24/11/2022
आदरणीय मतदाता,देश बिदेशमा रहनुहुने आमा वावा, दिदी बहिनी, दाजुभाइ, गठबन्धन दलका नेतागण तथा आम कार्यकर्ता साथीहरु साथै निर्बाचनलाई सफल पार्न अहोरात्र खटिनु हुने सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी,पत्रकार र कलाकार मित्रहरुमा सर्बप्रथम त हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।
अब,
# जीन्दावाद र मुर्दावादको नारा लगाउँदै समय, शक्ति र सम्पति खर्च गरेर बिजयसभा नगर्ने ।
# त्यतिबेला मात्र हामी बिजयी हुनेछौँ जतिबेला भोक,अशिक्षा र भ्रष्टाचार जस्ता हाम्रो महाशत्रुलाई परास्त गरी जनजिविकामा आम जनताको अधिकतम पहुँच बृद्धी गर्ने छौँ ।
# राजनीतिमा राणा शासन ढालियो, राजा ढालियो, कहिले काँग्रेस ढालियो, पकहिले कम्युनिष्ट ढालियो तर आफै भित्रको मुख्य शत्रु ढाल्न अझै सकिएको छैन । अब आफै भित्रको ति शत्रुमाथी निर्ममता पूर्वक प्रहार गरी बिजय प्राप्त गर्नुछ
# तपाईहरुलाई धन्यवाद प्रदान गर्न श्रमसंग जोडिएर गाउँ आउनेछु ।
# बिजयको नाममा गरिने भोज भतेर जस्ता फजुल खर्चले दुई घर परिवारको चुहुने फूसको छानो हटाई जस्तापाता हालिदिएर हाम्रो अभियानको आरम्भ गर्नेछु ।
अन्तमा - तपाईहरुले मलाई मत दिनुभयो अब म मन दिएर काम गर्नेछु, तपाईहरुले माया दिनु भयो म तपाईहरुलाई बिश्वास र भरोसा दिनेछु साथै कहिले धोका दिने छुईन । मलाई अबिर माला र खदा भन्दा पनि सगरमाथा जस्तै तपाईंइहरुको माया नै काफि छ कृपया माला अबिर र खदा लगाईदिएर दुख नगरिदिनु होला अब दुख गर्ने पालो मेरो हो म तपाईहरुको सेवक हुँ शासक होइन धन्यवाद !
उहि तपाईहरुको सुदन किराती