Meena Kumari Kharel जिताउ अभियान

Meena Kumari Kharel जिताउ अभियान Candidate of MP from the Nepali Congress Party Chitwan Electoral Region - 2

Official campaign page of Meena Kharel — social leader and women’s rights advocate committed to clean politics, service-driven leadership, and the development of Chitwan.

नेपाली महिलाहरुकी सान,एवं प्रेरणादायी ब्याक्तित्व मेरो अभिभावक पूर्व सी एन एन हिरो आदरणीय दिज्ज्यू श्री अनुराधा कोइराला ...
26/05/2026

नेपाली महिलाहरुकी सान,एवं प्रेरणादायी ब्याक्तित्व मेरो अभिभावक पूर्व सी एन एन हिरो आदरणीय दिज्ज्यू श्री अनुराधा कोइराला संगको सुखद भेट् आबशयक सल्लाह अनि माया प्राप्त पछीको तस्बिर ।

आदरणीय अग्रज सामाजिक राजनीतिक व्यक्तित्व  आदरणीय  Meena Kumari Kharel   ज्यु  नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेप...
08/05/2026

आदरणीय अग्रज सामाजिक राजनीतिक व्यक्तित्व आदरणीय Meena Kumari Kharel ज्यु नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल महिला संघको केन्द्रीय अध्यक्ष जस्तो गरिमामय पद मा नियुक्ति हुनुभएको मा हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामनासहित उज्ज्वल भविष्य र थप प्रगतीको कामना हजुर लाई 🙏🙏🙏
Meena Kharel Hamro Nepali congress 2.0 Meena Kumari Kharel जिताउ अभियान

हार्दिक धन्यवाद तथा आभार आदरणीय बुबा,आमा दाजुभाई,दिदीबहिनी एबं सम्पूर्ण आम मतदाता महानुभावहरू,आज फागुन २१ गते सम्पन्न प्...
05/03/2026

हार्दिक धन्यवाद तथा आभार
आदरणीय बुबा,आमा दाजुभाई,दिदीबहिनी एबं सम्पूर्ण
आम मतदाता महानुभावहरू,
आज फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नं. २ का सम्पूर्ण मतदाताज्यूहरूले देखाउनुभएको उत्साह, सहभागिता र लोकतन्त्रप्रतिको उच्च प्रतिबद्धताप्रति म हृदयदेखि नै आभारी छु। लोकतन्त्रको पर्वमा आफ्नो अमूल्य मतमार्फत जनताको सार्वभौम अधिकार प्रयोग गर्नुभएकोमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।
यस निर्वाचन प्रक्रियालाई शान्त, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन अहोरात्र खटिनुहुने निर्वाचन आयोग, सरकारी निकायका सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी, प्रशासन, पर्यवेक्षक तथा मतदान केन्द्रमा कार्यरत सम्पूर्ण जनशक्तिप्रति, साथै पार्टीको विभिन्न जिम्वेवारी भूमिकामा रहनुहुने सम्पूर्ण सहकर्मी एबं पार्टीको सम्पूर्ण पंक्ति प्रति विशेष आभार प्रकट गर्दछु। यहाँहरूको इमान्दारिता, कर्तव्यनिष्ठा र निष्पक्ष भूमिकाले नै लोकतन्त्रप्रति जनविश्वास अझ बलियो बनेको छ।
यसैगरी, निर्वाचनलाई सभ्य, प्रतिस्पर्धात्मक र विचारमूलक बनाउन भूमिका खेल्नुहुने सम्पूर्ण राजनीतिक दल तथा उम्मेदवार मित्रहरूलाई पनि धन्यवाद व्यक्त गर्दछु।
निर्बाचन प्रक्रियालाई पारदर्शी बनाउनु का साथै भयरहित मतदानका लागि समेत अभिप्रेरित गर्न महत्वपुर्ण योगदान गर्नुहुने सम्पूर्ण पत्रकार मित्रहरू तथा सञ्चार माध्यमप्रति पनि हार्दिक आभार व्यक्त गर्दछु।
मलाई विश्वास र साथ दिनुहुने, सुझाव–सल्लाह दिनुहुने तथा लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन योगदान पुर्‍याउनु हुने सम्पूर्ण नागरिक समाज, युवा, महिला, अग्रज, बुद्धिजीवी तथा समर्थकहरू प्रति म सदा आभारी छु ।
लोकतन्त्र केवल निर्वाचनमा सीमित हुँदैन, यो जनसेवा, जवाफदेहिता र निरन्तर संवादबाट सशक्त बन्छ। यहाँहरूको विश्वास, साथ र सुझावलाई सधैं मार्गदर्शनका रूपमा ग्रहण गर्दै चितवन क्षेत्र नं. २ को समृद्धि, सुशासन र समावेशी विकासका लागि निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु।
अन्त्यमा, लोकतन्त्रको यो पावन यात्रामा साथ दिनुहुने सम्पूर्ण महानुभावहरूलाई पुनः हार्दिक धन्यवाद।
मीना कुमारी खरेल
उम्मेदवार
प्रतिनिधि सभा निर्वाचन
चितवन क्षेत्र नं. २
नेपाली कांग्रेस

आँसु पुछ्न सकेँ भने त्यो नै मेरो जित हो। तपाईंहरूको माया मेरो जीवनको सबैभन्दा ठूलो पुरस्कार हो। जय नेपाल
02/03/2026

आँसु पुछ्न सकेँ भने त्यो नै मेरो जित हो। तपाईंहरूको माया मेरो जीवनको सबैभन्दा ठूलो पुरस्कार हो। जय नेपाल

02/03/2026

समाजसेवाको यात्रामा साथ दिने प्रत्येक हात मेरो लागि अमूल्य छ। भाइ ऋषिले देखाउनुभएको माया र समर्थनले मन छोएको छ। यस्तो आत्मीय साथ पाउँदा अझ सेवा गर्ने हिम्मत बढेको छ। धन्यवाद भाइ ऋषि। जय नेपाल

कुनै अपेक्षा बिना दिएको साथ नै मेरो सबैभन्दा ठूलो पुरस्कार हो। तपाईंहरूकै भरोसामा अघि बढिरहेकी छु। जय नेपाल
02/03/2026

कुनै अपेक्षा बिना दिएको साथ नै मेरो सबैभन्दा ठूलो पुरस्कार हो। तपाईंहरूकै भरोसामा अघि बढिरहेकी छु। जय नेपाल

02/03/2026

म पदको लागि होइन, पीडाको समाधानका लागि अघि बढेकी हुँ। तपाईंहरूको विश्वासलाई कहिल्यै तोड्ने छैन। जय नेपाल

दिन–रात नभनी सेवा गर्न पाउनु नै मेरो सौभाग्य हो। तपाईंहरूको विश्वासले हरेक पाइला अझ जिम्मेवार बनाएको छ। जय नेपाल
02/03/2026

दिन–रात नभनी सेवा गर्न पाउनु नै मेरो सौभाग्य हो। तपाईंहरूको विश्वासले हरेक पाइला अझ जिम्मेवार बनाएको छ। जय नेपाल

02/03/2026

भाषणभन्दा बढी काममा विश्वास गरेकी छु। तपाईंहरूको विश्वासले हरेक पाइला अझ जिम्मेवार बनाएको छ। जय नेपाल

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when Meena Kumari Kharel जिताउ अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category