15/05/2026
आज विद्यालयमा SEE 2082 को नतिजापछि सफल विद्यार्थीहरूलाई बधाई तथा शुभकामना प्रदान गर्ने विशेष कार्यक्रम सम्पन्न गरियो। 🌸📚
यस वर्ष SEE परीक्षामा सहभागी कुल ९४ जना विद्यार्थीमध्ये ८७ जना विद्यार्थी सफलतापूर्वक उत्तीर्ण हुनुभएको छ। विद्यालयको कुल उत्तीर्ण प्रतिशत ९३% रहेको छ। 🎉
विद्यार्थीहरूको निरन्तर मेहनत, शिक्षकहरूको समर्पण तथा अभिभावकहरूको साथ र विश्वासकै परिणामस्वरूप यो उत्कृष्ट सफलता हासिल भएको हो। कार्यक्रममा सफल सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो। 💐✨
सम्पूर्ण सफल विद्यार्थीहरूलाई फेरि पनि धेरै धेरै बधाई। आगामी दिनहरू अझ सफल र उज्ज्वल बनून् भन्ने शुभकामना। 🌺