Anurag

Anurag art

15/07/2019
14/05/2019

हाईकु

सुन्दर ठाँउ
कुरुप मनसाय
लुट अगुवा ।

नेताको बोली
कस्लाई था छैन र?
हात्तिको दाँत ।

अर्थ के रैछ ?
देश द्रोहिलाई छ
गलामा माला ।

देशको जग
वीर पू्र्खाहरुको
रक्त पसिना

12/05/2019

कस्ले भन्छ यो जनतामा परानी छैन भनेर
कस्ले भन्छ यो देशमा राजा रानी छैन भनेर

पोहोर वाढिले तराई डुब्यो, अब देशनै जोखिममा छ
कस्ले भन्छ यो देशमा पानी छैन भनेर

भएका गएका मन्त्री पर्खेकाको सान हेर्दा
कस्ले भन्छ यो देशमा सुन खानि छैन भनेर।

करोडौं अरबौ दिन्छन् कथित त्यहि चुनावमा
कस्ले भन्छ यो देशमा दाता दानी छैन भनेर ।

01/09/2018

मुखमा पट्टि होईन, किला ठोक्ने अनौठो बिचार आउछ;
हिटलर, जङे हरुत मरिसके, याद गर्नोस् यहा सरकार आउछ ।

बिकास र समृधी बढाउछु भन्नेहरु, कहा होलान् अचेल ?
खल्ती भरेरै जानोस, सय तिर्ने को हिसाब हजार आउछ ।

मेरो गाउ शोक मा छ बस्ती बगेको छ,
ए मेरो सरकार भन्छु;
दुई थान उखान, एक थान गोलि उपहार आउछ।

महाभारत पनि कहाँ हुन्थ्यो र रचाईएको हो;
त्यो कुर्सी तिर हेर्छु सकुनी दुर्योधनको जस्तै अनुहार आउछ।

08/01/2018

आज हरदिन आफ्नै खुशी मार्दै छ मान्छे
जित्न खोज्छ तर पल पल हार्दै छ मान्छे

यो कस्तो परिबन्ध को बाच्छ र आफ्नै लागि
एक एक गरि आफन्तीकै खुसी तार्दै छ मान्छे

जे नहुनु त्यही हुन्छ केही गर्छु भन्दा पनि
आफ्नै प्रगति लाई सार्दै सार्दै छ मान्छे

नयाँ सोच र परिवर्तन का पचाउछ यो समाज ले
आफ्नै इच्छा हरु लाई नि बार्दै छ मान्छे

04/01/2018

रोमान्टिक गजल

धेरै भयो सपनिमा, आइसिन्न हजुर
सपनिमै मिठाे प्रित लाईसिन्न हजुर ।

जोड घटाउ गर्दा कहि, हिसाब मिलेन कि?
फोन गर्दानि आजकाल चुम्मा खाईसिन्न हजुर।

लत पल-पल भेट्ने, थियो नि हजुर को
बोलाउदानी भेट्न चाहिसिन्न हजुर ।

अघायो कि त्यो मन, रितियो कि योवन
प्रितको मादल बजाउदानि गाइसिन्न हजुर ।

यो माया को हिसाब, बडा अनौठो छ
न घाटा मुनाफा पाईसिन्न हजुर ।

21/11/2016

जो आउनेछ मलाई लिएरै जानेछ;
म बिनाको संसार दिएरै जानेछ ।

पलाएको छ जो दिलमा तिम्रो;
विस्तारै बिस्तरै खिएरै जानेछ ।

-अनुराग राजा

Address

Bajura

Telephone

+9779849148123

Website

Alerts

Be the first to know and let us send you an email when Anurag posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Anurag:

Share

Category