Evergreen Eco Club-Bharatpur

Evergreen Eco Club-Bharatpur Evergreen Eco Club is an Eco Club Working for Environment & Nature Conservation.

आज मिती २०८२/१२/०७ गतेका दिन, यस "ईभरग्रिन ईको क्लब" द्वारा भरतपुर-४ स्थित रामघाटदेखी गैंडाचाेकसम्मकाे नारायणी नदि किनार...
21/03/2026

आज मिती २०८२/१२/०७ गतेका दिन, यस "ईभरग्रिन ईको क्लब" द्वारा भरतपुर-४ स्थित रामघाटदेखी गैंडाचाेकसम्मकाे नारायणी नदि किनारमा: बडहर, तेजपात, खनायाे, च्युरी, ईपिलिपि, हर्राे, बकैना, फुस्रेटाे, शिरीष जस्ता बिभिन्न थरिका घाँसपैदावर बिरुवाहरु रोपिएकाे छ । 🌳
उक्त बिरूवाहरूले यस क्षेत्रमा हरियाली प्रबर्धन गर्ने र भबिष्यमा स्थानियहरूलाई घाँसपात गर्न मद्दत पुर्याउने आशा राखेका छाै । यसरी नै आउदा दिनहरुमा पनि वातावरण तथा प्रकृती संरक्षणका यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता गर्दछौ, धन्यबाद ! जय प्रकृती ! जय ईको क्लब !🙏

हिजाे मिति २०८२/११/०९ गते यस "ईभरग्रिन ईको क्लब" द्वारा भरतपुर ३ र ४ स्थित नारायणी नदि किनारमा केही महिनाअघि राेपिएका बि...
22/02/2026

हिजाे मिति २०८२/११/०९ गते यस "ईभरग्रिन ईको क्लब" द्वारा भरतपुर ३ र ४ स्थित नारायणी नदि किनारमा केही महिनाअघि राेपिएका बिरूवाहरूमा पानि हालेर, बार पनि लगाईएकाे छ । बिरूवालाई पानिकाे धेरै आवश्यकता हुने याे सुख्खा हिउदकाे महिनामा समय-समयमा पानी हाले बिरूवालाई हुर्किन मद्दत पुग्नेछ, साथै बार लगाउनाले बिरूवालाई थप सुरक्षा प्रदान हुनेछ ।
उक्त बिरूवाहरूले यस क्षेत्रमा हरियाली प्रबर्धन गर्ने र भबिष्यमा स्थानियहरूलाई घाँसपात गर्न मद्दत पुर्याउने आशा राखेका छाै । यसरी नै आउदा दिनहरुमा पनि वातावरण तथा प्रकृती संरक्षणका यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता गर्दछौ, धन्यबाद ! जय प्रकृती ! जय ईको क्लब !🙏

यस "ईभरग्रिन ईको क्लब" द्वारा भरतपुर-३ स्थित नगरबन वारीकाे नारायणी नदि किनारमा बितेकाे केही दिनमा: बकैना, ईपिलिपि, टाँकी...
16/12/2025

यस "ईभरग्रिन ईको क्लब" द्वारा भरतपुर-३ स्थित नगरबन वारीकाे नारायणी नदि किनारमा बितेकाे केही दिनमा: बकैना, ईपिलिपि, टाँकी, तेजपात, बास जस्ता बिभिन्न थरिका घाँसपैदावर बिरुवाहरु रोपिएकाे छ ।
उक्त बिरूवाहरूले यस क्षेत्रमा हरियाली प्रबर्धन गर्ने र भबिष्यमा स्थानियहरूलाई घाँसपात गर्न मद्दत पुर्याउने आशा राखेका छाै । यसरी नै आउदा दिनहरुमा पनि वातावरण तथा प्रकृती संरक्षणका यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता गर्दछौ, धन्यबाद ! जय प्रकृती ! जय ईको क्लब !🙏

