03/09/2025
"स्थानले होइन, सोच र समर्पणले कलाकारलाई ठूलो बनाउँछ।"
नतिजा चाहे जे सुकै आवस, त्यो भन्दा महत्वपूर्ण तपाईंको कला र संस्कृति प्रतिको योगदान हो। भक्तपुरको परम्परागत नाचलाई जीवन्त बनाउँदै, तपाईंले केवल एक नाच प्रस्तुत गर्नुभएको होइन, तपाईंले हाम्रो इतिहास बोलाउनुभएको हो ।
झन त्यसमाथी हाम्रो पुरुष प्रधान समाजमा महिला भएर पनि पुरुष प्रतिस्पर्धीहरूसँग काँध मिलाएर उभिनु, त्यो नै तपाईंको आँट र प्रतिभाको प्रमाण हो।(विशेष गरेर ख्याक नाचमा : पहिलो महिला ख्याक भन्दा फरक नापर्ला)
तपाईंको खुट्टाले जुन माटो छोयो, त्यो अब प्रेरणाको मार्ग बनिसकेको छ। हार होइन, यो त नयाँ सुरुवात हो – अझ उच्च उचाइतर्फको यात्रा शेष नै छ!
यस प्रशिक्षण केन्द्र का कलाकारहरु विभिन्न विधामा दोश्रो तथा सान्तोना हुन सफल हुनु भएकोमा धेरै धेरै बधाई एवं शुभकामना 🎊👍
साथै अन्य सम्पूर्ण विजई टोलीहरूलाई बधाई 🎉