28/05/2026
सामाजिक स-चेतनाका आवाज उठाउने काम कुनै एक ब्यक्ति विशेष ले मात्र नभई संस्थागत रुपमा अघि बढाउन सकियो र यस लाई अभियानकै साथ निरन्तरता दिन सकियो भने अवश्य पनि सकारात्मक नतिजा आउने छ भन्नेमा हामी विश्वस्त छौँ🙏! कुनै न कुनै रूपमा हाम्रो अभियान जारी छ🙏❤️🙏!
"तनाव"!
आफ्नो मन् शरीर भएकोे ठाउँमा नरहनु नै "तनाव" हुनु हो।
मानविय जीवनमा "तनाव" अत्यावस्यक हुन्छ। तनाव बिना जीवन सम्भव छैन त्यो केबल "मृत शरीर" हुन्छ। तनाव ले सचेत गराउँदछ यो आफैंमा नराम्रो होईन तर अध्यधिक तनाव घातक सिद्ध हुन्छ। "मध्यम तनाव" ले जीवन रोचक र सफल हुन मद्दत पुग्दछ।
"तनाव" बिना विद्यार्थी परीक्षामा उत्तीर्ण हुँदैन, खेलाडी विजयी हुँदैन, किसान ले समयमा बालीनाली लगाउन सक्दैन...।
हरेक परिस्थिति लाई सहज रूपमा स्वीकार गर्न सक्नु र आँफू आफ्नै लागी मात्र होइन अरुको लागी पनि महत्वपूर्ण छु, मेरो आड र भरोशा मा बाँच्ने अरू पनि छन् भन्ने भाव राख्नु ले सकारात्मक सोचकोे विकाश गर्दछ। आफ्ना मन् का तरङ्ग हरू प्रिय पात्र हरू सङ्ग साटासाट गर्न सकियो भने उत्साह र उमङ्ग भरिँदै आउँछ र हरेक पलहरू रमाईलो लाग्न थाल्छन् 🙏♥️🎉।
#सकारात्मकसोचद्वारा
#रचनात्मकजीवनशैलीअपनाऔँ🙏🎉🙏