Police Circle Thimi Bhaktapur Nepal

Police Circle Thimi Bhaktapur Nepal Welcome to Police Circle Thimi, Bhaktapur Official page. For Emergency, Dial 100 for Police Support. सत्य सेवा सुरक्षणम्

बिदाई कार्यक्रम सम्पन्न ********    २०८३/०२/१८ गते ।।।।।। मिती २०५३/०२ /१५ गते देखि नेपाल प्रहरी जस्तो पवित्र संगठनमा से...
01/06/2026

बिदाई कार्यक्रम सम्पन्न ********
२०८३/०२/१८ गते ।।।।।।
मिती २०५३/०२ /१५ गते देखि नेपाल प्रहरी जस्तो पवित्र संगठनमा सेवा प्रबेश गरी आफ्नो जीवनको सम्पुर्ण उर्जा ,सीप तथा दक्षता संगठन प्रति पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै मिती २०८३/०२/१५ गते बाट ३० बर्ष सेवा अवधि पुरा गरी अवकाश हुनु भएका प्रहरी वृत ठिमी भक्तपुरमा कार्यरत पुर्व प्र.ना.नि. नवराज खरेल ज्यु लाई यस कार्यालयका प्रमुख श्रद्वेय श्रीमान प्रहरी नायव उपरीक्षक निशान थापा ज्यू , प्रहरी निरीक्षक ज्यू लगायत अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थितीमा प्र.ना.उ.ज्यू बाट मायाको चिनो प्रदान गरी स-सम्मान शुभकामना तथा बिदाई कार्यक्रम सन्पन्न गरिएको ।।।।।

मिति २०८३।०२।०३ गते अं.१६:२५ बजे जिल्ला भक्तपुर  मध्यपुर थिमी  न.पा. वडा नं ३ कौशलटार हनुमन्ते खोला पुल नजिकै ह्युम पाइप...
19/05/2026

मिति २०८३।०२।०३ गते अं.१६:२५ बजे जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं ३ कौशलटार हनुमन्ते खोला पुल नजिकै ह्युम पाइप भित्र एकिन नाम थर वतन नखुलेको भिम राई नाम बताउने अं.वर्ष ४८/५० को पुरुष व्यक्ती मृत अवस्थामा रहेको छ भन्ने खबर प्राप्त हुनासाथ यस कार्यालयबाट अनुसन्धान अधिकृत समेतको टोली घटनास्थल खटी गई घटनास्थल एवं लाश जाँच मुचुल्का गर्ने लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी पोष्ट मार्टमको लागी मृतक लाश काठमाण्डौ मेडिकल कलेज दुवाकोट भक्तपुरको शव गृहमा रहेको, मृतकको हाल सम्म एकिन पहिचान एवं सनाखत हुन नसकेको, आफन्तहरु सम्पर्कमा नआएको हुँदा निम्न हुलिया भएको मृतक र निजको आफन्तहरु चिन्नुहुने महानुभावहरुले यस कार्यालयमा सम्पर्क राख्न पठाईदिन हुन हार्दिक अनुरोध गरिएको छ ।
हुलिया ;-
१)नामः- भिम राई नाम बताउने गरेको
२) ठेगानाः- ईलाम घर बताउने गरेको ।
३) फेला परेको ठेगानाः-जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं ३ हनुमन्ते खोला पुलस्थित ह्युम पाईपमा ।
४)पेटको बाँयातर्फ ७ इन्च लामो अपरेसन गरेको पुरानो खत रहेको ।

सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न ************ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मिति २०८३।०२।०१ गते शुक्रव...
15/05/2026

सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न ************

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मिति २०८३।०२।०१ गते शुक्रवार यस प्रहरी वृत्त ठिमीमा कार्यरत प्रहरी निरीक्षक रन्जन कुमार गिरी सर द्वारा चा.न.पा -१ स्थित सशस्त्र प्रहरी बल नेपाल नं २२ गणमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरु लाई लागुऔषध दुर्ब्यसनी सम्बन्धि सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको ।।।।।

बिदाई कार्यक्रम सम्पन्न*********************************   ( २०८३ साल जेष्ठ ०१ गते )                                    ...
15/05/2026

