10/11/2013
पहिचान सहितको संघियता, संघियता सहितको संबिधान, संबिधानसभाबाटै संबिधान, हो आज फेरी हामी जनताका घर दैलोमा एमाओबादीलाई बहुमत् दिनुस भन्दै आएका छौ, बुझने कोसिस गर्नु होला केहि राष्ट्रघाती र केहि जनघाती पार्टीको कारण यो हाम्रो रहर होइन परिस्थिति बनेको छ, हुन त समयले तपाईहरुलाइ पनी मलाई जस्तै छर्लंग बनाइँसकेको हुनु पर्छ, कुन कुन पार्टी र कुन कुन व्यक्तिका कारण आज हामी यो अवस्थामा छौ, हाम्रो साधारण बहुमत मात्रै र पहिचानबादीहरुको पक्षमा दुई तिहाई नहुदा आज हामी पहिलो संबिधान सभाबाट परिणाम बिहिन नतिजा सहित आगामी संबिधान सभाबाट बिगतमा हाम्रापक्षबाट भएका कमि कमजोरीको क्षमा याचना र संबिधान सभाबाटै समयमै पहिचान सहितको जनसंबिधान, १० वर्ष भित्रै सम्बृद् नेपालको प्रतिबद्ता सहित आएका छौ, तपाइलाई थाहै होला ०४६ को जनआन्दोलन पछी ०६२\०६३ को दोश्रो जनआन्दोलन बीचको १२ वर्षको अविधिमा कुन कुन पार्टीले सरकर चलाए, तपाई एक पटक इतिहास लाई फर्केर हेर्नुस यहि अबधिको कांग्रेस र एमालेको सरकारको उपज हो,खुम बहादुर,चिरन्जिबी, जे पी गुप्ता, गोविन्दराज,बिजय कुमार, लाउडा,धमिजा, टनकपुर र अन्य थुप्रै बहादुर,राज अनि कुमार हरु।त्यसैले राष्ट्रबादी शक्ती सत्तामा नहुँदा नेपालीले भोग्ने पिडा मैले भोगेको छु। राष्ट्रबादी शक्ती सत्तामा नहुँदा बेरोजगार नेपालीले भोग्ने पिडा मैले भोगेको छु। राष्ट्रबादी शक्तिको सत्ता नहुँदा लाखौ नेपाली युवाहरुले आधुनिक दासको रुपमा खाडीको भूमण्डलीय श्रम बजारमा आफ्नो रगत र पसिना संसारकै सस्तो मुल्यमा बेचेको पिडा मैले भोगेको छु। समान काममा नेपाली युबाहरुले समान ज्यला नपाउने खाडी राष्ट्रहरुको लेबर निती मैले भोगेको छु। त्यसैले म सम्पूर्ण नेपाली दाजु दाजुभाईहरु, दिदीबहिनिहरु, मेरा नाता कुटुम्ब, साथीभाईहरुलाई नेपाल र नेपालीको उज्जल भबिस्य निर्माणको लागि "जसको निती, उसको नेतृत्व" एमाओवादीलाई आफ्नो अमुल्य भोट दिएर अत्याधिक बहुमतले बिजय गराउनु हुन अनुरोध गर्दछु।
माधब छत्कुली आरभा, इजराइल