Hoàng Huy Hỗ Trợ Tài Chính

Hoàng Huy Hỗ Trợ Tài Chính Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hoàng Huy Hỗ Trợ Tài Chính, Public & Government Service, bardiya, Bardiya.

नेपालको लुम्बिनी प्रदेश को बर्दिया जिल्लामा पर्ने यो बाँसगढी नगरपालिका नेपाल सरकार(मन्त्रीपरिषद्) को मिति २०७१ साल मंसिर १६ गतेको निर्णयानुसार देशभरी गठन भएका ६१ नगरपालिकाहरू मध्ये एक नगरपालिका हो । साविक बेलुवा, मोतिपुर र डेउढाकला सहित ३ गाविस समाहित गरि यो नगरपालिकाको निर्माण भएको यो नगरपालिका बर्दिया जिल्लाको सदरमुकाम गुलरियाबाट २५ कि.मी. उत्तर पूर्वमा अवथिस्त छ र पूर्व पश्चिम राजमार्ग यस नगरपा

लिका बीच हुँदै गरुको छ ।पूर्वमा सल्यानको काप्रेचौर, मानखोला (बाँके ), पश्चिममा ग्याङ नदी (बार बर्दिया नगरपालिका), उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज र दक्षिणमा बढैया ताल गाउँपालिका सँग यो नगरपालिका जोडिएको छ । उत्तरमा केहि चुरे क्षेत्र र दक्षिणमा तराई रहेको यस नगरपालिकाको अन्य बिष्तृत विवरण देहाय अनुसार रहेको छ । नगरपालिकाको क्षेत्रफल २०६ वर्ग कि.मी.रहेको छ भने अक्षांश २८° १३’ उत्तर देखि २८° २४’ उत्तर सम्म, देशान्तर ८१° २५’ पूर्व देखि ८१° ४६’ पूर्व सम्म रहेको छ । डेउढाकला, मोतिपुर र बेलुवा तीनवटा गाविसलाई समायोजन गरी स्थापना गरिएको यस नगरपालिकामा साविकका तीनवटै गाविसको विं सं. २०६८ सालको जम्मा घरपरिवार ११,२१० र जनसंख्या ५५,८७५ रहेको थियो भने विं. सं २०७४ को घरधुरी सर्वेक्षणमा घरपरिवार र जनसंख्या बढेर क्रमशः १३,२७२ र ६३,२८७ पुगेको छ । २०६८ देखि २०७४ सम्मको जनसंख्यालाई विश्लेषण गर्दा जनसंख्याको वृद्धिदर २.२१ रहन गएको छ ।

ऐतिहासिक चिनारी तथा नामाकरण:-
बर्दिया जिल्लामा बर्दिया राष्टिय निकुञ्ज स्थापना हुनु पुर्व यहाँका थारु जातिमा ससुराली जाँदा सूपो लिनुपर्ने परम्परा रहेको थियो । सूपो बनाउन जंगलतिरबाट बाँस लिएर आई हाल बाँसगढी बजार क्षेत्रमा बसी बाँसको चोया बनाउने काम गरेकोले बाँसगढी नाम रहन गएको स्थानीय मानिसहरुको भनाई रहेको छ । त्यसैगरी यस नगरपालिकाको वडा नं. ५ मा पर्ने बाँसगढी गाउँमा पहिले बाँसको घारी रहेको हुँदा पछि गएर बाँसगढी हुन गएको एकाथरीको भनाई रहेको छ । यसैगरी रेउकुलो नामबाट चर्चित पुराने गीतमा बाँसगढी गाउँ भन्ने उल्लेख भएको हुँद यो ठाउँको नाम बाँसगढी हुन गएको भन्ने पनि भनाई छ ।

हावापानी :-
बाँसगढी नगरपालिका समुद्र सतह देखि १५४ मी. उचाइमा रहेको छ । यस क्षेत्रको हावापानी उष्ण मनसुनी देखि समशितोष्ण प्रकारको रहेको छ । वार्षिक सरदर वर्षा ११३० मि.मि. हुने गरेको यस नगरपालिका क्षेत्रको अधिकतम तापक्रम ४३ डीग्री सम्म पुग्ने गर्दछ भने न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियसमा झर्ने गर्दछ ।

भू–उपयोग:-
बाँसगढी न.पा.को अधिकांश खेतियोग्य जमीन समथर भएकोले माटोको वनावटमा धेरै समानता पाइन्छ । दोमट र चिम्टाइलो माटो पाईने यस नपामा उर्वर भुमिको प्रचुरताले गर्दा राम्रो कृषि उत्पादन भएको पाइन्छ । न.पा. को वार्षिक नगर विकास योजना २०७३।०७४ अनुसार कुल भुभाग मध्ये कृषियोग्य जमिन ४० प्रतिशत, वनजंगल ५० प्रतिशत, झाडी ३ प्रतिशत, घाँसे मैदान चौर ३ प्रतिशत, खोला खोल्सी पोखरी २ प्रतिशत, बगर बालुवायुक्त जमिन १ प्रतिशत र बाक्लो शहरी बस्ती १ प्रतिशत रहेको छ । धान, गहुँ, मकै, मसुरो, केराउ, तोरी, अरहर, मास, आलु, चना यस क्षेत्रको प्रमुख बाली हुन् ।

पर्यटकीय, सास्कृतिक र मनोरम स्थलहरू :-
बाँसगढी नगरपालिकामा विभिन्न खालका प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरु रहेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, चेपाङ्ग गाउँ, मन्दिर,चर्च तथा गुम्वा जस्ता सम्पदाहरु यस नगरपालिकाका पर्यटकीय क्षेत्रहरु हुन् । विभिन्न उत्सव र चाडपर्वमा मन्दिर आसपासका क्षेत्रबाट मानिसहरु आउने गर्दछन् । शिवरात्री, दशैं, माघे संक्रान्ती, चैते दशैं जस्ता चाडपर्वमा विषेशगरी यसक्षेत्रमा मानिसहरुको जमघट हुने गर्दछ । थारुजातिको मौलिक संस्कृतिले पनि यस क्षेत्रको विशिष्ट साँस्कृतिक पहिचान बोकेको छ । वडा नं. ५ मा अवश्थित केदारेश्वर धाम यस नगरपालिकाको प्रमुख साँस्कृतिक धरोहरका रुपमा रहेको छ ।

Address

Bardiya
Bardiya
21800

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779768241111

Alerts

Be the first to know and let us send you an email when Hoàng Huy Hỗ Trợ Tài Chính posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Hoàng Huy Hỗ Trợ Tài Chính:

Share