आज मिती २०८२/०८/२० गते यस "ईभरग्रिन ईको क्लब" द्वारा भरतपुर-४ रामघाटदेखी भरतपुर-३ नगरबन वारीसम्मकाे नारायणी नदि किनारमा ...
06/12/2025

आज मिती २०८२/०८/२० गते यस "ईभरग्रिन ईको क्लब" द्वारा भरतपुर-४ रामघाटदेखी भरतपुर-३ नगरबन वारीसम्मकाे नारायणी नदि किनारमा यत्रतत्र फालिएका फाेहाेरहरू संकलन गरी सरसफाई गरियाे ।
खाेला किनारमा फाेहाेर नफाल्न सचेतना बाेर्ड र अर्काे डस्टबिन पनि राखियाे । 🗑 साथै, अघिल्लाे हप्ता भरिएका नारायणी नदी किनारछेउका डस्टबिनका फाेहाेरहरू निकालेर खाली पनि गरियाे ।
यसरी नै, आउदा दिनहरुमा पनि वातावरण तथा प्रकृती संरक्षणका यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता गर्दछौ, धन्यबाद ! जय प्रकृती ! जय ईको क्लब 🙏

आज विश्व माटो दिवस (World Soil Day)आऔ, हामी सबै मिलि जिवन-चक्र चलाउन सहयोगी "माटो" लाई सफा र स्वच्छ राख्न आ-आफ्नो स्तरबा...
05/12/2025

आज विश्व माटो दिवस (World Soil Day)
आऔ, हामी सबै मिलि जिवन-चक्र चलाउन सहयोगी "माटो" लाई सफा र स्वच्छ राख्न आ-आफ्नो स्तरबाट कोशिस गरौ, धन्यबाद !
जय प्रकृति, जय ईको क्लव !!🙏

आज विश्व माटो दिवस (World Soil Day)
हाम्रो पृथ्वीमा भएका हरेक बोट-बिरुवाको जिवनको आधार र सबै जिबजन्तुको खाना उत्पादनको प्रमुख श्रोत "माटो" नै हो । माटोले खाध्य-श्रिंखलामा प्रमुख भुमिका निर्भाह गर्दछः बोट-बिरुवा उमार्ने, पोषक तत्वहरु प्रदान गर्ने र मृत बस्तुहरुलाई गलाएर फेरी माटो नै बनाउदछ । बिरुवाहरु मार्फत माटोले कार्बन भण्डारण गर्छ, बर्षातको पानी या प्रयोग भैसकेको पानीलाई माटोले छानेर भूमिगत पानीको श्रोतलाई कायम राख्दछ । हामि मानवको घर बनाउने ईट्टादेखि लिएर, चिया पिउने कपसम्म माटोले नै बनेको हुन्छ ।
कृषि प्रधान हाम्रो देश नेपालमा खेतिपातिका लागि माटो मै निर्भर हुनुपर्दछ । तर, खेतिपातिमा अत्याधिक विषादिको प्रयोगले र माटोमा नगल्ने बस्तुहरु मिसाईनाले, माटोको गुणस्तर घट्दै गैरहेको छ । यसरी प्रदुषित भई माटोको गुणस्तर घट्नाले, कृषि-उपज खाध्य बस्तुमा पोषक तत्वहरुको कमि हुनसक्छ । फलस्वरुप, यसले मानव लगाएत सबै जिब-जन्तुहरुको शारिरिक तथा मानसिक बिकासमा असर पुर्‍याउन सक्दछ । माटो सफा र स्वच्छ भए हामिले पिउने पानी पनि स्वच्छ हुन्छ, माटोमा पोषक तत्वहरु भए हामिले पोषिलो खानेकुरा खान पाउछौ ।
त्यसैले, खेतिपातिमा बिषादिको प्रयोग कम गरौ, माटोमा प्लाष्टिक जस्ता नगल्ने बस्तुहरु नमिसाऔ, माटोले पानी छान्नै नसक्ने स्तरसम्म माटोलाई प्रदुषित नगरौ, जनमानसमा प्रदुषण सम्बन्धि जनचेतना जगाऔ, स्थानिय निकायलाई फोहोर-मैला सहि ठाँउमा ब्यबस्थापन गर्न दवाब दिऊ । आऔ, हामी सबै मिलि जिवन-चक्र चलाउन सहयोगी "माटो" लाई सफा र स्वच्छ राख्न आ-आफ्नो स्तरबाट कोशिस गरौ, धन्यबाद !
जय प्रकृति, जय ईको क्लव !!🙏

