्यालय व्यवस्थापन समिती अध्यक्ष बविन्द्र रसाइली, प्रधानाध्यापक वेदनाथ ढकाल, सहायक प्रधानाध्यापक विनिता विष्ट, विव्यस शिक्षक प्रतिनिधि प्रमोद कुमार ढकाल र कर्मचारी लगायतको उपस्थितिमा विद्यालयमा स्वागत गरियो । अन्य विद्यालयबाट यस विद्यालयमा कम्प्युटर इन्जिनियरिङ शिक्षा हासिल गर्ने इच्छा राख्नुभएका विद्यार्थीहरुलाई विद्यालयमा हार्दिक स्वागत गर्न चाहन्छौं । साथै छिटो भन्दा छिटो विद्यालयमा सम्पर्क राखी समयमै आफ्नो सिट सुरक्षित राख्नुहोस् भनी आग्रह समेत गर्दछौं ।
धन्यवाद

थप जानकारीको लागि सम्पर्क गर्नुहोस् :
9861310909 (अध्यक्ष)
9869132010 (प्रअ)
9842254964 (सूचना अधिकारी)
9807341991 (लेखापाल)

मिति २०८३ भाद्र १ गते रोज २ शुभम् ।

मिति २०८३ श्रावण २९ शुक्रबार यस विद्यालयको आधारभूत तह (कक्षा १-५) मा अध्ययनरत विद्यार्थीका अभिभावकसँग विद्यालयको अन्तरक्...
14/08/2026

मिति २०८३ श्रावण २९ शुक्रबार

यस विद्यालयको आधारभूत तह (कक्षा १-५) मा अध्ययनरत विद्यार्थीका अभिभावकसँग विद्यालयको अन्तरक्रीया एवम् अभिभावक शिक्षा कार्यक्रम सन्पन्न गरियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री बबिन्द्र रसाइलीको सभाध्यक्षता एवम् अरुण गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष श्री युवराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अभिभावक शिक्षा कार्यक्रम अन्तर्गत अभिभावकको भूमिका र जिम्मेवारी सम्बन्धी प्रस्तुतिकरण गर्नुका साथै शैक्षिक सत्र शुरु भएदेखी हालसम्मको विद्यार्थीको कक्षागत अवस्थाको बारेमा (उपस्थिती, गृहकार्य, कक्षाकार्य, अनुशासन र सरसफाई तथा पोशाक जस्ता पाँच, छ ओटा सूचकको आधारमा) छलफल गर्नुका साथै अभिभावक शिक्षा कार्यक्रम र छलफलमा उठेका समस्याको समाधानका लागि साझा पहल गर्न सहकार्य गर्ने छलफल भयो।
अभिभावक शिक्षा कार्यक्रमको प्रस्तुतिकरण आधारभुत तह (१-८) संयोजक लिङ्कन शर्माले गर्नुभयो भने कक्षा १-५ का विद्यार्थीको उल्लेखित सूचकको आधारमा तयार गरिएको प्रतिवेदन कक्षा शिक्षकहरुले प्रस्तुतिकरण गर्नुभयो। छलफलमा उठेका समस्याहरुलाई समाधानका लागि विद्यालयले आगामी कार्ययोजना बनाई अगाडि बढ्ने भन्ने विद्यालयका प्रधानाध्यापक वेदनाथ ढकाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बबिन्द्र रसाइलीले प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै प्रमुख अतिथी अरुण गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष युवराज ढकालले आवश्यक सहयोग गर्न स्थानीय सरकार तयार रहेको स्पष्ट पार्दै विद्यालय शिक्षा सुधारका लागि राय सुझाव प्रदान गर्नुभयो ।
कार्यक्रमा विव्यस अध्यक्ष, वडाअध्यक्ष, वि.व्य.स. पदाधिकारी, शि.अ.संघ अध्यक्ष एवम् पदाधिकारी, अभिभावक, समाजसेवी, बुद्धिजीवी, तहगत संयोजकहरु, शिक्षक, कर्मचारी एवम् विद्यार्थीको सहभागीता रहेको थियो ।

कार्यक्रममा उपस्थित सबैलाई विद्यालयको तर्फबाट हार्दिक आभार ।
धन्यवाद

अतिरिक्त क्रियाकलाप अन्तर्गत सरसफाई कार्यक्रम : मिति :- २०८३-०४-२२ शुक्रबार
08/08/2026