बिदाई कार्यक्रम सम्पन्न*********************************
( २०८३ साल जेष्ठ ०१ गते )
मिती २०५३/ ०२/०१ गते बाट नेपाल प्रहरी जस्तो पवित्र संगठनमा सेवा प्रवेश गरी आफ्नो जीवनको सम्पुर्ण उर्जा, ज्ञान, सीप तथा दक्षता संगठन प्रति पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै ३० बर्ष सेवा अबधि पुरा गरी अवकाश हुनु भएका प्रहरी वृत ठिमी भक्तपुरमा कार्यरत पुर्व प्र.नि. टिका प्रसाद सापकोटा ज्युलाई यस कार्यालयका प्रमुख श्रद्धेय श्रीमान प्रहरी नायव उपरिक्षक नवराज ढुंगाना ज्यु ,प्र.नि.ज्युहरु लगायत अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थितिमा प्र.ना.उ. ज्यु बाट खादा लगाई मायाको चिनो प्रदान गरी स-सम्मान शुभकामना तथा बिदाई कार्यक्रम सम्पन्न ।।।।।।।।।।।।।।।।।

हराएको सुनको तिलहरी फेला पारी प्रहरीलाई  बुझाउने व्यक्तिको रोहवरमा सम्वन्धित धनिलाई प्रहरी वृत्त ठिमीबाट हस्तान्तरण गरिए...
13/05/2026

हराएको सुनको तिलहरी फेला पारी प्रहरीलाई बुझाउने व्यक्तिको रोहवरमा सम्वन्धित धनिलाई प्रहरी वृत्त ठिमीबाट हस्तान्तरण गरिएको।

मिति २०८३।०१।२७ गते *******************नागरिक सुनुवाई कार्यक्रम*****************************************समुदाय प्रहरी सा...
10/05/2026

मिति २०८३।०१।२७ गते *******************
नागरिक सुनुवाई कार्यक्रम*****************************************
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मिति २०८३।०१।२७ गते आईतवार प्रहरी वृत्त ठिमी, सुर्यविनायक नगरपालिका वडा नं. १ र प्रहरी प्रभाग सिरुटारको संयुक्त आयोजनामा सु.न.पा-१ धनसार स्थित सिरुटार मा.वि मा यस कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ नवराज ढुंगाना ज्यु को प्रमुख आतिथ्यतामा वडाध्यक्ष श्री सानुकाजी कायस्थ ज्यु,राजनैतिक दलका प्रतिनिधी, व्यापार ब्यवसायी, जेष्ठ नागरिक, विद्यालयका प्र.अ ज्युहरु, आमा समुह,बाल क्लवका सहजकर्ता, विद्यार्थिहरु लगायत स्थानीय भद्रभलादमीहरुको उपस्थितीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको ।

06/05/2026

साइबर ब्यूरोको अनुरोध

बिद्यालय प्रशिक्षण सम्पन्न **************************************                               समुदाय प्रहरी साझेदारी क...
04/05/2026

बिद्यालय प्रशिक्षण सम्पन्न **************************************

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मिति २०८३।०१।२१ गते सोमवार प्रहरी वृत्त ठिमी सामुदायिक शाखा को आयोजनामा म.ठि.न.पा-४ स्थित नबरत्न ईङलिस सेकेन्डरी स्कुलमा अध्यनरत कक्षा ८ ,९ र १० का छात्र छात्रा तथा शिक्षक शिक्षिकालाई प्र.नि रन्जन कुमार गिरी द्वारा आधारभुत सुरक्षा तथा साईवर अपराध न्युनिकरण तथा रोकथाम सम्बन्धी बिषयमा प्रशिक्षण गरी सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको ।

02/05/2026

ज्यान मार्ने उद्योग मुद्दाका १ जना प्रतिवादी नियन्त्रण...

29/04/2026

मनोहरा क्षेत्रमा सचेतनामूलक माईकिङ गर्दै

Address

Bhaktapur
Bhaktapur
44811

Alerts

Be the first to know and let us send you an email when Police Circle Thimi Bhaktapur Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Police Circle Thimi Bhaktapur Nepal:

Share