आज मिती २०८२/०८/१३ गते यस "ईभरग्रिन ईको क्लब" द्वारा भरतपुर-४ रामघाटदेखी भरतपुर-३ नगरबन वारीसम्मकाे नारायणी नदि किनारमा ...
29/11/2025

आज मिती २०८२/०८/१३ गते यस "ईभरग्रिन ईको क्लब" द्वारा भरतपुर-४ रामघाटदेखी भरतपुर-३ नगरबन वारीसम्मकाे नारायणी नदि किनारमा यत्रतत्र फालिएका फाेहाेरहरू संकलन गरी सरसफाई गरियाे ।
केही हप्ता अघि खाली गरीएका नारायणी नदी किनारछेउका डस्टबिनहरू, आजकाे फाेहाेर संकलनले फेरि भरिएका छन् । 🗑 संकलित फाेहाेरहरूमा: ५०% जति गुटका/सुर्तीका खाेलहरू थिए र बाँकी चाउचाउ/चिप्सका खाेलहरू र पानी/बियरका बाेतलहरू थिए ।
यसरी नै, आउदा दिनहरुमा पनि वातावरण तथा प्रकृती संरक्षणका यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता गर्दछौ, धन्यबाद ! जय प्रकृती ! जय ईको क्लब 🙏

बन्यजन्तु संरक्षणका लागि बृक्षारोपणको महत्वका बारेमा हाम्रो यस क्लबका अध्यक्ष श्री बिमल सुबेदी ज्यूको लेखः "बन्यजन्तु सं...
12/11/2025

बन्यजन्तु संरक्षणका लागि बृक्षारोपणको महत्वका बारेमा हाम्रो यस क्लबका अध्यक्ष श्री बिमल सुबेदी ज्यूको लेखः "बन्यजन्तु संरक्षणका लागि बृक्षारोपण"

