Bibeksheel Sajha Party Bhadrapur विवेकशील साझा पार्टी भद्रपुर

  • Home
  • Nepal
  • Bhadrapur
  • Bibeksheel Sajha Party Bhadrapur विवेकशील साझा पार्टी भद्रपुर

Bibeksheel Sajha Party Bhadrapur  विवेकशील साझा पार्टी भद्रपुर विवेकशील नेपाली दल, भद्रपुर
भद्रपुर, झापा, प्रदेश नं १, (नेपाल)

नेपाल हाम्रो घर हो, डेरा होइन । कुनै घरमा डेरा गरि बस्नु र त्यसैको मालिक हुनुमा नितांत फरक छ ।
यदि त्यो घरको भित्ताहरु चर्कियो भने डेराबाललाई वास्ता नहुन सक्छ, उ त सजिलै अर्को घरमा सर्न सक्छ । तर घर मालिकलाई थाहा छ कि आफ्नो घरको हेरचाह आफैं गर्नपर्छ, अरु कोही आउनेवाला छैन । त्यसैले उ आफैंले त्यस घरको भित्ता टाल्दछ ।

४ मध्ये ३ नेपालीहरु तपाईं–हामी जस्तै युवा हौं (४० वर्ष मुनिका) । समस्या यत्ति हो

कि हामीले चाहिँ देशलाई डेरा ठानेका छौं । हामीले अघिल्लो पुस्तालाई यो देश बरबाद गर्न दिएका छौं । उनीहरुको झगडामा हामीलाई कठपुतली बनाउन दिउका छौं । “तिमीहरुले यो देश कहाँ हाँक्न सक्छौ ?” उनीहरुका यस्ता बकुम्फुसे गफ बारम्बार पत्याएर आफैलाई उल्लु बनाउन दिएका छौं । उनीहरुलाई यो देश लुट्न दिएका छौं ।

अहिले हामी कोही रक्सीको चुस्कीमा लुकेका छौं त कोही आफ्नो धर्म वा समाजको बन्धमा । कोही हामी ईन्टरनेटमा सिमित छौं त कोहि चिया गफमै । यो सोच्दैछौं कि कुनै दिन यो नेपाल भास्एिर विलाउँछ अनि बल्ल नयाँ नेपालमा हामी जान पाउँनेछौं ।

आफु घर भित्र लुक्छौं र अरु नै कोहि हाम्रो लागि सडकमा जाओस् भन्ने चाहन्छौं । अहिले हामी मतदाता कार्ड होईन, ग्रिन कार्ड खोज्छौं । हामी आवेशमा छौं, तर केहि गर्न भने डराँउछौं । यो देश बचाउने ठेक्का अर्को बुद्ध वा पशुपतिनाथको होईन । न त कुनै दाताकै ।

सरकार र अहिलेका राजनितिक शक्तिहरुले त प्रस्ट देखाईसकेका छन्, कि यो काम उनीहरुको पनि होईन । जिम्मेवारी भनेको आफैंले निर्वाह गर्ने हो । नेपाली भनेर होइन बनेर देखाउने हो ।

अब विकल्प कुर्दै बस्ने होईन आफैं हुने हो । किनकि यो देश ढले, हामी पनि यसैसाथ ढल्छौं । अहिले नगरे कहिले ? हामीले नगरे कस्ले ?

#) हामीले अहिले सम्म के गरेका छौँ ?
-) “नेपाल खुल्ला छ” भन्ने बन्द विरुद्ध नागरिक अभियान चलाएका थियौँ।
-) “ ज्याला पुरा लियौँ , अब संविधान देऊ” भन्दै अर्को दवाबमूलक अभियान चलाएका थियौँ ।
-) “परिवर्तनको लागि हामी नेपाली एक” जस्तो नेपालीलाई एक बनाउने अभियानमा अहम् भूमिका खेलेका थियौँ।
-) कालमोचन जस्तो मन्दिरको जिर्णोद्वार गरेका थियौँ, बागमती बचाउने अभियानमा लागेका थियौँ ।
-) “भ्रष्टाचारीलाई किरा परोस्” अभियानमा संलग्न भएका थियौँ ।
-) नेपालीहरुलाई रोजगारको अवसर बढाउनको लागि उद्दमशील कार्यमा लाग्न नेपालीहरुलाई धकेल्ने कामहरुमा लागेका छौँ।
-) देशमा उद्दमीहरु बढाउने काममा लागेका छौँ ।

#) तपाईँ को हुनुहुन्छ ?
-> हामी ऊर्जाशील, सकारात्मक, प्रतिबद्ध र विवेकशील नेपालीहरूको नयाँ राजनीतिक दल हौँ । नेपाललाई शान्त र संवृद्ध बनाउन आवश्यक स्पष्ट मार्गदिशा र तागत हामी संग छ । हामी वर्तमान अक्षम राजनीतिक शक्तिहरूको दासत्व शिकार हुँदै आएका छौं । यो दासत्त्वको विरुद्ध हामी सकृय रूपले लाग्नेछौं ।

