राजन पौडेलको सचिवालय Rajan Paudel’s Secretariat

  • Home
  • Nepal
  • Bara
  • राजन पौडेलको सचिवालय Rajan Paudel’s Secretariat

राजन पौडेलको सचिवालय Rajan Paudel’s Secretariat प्रमुख
जीतपुरसिमरा उपमहानगरपालिका, बारा ।

18/08/2026
29/07/2026

४० वर्षीय पुरुषको २ वर्षअघि काठमाडौंमा गरिएको शल्यक्रियापछि जडान गरिएको इम्प्लान्ट (प्लेट/स्क्रु) हाम्रो जितपुरसिमरा नगर अस्पतालमा सफलतापूर्वक निकालिएको छ।

हाम्रो अस्पतालमा हालसम्म ५० भन्दा बढी अर्थोपेडिक तथा जनरल सर्जरीहरू सफलतापूर्वक सम्पन गरिसकेका छौ ।

हामीमाथि विश्वास गर्नुहुने सम्पूर्ण बिरामी तथा उहाँहरूका परिवारजनप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। तपाईंहरूको विश्वास र साथ नै हाम्रो प्रेरणाको मुख्य स्रोत हो। यस सल्यक्रिया सम्पन गर्ने चिकित्सक डा. नवनीत रौनियार
एम.एस. (अर्थोपेडिक्स)
हाडजोर्नी तथा ट्रमा विशेषज्ञ
वीर अस्पताल तथा राष्ट्रिय ट्रमा केन्द्र, काठमाडौं टिमलाई विशेष धन्यवाद दिन चाहान्छु ।

28/07/2026

आर्थिक वर्ष २०८२/८३ मा जीतपुरसिमरा उपमहानगरपालिकाले सञ्चालन गरेको घर–घरमा नगर अस्पताल कार्यक्रम मार्फत स्वास्थ्य सेवालाई नागरिकको घरदैलोसम्म पुर्‍याउने अभियान सफलतापूर्वक सञ्चालन गरियो।

यस कार्यक्रमअन्तर्गत उपमहानगरपालिकाका १७ वटा वडामा स्वास्थ्य सेवा प्रदान गर्दै १४,२४८ जना सेवाग्राही लाभान्वित हुनुभयो।

📊 सेवाग्राही विवरण
👩 महिला: ९,२०३ (६४.५७%)
👨 पुरुष: ५,०४५ (३५.४३%)

यी तथ्यांकहरू आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिएको कार्यक्रमको उपलब्धिलाई प्रतिबिम्बित गर्छन्। आगामी दिनहरूमा पनि गुणस्तरीय, सहज र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ।

📲 कार्यक्रमको विस्तृत प्रगति प्रतिवेदन हेर्न QR Code स्क्यान गर्नुहोस्।

#घरघरमा_नगरअस्पताल #स्वास्थ्य_सबैका_लागि

23/07/2026

जीतपुरसिमरा उपमहानगरपालिकाले वित्तीय अनुशासन, प्रभावकारी राजस्व व्यवस्थापन तथा सेवाप्रवाहमा सुधारमार्फत पछिल्ला पाँच आर्थिक वर्षमा आन्तरिक आयमा उल्लेखनीय वृद्धि हासिल गरेको छ।

✅ आर्थिक वर्ष २०७८/७९ मा रु. ११.८६ करोड रहेको आन्तरिक आय आर्थिक वर्ष २०८२/८३ मा बढेर रु. २७.४४ करोड पुगेको छ।

📊 ५ वर्षमा कुल वृद्धि: १३१.३३%

यो उपलब्धि जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण नगरवासीको साथ, सहयोग र विश्वासको प्रतिफल हो। आगामी दिनमा पनि सुशासन, पारदर्शिता र दिगो विकासलाई प्राथमिकतामा राख्दै समृद्ध जीतपुरसिमरा निर्माणमा हामी प्रतिबद्ध छौं।

16/06/2026

भू-उपयोग क्षेत्र बर्गीकरण सम्बन्धी सूचना ।

यस उपमहानगरपालिका अन्तर्गत १ देखि २४ नं वडाका साविक गाविस छातापिपरा, ईनर्वासिरा, डुमरवाना, पिपरा सिमरा, प्रस्टोका, फत्तेपुर डुमरवाना, फत्तेपुर, भवानीपुर जीतपुर, भोडाहा , मनहर्वा,रातोमाटे, रामपुर टोकनी को कित्ताकाट विवरण तल दिइएको लिङ्क वा QR Code मा हेर्न सकिनेछ।

लिङ्कः https://jeetpur-simara-bhu-upayog-kittagat.netlify.app/

28/05/2026

बकर ईद (ईद-उल-अधा) को पावन अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
त्याग, समर्पण, प्रेम र सद्भावको सन्देश बोकेको यस महान पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि तथा खुशीयाली ल्याओस् भन्ने शुभकामना व्यक्त गर्दछु।

ईद मुबारक। 🌙

घर घरमा नगर अस्पताल कार्यक्रमको भोलीको कार्यतालिका ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ र वडा नं. १८मितिः२०८३/०२/०८ गत...
21/05/2026

घर घरमा नगर अस्पताल कार्यक्रमको भोलीको कार्यतालिका ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ र वडा नं. १८
मितिः२०८३/०२/०८ गते शुक्रवार ।..
ा_नगर_अस्पताल

20/05/2026

तयारी कक्षा, भाषा शिक्षण, ट्युसन/कोचिङ्ग तथा छात्रावास दर्ता गर्ने सम्बन्धी सूचना ।

Address

Jeetpur
Bara

Alerts

Be the first to know and let us send you an email when राजन पौडेलको सचिवालय Rajan Paudel’s Secretariat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share