बन्यजन्तु संरक्षणका लागि बृक्षारोपणको महत्वका बारेमा हाम्रो यस क्लबका अध्यक्ष श्री बिमल सुबेदी ज्यूको लेखः
बन्यजन्तु संरक्षणका लागि बृक्षारोपणः
प्राकृतिक श्रोतको धनि हाम्रो देश नेपालमा 'बन्यजन्तु संरक्षण' बिषयमा बेला-बखतमा चर्चा र छलफल भैरहन्छ । बन्यजन्तु त्यस्ता जिबजन्तुहरु हुन्‌ जो आफ्नो खाना, बासस्थान र सुरक्षाका लागि बन-जंगलमा आश्रित हुन्छन्‌ । मानव जनसंख्या बृद्धिसंगै हाल आएर बन्यजन्तुहरु राष्ट्रिय निकुन्ज र आरक्षण क्षेत्रहरुमा सिमित छन्‌ । यस्ता संरक्षित क्षेत्रहरु छुट्टाएर बन्यजन्तु संरक्षणको पहलका लागि सरकार र संरक्षण निकायहरुको ठूलो भूमिका छ ।
हामिलाई थाहै भएको कुरा हो, बन-जंगलमा घास्य-मैदान, सिमसार, घना-झाडि जस्ता बिभिन्न प्रकारका क्षेत्रहरु हुन्छन र त्यस्ता क्षेत्रहरुले बिभिन्न थरिका प्रजातिहरुलाई बासस्थान प्रदान गरेको हुन्छ । यस्ता कुनैपनि क्षेत्रहरुमा केहि मात्रामा या लाखौको संख्यामा रुखहरु हुन्छन्‌ जसले किरा-फट्‌यान्ग्रा, सरिसृप देखि लिएर चराचुरुंगि र स्तनधारिहरुलाई साहारा दिएको हुन्छ । चराचुरुंगिले रुखमा नै गुड लगाउछन् र रुखमा बस्‍ने स्तनधारीहरुको लागि रुखनै उनिहरुको घर हो । किरा-फट्‌यान्ग्रा, पुतलीहरु बिभिन्न रुख-बिरुवाका फुलको रस पिउछन्‌, जमिनमा हिड्ने स्तनधारीहरुले रुख-बिरुवाका पात र फल खान्छन् साथै रुख-बिरुवाकै आडमा घाम-पानिबाट सुरक्षित रहन्छन् । जहा रुख हुन्छ, त्यहा जिबजन्तुका लागि खाना र पानिको श्रोत पनि हुन्छ, जस हिसाबले रुख-बिरुवाहरुले एक किसिमको पारिस्थितिकि प्रणाली (ईको सिस्टम) कायम राख्न मद्दत पुर्याएका हुन्छन् । त्यसैले, रुख-बिरुवा बिनाको बासस्थान र त्यस्ता बासस्थान बिनाको बन्यजन्तुका बारेमा कल्पना गर्न पनि गार्‍हो हुन्छ ।
तर, मानव बस्तिको बढ्‍दो शहरीकरण र बिकास निर्माण परियोजनाका कारणले बन्यजन्तुहरुको बासस्थान प्रभाबित भएको छ । राजमार्ग, रेलमार्ग, केवलकार, बिमानस्थल, जस्ता भौतिक निर्माण कार्यका लागि सयौको संख्यामा रुखहरु काटिएका हुन्छन् । यस्ता निर्माण परियोजनाहरुले उक्त क्षेत्रमा भएको बन्यजन्तुको प्राकृतिक बासस्थान नष्ट गर्दछन् । साथै, मानव जनसंख्या बृद्धिसंगै बढेको फोहोरका कारणले बन्यजन्तुको बासस्थान र पानिको श्रोतहरु प्रदुषित भएको छ । प्राणी जगतमा बुद्धिमान हामी मानव प्रजातिले आफ्नो खाना जुटाउनका लागि खेतिपाति गर्न सक्छौ र प्रदुषित पानिलाई प्रशोधन गरेर पिउन सक्छौ, तर ति अबोध बन्यजन्तुहरु प्राकृतिक रुपमा उपलब्ध खाना र पानिको श्रोतमै निर्भर हुन्छन् । प्रकृतिमै उपलब्ध यस्ता खाना र पानिका प्राकृतिक श्रोतहरुमाथि पनि मानव प्रजातिले आफ्नो कब्जा जमाईसकेको छ ।
त्यसैले, बन्यजन्तु संरक्षणका लागि पहिला रुख-बिरुवा र बन-जंगलको संरक्षण गर्नु अति आवश्यक छ । हामिले बिकास निर्माणका कार्यहरु पूर्ण रुपमा रोक्न नसकौला तर प्रकृतीमाथिको अनावश्यक अतिक्रमण रोक्नुपर्दछ । खाली रहेका स्थानहरुमा रुख-बिरुवाहरु रोप्न सक्दछौ, जसले त्यस स्थानमा बन्यजन्तुलाई थोरै भएपनि बासस्थान प्रदान गर्नसकोस । उदाहरणको लागिः यदि हामिले कुनै एउटा फलको बिरुवा रोप्यौ भने, त्यो बिरुवा रुख भएपछि त्यसको फुलमा किरा-फट्‌यान्ग्रा र पुतलीहरु आउछन्, त्यो रुखमा चराचुरुंगीले गुड लगाउन सक्दछन् र त्यसको फल र पातहरु जनावरहरुले खानेछन् । यसरी, एउटा रुखले नै सिंगो पारिस्थितिकि प्रणाली (ईको सिस्टम) सृजना गर्न मद्दत गर्दछ जसले बिभिन्न बन्यजन्तुलाई खाना र बासस्थान प्रदान गरेको हुन्छ ।
तसर्थ, हामि हृदयदेखि नै यो मनन् गर्ने कोशिस गरौ कि बन्यजन्तुहरुको भबिष्य हामि मानव प्रजाति कै सहयोग र संरक्षणको भरमा छ र हामिले उनिहरुका लागि आजदेखिनै केही गर्न कोशिस गरेनौ भने भोलिका दिनमा उनिहरुको अस्तित्व खतरामा परेर लोप नै हुने सम्भावना रहेको छ र त्यसका लागि हामि मानवनै जिम्मेवार रहनेछौ । हामि मानवहरु एक बिवेकशिल र जिम्मेवार प्रजाति भएकाले, आऔ हामि सबै मिलेर बृक्षारोपणका कार्यक्रमहरुलाई प्रोत्साहन गरौ, प्रदुषण कम गरौ र बन्यजन्तुको संरक्षणमा सहयोग गरौ जसले गर्दा हाम्रा भाबि पिढिले पनि बन्यजन्तुहरु अवलोकन गर्न पाउन र संरक्षणको अभियानलाई निरन्तरता दिन सकुन । धन्यबाद !
जय प्रकृती ! जय ईको क्लब 🙏