#) तपाँई के गर्दै हुनुहुन्छ ?
-> हामीले एउटा यस्तो राजनीतिक दल बनाउँदैछौ जसले अहिलेका अनैतिक र गैर जिम्मेवार राजनीतिक शक्तिहरूको दासत्त्वबाट आम नेपालीहरूलाई स्वतन्त्र तुल्याउँन र उनीहरुलाई समृद्ध नेपाल बनाउन प्रेरित गर्नेछ । हामी अहिले यस दलका लागि आवश्यक साङ्गठनिक पूर्वाधारको विकासमा केन्द्रित छौँ ।

#) यो किन गर्दै हुनुहुन्छ ?
-> अहिले नगरे कहिले ? हामीले नगरे कसले ? हामीलाई सधैँ भरि पीडित भई बस्न मन छैन । अब हामी चुप बस्न सक्दैनौं । त्यसैले हामी नै यो समस्याको हल गर्न अगाडि बढेका छौं । रुख रोप्ने सबैभन्दा ठीक बेला २० वर्ष अघि थियो। त्यस पछिको ठीक बेला भनेको अहिले हो। अब पनि सहेर बस्यौँ भने त हामी जिउंदै मरेतुल्य हुन्छौँ त्यसैले यो जिवन सफल बनाउनु छ भने आजैबाट यो देशको संमृद्धिको लागि पसिना चुहाउनु र विवेक चलाउनु पर्छ – नत्र ढिलो हुन्छ।

#) कसरी गर्दै हुनुहुन्छ त ?
-> हामीले ३ तहमा परिवर्तन ल्याउनेछौं :–
*) पहिलो – व्यक्तिगत तह:
हामी राष्ट्र र व्यक्तिको सफलताको लागि हरेक नागरिकमा जिम्मेवारीबोध र असल आचरण आवश्यक छ भन्ने सूचना प्रवाह गर्ने छौँ र उनीहरु लाई राष्ट्र निर्माणको वृहत् प्रक्रियामा समेट्ने छौँ ।
**) दोस्रो – सामाजिक तह: हामी सामाजिक सद्भाव, एकता, शान्ति र सहकार्यबाट मात्र दिगो विकास सम्भव छ भन्ने सूचना प्रवाह गर्ने छौँ र समाजलाई त्यस उन्मुख हुन प्रेरित गर्ने छौँ ।
***) तेस्रो – सरकारी तह : एउटा जिम्मेवार, नैतिक र उदाहरणीय राजनीतिक शक्तिको रूपमा प्रस्तुत भई परम्परागत व्यक्तिवादी कुशासनलाई योग्यतामुखी सुशासनमा रूपान्तरण गर्नेछौं।

#) के तपाईंहरूको यो राजनीतिक दल हो?
-> हो हामी हाम्रै कालमा आर्थिक र सामाजिक क्रान्तिको लागि राजनीतिक दल नै हौँ ।

#) तपाईँ आफ्ना प्रतिद्वन्दीहरु भन्दा भिन्न कसरी हुनुहुन्छ त ?
-> बोलेर होइन, गरेर देखाउँछौँ हामी। नेपालमा बोल्ने, लेख्‍ने धेरै भए, अब गर्नेको पालो आएको छ।

# यसका संस्थापकहरू को-को हुन् र तिनको पृष्ठभूमि कस्तो छ ?
-> यसका संस्थापकहरू आ-आफ्ना क्षेत्रमा दक्ष विवेकशील नेपालीहरू हुन् । कोही उद्दमी हुन् भने कोही सामाजिक र राजनीतिक अभियानकर्ता । कोही विद्यार्थी त कोही डाक्टर – ईन्जिनियर, कोही किसान त कोही मजदुर साथीहरू । यसको नेतृत्व तपाईँको लागि पनि खुल्ला छ।

#) सक्नुहुन्छ त यो सिस्टम परिवर्तन गर्न ?
-> अहिले नगरे कहिले गर्ने त ? तपाईँ, हामीले नै नआँटे कसले गर्छ? हामी अवश्य सक्छौँ । जिम्मेवार नागरिक र जवाफदेही नेतृत्व मिलेर नै बनाउँछ शान्त समृद्ध नेपाल भन्ने कुरो हामीले गरेर देखाउँछौँ ।

#) के नेपालीले तपाईँलाई विश्वास गर्छन् त ?
-> विश्वास भनेको जित्ने हो, किनेर पाईँदैन। हामी गरेरै देखाउन कस्सिएका छौँ । हाम्रो कामले नै हामीलाई चिनाउँछ। हाम्रो काम हेरेर विश्लेषण गर्नुहोला। आउनुहोस् तपाई पनि, सँगै मिलेर विश्वास जितौँ ! (विस्तृत जानकारीको लागि हाम्रो वेबसाईट www.leadnepal.com हेरि रहनु होला।)


विवेकशील साझा पार्टी
भद्रपुर, झापा

Address

Bhadrapur

Alerts

Be the first to know and let us send you an email when Bibeksheel Sajha Party Bhadrapur विवेकशील साझा पार्टी भद्रपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bibeksheel Sajha Party Bhadrapur विवेकशील साझा पार्टी भद्रपुर:

Share