अतिरिक्त क्रियाकलाप अन्तर्गत सरसफाई कार्यक्रम :
मिति :- २०८३-०४-२२ शुक्रबार

मिति २०८३ श्रावण २० गतेयस विद्यालयमा प्राविधिक धार (कक्षा ९-१२) अन्तर्गत कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्न कक्षा ९ मा भर...
05/08/2026

मिति २०८३ श्रावण २० गते

यस विद्यालयमा प्राविधिक धार (कक्षा ९-१२) अन्तर्गत कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्न कक्षा ९ मा भर्ना हुन चम्पे माध्यमिक विद्यालय चम्पेबाट आउनुभएका विद्यार्थी साजन लोहार र उहाँको अभिभावकलाई विद्यालय व्यवस्थापन समिती अध्यक्ष बविन्द्र रसाइली, प्रधानाध्यापक वेदनाथ ढकाल, सहायक प्रधानाध्यापक विनिता विष्ट, विव्यस शिक्षक प्रतिनिधि प्रमोद कुमार ढकाल, लेखापाल डिल्लिराज ढकाल र कर्मचारी लगायतको उपस्थितिमा विद्यालयमा स्वागत गरियो । अन्य विद्यालयबाट यस विद्यालयमा कम्प्युटर इन्जिनियरिङ शिक्षा हासिल गर्ने इच्छा राख्नुभएका विद्यार्थीहरुलाई विद्यालयमा हार्दिक स्वागत गर्न चाहन्छौं । साथै छिटो भन्दा छिटो विद्यालयमा सम्पर्क राखी समयमै आफ्नो सिट सुरक्षित राख्नुहोस् भनी आग्रह समेत गर्दछौं ।
धन्यवाद

थप जानकारीको लागि सम्पर्क गर्नुहोस् :
9861310909 (अध्यक्ष)
9869132010 (प्रअ)
9842254964 (सूचना अधिकारी)
9807341991 (लेखापाल)

भर्ना खुल्याे !         भर्ना खुल्याे !!          भर्ना खुल्याे !!!
13/07/2026

भर्ना खुल्याे ! भर्ना खुल्याे !! भर्ना खुल्याे !!!

कक्षा १२ को पुरक परीक्षाकाे परीक्षा केन्द्र सम्बन्धमा !यस विद्यालयबाट पूरक परीक्षामा सामेल हुने परीक्षार्थीहरुकाे परीक्ष...
10/07/2026

कक्षा १२ को पुरक परीक्षाकाे परीक्षा केन्द्र सम्बन्धमा !

यस विद्यालयबाट पूरक परीक्षामा सामेल हुने परीक्षार्थीहरुकाे परीक्षा केन्द्र :- श्री विद्याेदय माध्यमिक विद्यालय, भाेजपुर नगरपालिका रहेकाे जानकारी गराइन्छ।

परीक्षामा सहभागी हुने विद्यार्थी भाइबहिनीहरुले तपसिलको सम्पर्क नम्बरमा सम्पर्क गरि आ-आफ्नो प्रवेश पत्र समेत समयमा नै बुझिलिन हुन सूचित गरिन्छ ।

तपसिल
डिल्लिराज ढकाल ( लेखापाल) सम्पर्क नम्बर (9807341991 र 9862196511)

कक्षा १२ को पुरक परीक्षामा सहभागी हुने विद्यार्थी भाइबहिनीहरुले तपसिलको सम्पर्क नम्बरमा सम्पर्क गरि आ-आफ्नो प्रवेश पत्र ...
07/07/2026

कक्षा १२ को पुरक परीक्षामा सहभागी हुने विद्यार्थी भाइबहिनीहरुले तपसिलको सम्पर्क नम्बरमा सम्पर्क गरि आ-आफ्नो प्रवेश पत्र समयमा नै बुझिलिन हुन सूचित गरिन्छ ।

तपसिल
डिल्लिराज ढकाल ( लेखापाल) सम्पर्क नम्बर (9807341991 र 9862196511)

माध्यमिक शिक्षा परीक्षा (SEE) ग्रेडवृद्धिकाे नतिजा सम्बन्धमा ।
07/07/2026

माध्यमिक शिक्षा परीक्षा (SEE) ग्रेडवृद्धिकाे नतिजा सम्बन्धमा ।

साँझकाे समयमा विद्यालय सँगै सुन्दर दृश्य  ।
05/07/2026

साँझकाे समयमा विद्यालय सँगै सुन्दर दृश्य ।

Address

Bhojpur

Alerts

Be the first to know and let us send you an email when Shree Vishwapremi Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shree Vishwapremi Secondary School:

Shortcuts

Share