युवा वर्गको सामाजिक र ब्यक्तित्व बिकासमा ईको क्लबको भूमिकाको बारेमा हाम्रा क्रियाशिल सदस्य श्री बिवेक सिलवाल ज्यूको भनाई...
05/11/2025

युवा वर्गको सामाजिक र ब्यक्तित्व बिकासमा ईको क्लबको भूमिकाको बारेमा हाम्रा क्रियाशिल सदस्य श्री बिवेक सिलवाल ज्यूको भनाईः "युवा शक्ति नै देश र राष्ट्रको शक्ति हो, यो शक्तिको सहि ठाँउमा परिचालन अत्यन्तै जरुरी छ । ईको क्लब जस्ता संस्थाले युवालाई वातावरण र प्रकृतिका बारेमा केहि सिक्ने अवसर प्रदान गर्दछ र यसलाई जोगाईराख्‍नका लागी सबैसँग हातेमालो गर्न प्रेरित गर्दछ साथै ब्यक्तित्व बिकास र सामाजिक कार्यमा पनि अग्रसर बनाउँदछ ।" धन्यबाद ! जय प्रकृती ! जय ईको क्लब 🙏

युवा वर्गको सामाजिक र ब्यक्तित्व बिकासमा ईको क्लबको भूमिकाको बारेमा हाम्रा क्रियाशिल सदस्य श्री बिवेक सिलवाल ज्यूको भनाईः

आज मिती २०८२/०७/१५ गते, यस "ईभरग्रिन ईको क्लब" द्वारा भरतपुर-४ काे रामघाटदेखी भरतपुर-३ काे नगरबन वारीसम्मकाे नारायणी नदि...
01/11/2025

आज मिती २०८२/०७/१५ गते, यस "ईभरग्रिन ईको क्लब" द्वारा भरतपुर-४ काे रामघाटदेखी भरतपुर-३ काे नगरबन वारीसम्मकाे नारायणी नदि किनारमा हामिले राखेका डस्टबिनहरूमा जम्मा भएकाे फाेहाेर संकलन गरि खाली गरियाे । 🗑
उक्त डस्टबिनहरू राखेपछि पहिलेका तुलनामा नारायणी नदि किनार वरपर फाेहाेरहरू कम फालिएकाे र धेरैजसाे फाेहाेरहरू डस्टबिनमा नै जम्मा गरिएकाे पाएका छाै । यसैगरी, आउदा दिनहरुमा पनि वातावरण तथा प्रकृती संरक्षणका यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता गर्दछौ, धन्यबाद ! जय प्रकृती ! जय ईको क्लब 🙏

