10/07/2024
आगामी दुइ देखि तिन दिन ( असार २७-२८-२९) को मनसुनी वर्षा को जोखिम कस्तो ?
१. मनसुनी न्युन चापिए रेखा लगभग आफ्नो नर्मल स्थान मा रहेको छ र एस्को पुर्बी टुप्पो भने पुर्बी नेपाल को नजिक तिर सर्ने संभावना बलियो भएकोले आगामी दुइ देखि तीन दिन लुम्बिनी, गण्डकी , बागमती, मधेस र कोशी प्रदेश का केहिभागमा भारी भन्दा भारी वर्षा को संभावना छ । अन्य ठाउँमा हल्जा देखि मध्यम वर्षा ।
२. भारत मौसम बिभाग ले बिहार देखि सिक्किम- पश्चिम बङाल मा भारी भन्दा भारी वर्षा को पुर्व सूचना को रेड अलर्ट जारी गरेको छ ।
३.ECMWF को मोडेल अनुसार कास्की , गोर्खा , तनहुँ, ओखलढुंगा, काभ्रे का अधिकान्स भाग मा बिहिवार र शुक्रबार भारी वर्सा को संभावना छ भने अन्य भाग मा ओअनि मध्यम वर्षा को सम्भावना देखिन्छ ।
४. सुदुर पश्चिम, कर्णाली प्रदेश मा भने वर्षा को हल्का देखि मध्यम सम्भावना आज राती देखि शनिबार सम्म ( बिच बिच मा रोकिने)
प्रभाव :धेरै नदि मा जलस्थर बड्ने, खहरे खोला को बाढी अनि मध्य पाहाडी भाग मा पहिरो र तराई डुवान अनि शहरी डुवान को सम्भावना पनि रहन सक्छ । सुदुर पश्चिम को कैलाली - कंचनपुर नजिक को भारतीय भुभाग मा भने भारी वर्षा हुँदै र हुने सम्भावना देखाएको छ ।
is near its normal position and eastern end likely to shift towards Nepal- northern side. Isolated Heavy rainfall is likely in next two to three days ( 11-13 july).
नेपाल बाढी सूचना Mfd Weather Forecast