आज मिती २०८२/०७/०८ गते शनिबारका दिन, यस "ईभरग्रिन ईको क्लब" द्वारा भरतपुर-३ स्थित नारायणी नदि किनारमा: कल्की, पिपल, जाका...
25/10/2025

आज मिती २०८२/०७/०८ गते शनिबारका दिन, यस "ईभरग्रिन ईको क्लब" द्वारा भरतपुर-३ स्थित नारायणी नदि किनारमा: कल्की, पिपल, जाकाराण्डा, वर, गुलमाेहर, राजबृक्ष, समि, बास जस्ता बिभिन्न थरिका बिरुवाहरु रोपियो ।
यसैगरी आउदा दिनहरुमा पनि वातावरण तथा प्रकृती संरक्षणका यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता गर्दछौ, धन्यबाद ! जय प्रकृती ! जय ईको क्लब !🙏

🎊 शुभ दिपावलीको पावन अवसरमा यस ईभरग्रिन ईको क्लबका सदस्यहरुका तर्फबाट सम्पूर्ण वातावरण-प्रकृतिप्रेमी साथी-भाई, आफन्तजन त...
19/10/2025

🎊 शुभ दिपावलीको पावन अवसरमा यस ईभरग्रिन ईको क्लबका सदस्यहरुका तर्फबाट सम्पूर्ण वातावरण-प्रकृतिप्रेमी साथी-भाई, आफन्तजन तथा शुभचिन्तकहरुमा सुख, शान्ति र सम्बृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । धन्यबाद !
जय प्रकृति, जय ईको क्लव !!🙏

🎊 शुभ दिपावलीको पावन अवसरमा यस ईभरग्रिन ईको क्लबका सदस्यहरुका तर्फबाट सम्पूर्ण वातावरण-प्रकृतिप्रेमी साथी-भाई, आफन्तजन तथा शुभचिन्तकहरुमा सुख, शान्ति र सम्बृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । 💐
काग, कुकुर, गाई, गोरु जस्ता प्रकृतिका साथीहरुको पूजा गर्दै, माता लक्ष्मीको आशिर्बाद लिई, आफ्ना दिदि-बहिनिहरुको हातबाट टिका लगाई, एकआपसमा माया-प्रेम र सद्‌भाब बाड्नुहोस, वातावरणमा प्रभाव नपर्ने गरी प्रकृतीसँग रमाउदै तिहार मनाउनुहोस । धन्यबाद !
जय प्रकृति, जय ईको क्लव !!🙏

आज मिती २०८२/०६/३० गते, यस "ईभरग्रिन ईको क्लब" द्वारा भरतपुर-३, नगरबन वारीकाे नारायणी नदि किनारमा आवतजावत गर्नेहरूलाई वि...
16/10/2025

आज मिती २०८२/०६/३० गते, यस "ईभरग्रिन ईको क्लब" द्वारा भरतपुर-३, नगरबन वारीकाे नारायणी नदि किनारमा आवतजावत गर्नेहरूलाई विश्राम गर्न सहज हाेस भनी पारम्परिक किसिमकाे काठकाे बेन्च राखिएकाे छ ।
उक्त बेन्च खेर गएका काठहरूबाट बनाईएकाे हाे र साे बेन्चमा नदि किनारमा हिंडडुल गर्ने तथा गाई-बस्तु चराउनेहरूले आराम गर्न मद्दत पुग्ने आशा राखेका छाै । साथै, आउदा दिनहरुमा पनि वातावरण तथा प्रकृती संरक्षणसंग जाेडिएका यस्तै सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता गर्दछौ, धन्यबाद ! जय प्रकृती ! जय ईको क्लब 🙏

Address

Bharatpur

Telephone

+9779819299872

Website

Alerts

Be the first to know and let us send you an email when Evergreen Eco Club-Bharatpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Evergreen Eco Club-Bharatpur:

Share