L.B Rawal

L.B Rawal Official Page: L.B Rawal (Lal Bdr. Rawal) Political leader of CPN UML
Ex Member of Legislature Parliament (Bajhang-2 )

14/04/2026

नयाँ वर्ष २०८३साल को पावन अवसरमा देश-बिदेश रहनु भयका सम्पूर्ण आदरणीय जेष्ठ नागरिक ,दाजुभाइ- दिदीबहिनी, बालबच्चा ,ईष्ट-मित्र, शुभ-चिन्तक, राष्ट्रसेवक, समाजसेवी- जनप्रतिनिधिज्यूहरू लाई नववर्षको हार्दिक मंगलमय शुभ कामना एवं सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना ब्यक्त गर्दछु।
एल-बी-रावल बझाङ

17/12/2025
शुभ-बिहानी सबैलाई हार्दिक अभिवादन सहित नेकपा एमालेको ११औं महाधिवेशन का सम्पूर्ण आदरणीय प्रिय प्रतिनिधि मतदाताज्यूहरूलाई ...
17/12/2025

शुभ-बिहानी सबैलाई हार्दिक अभिवादन सहित
नेकपा एमालेको ११औं महाधिवेशन का सम्पूर्ण आदरणीय प्रिय प्रतिनिधि मतदाताज्यूहरूलाई मेरो उम्मेदवारी रहेको सुदूरपश्चिम भूगोल खोलातर्फ १ नंवर एल.बी.रावल भएको ठाउँमा मतदान गरिदिन हुन हार्दिक शादर अनुरोध गर्दछु।

17/12/2025

म कम्युनिस्ट कसरी भए !
बझाङ जिल्लाको थलारा माध्यमिक विद्यालय थलाराकाेटमा २०३२साल देखि २०३६ सालसम्म अध्ययन अध्यापन गर्दै गर्दा त्यहाँ कै स्थानीय थलारा बिष्खेत निवासी आदरणीय गुरू जनकराज जोशी केहि समय सम्म प्र• अ•भै अंग्रेजी विषय पढाउने सर(शिक्षक) हुनु हुन्थ्यो। उहाँकै पहल नेतृत्वमा थलारा खोली बजारमा खप्तड पुस्तकालयको स्थापनाभएको थियो।केहि समय सम्मको लागी मलाई त्यस पुस्तकालयलाई दिउँसो र बेलुका स्कुलबाट बिदा-छुट्टी भयको समयमा पुस्तकालयमा रहेका सबै किताबहरूको अध्ययन गर्ने अवसर हुने गरी पुस्तकालय खोल्ने बन्द गर्ने जिम्मेवारी सर बाट प्राप्त भएको थियो। उक्त पुस्तकालयमा अधिकांश माक्सबादी सम्बन्धि -लेनिन,एङगेल्स, माओत्सेतुङ र किम्ईल्सुङ बाट लेखिएका पुस्तकहरू बिशेष अध्ययन गरिन्थ्यो। २०३६साल मा थलारा माध्यमिक विद्यालयबाटअखिल को प्रतिनिधित्व गर्दै सत्यवादी माध्यमिक विद्यालयको छात्रवास को पूर्ब छेउको कोठामा आदरणीय सर गगनजंग बहादुर सिंहज्यू को सहयोग लिएर जिल्लाका सबै मा बि बाट प्रतिनिधि भै आएका ९ जना बिध्यार्थीहरू बिच अखिलको कमिटी गठन भै सदस्य भयको थिए। महेन्द्रनगर बिज्ञान क्याम्पसमाअध्ययन गर्दा बझाङका धेरै बिधार्थी मध्ये हामी दुई जना म र गोविन्द दहाल (दंगाजी) मात्र अनेरास्वबियुमा सक्रीय भै कार्यरत थियौ । Bachelor अध्ययन गरि सके पछि २०४३सालको स्थानीय चुनावमा बहुदलबादी र कम्युनिष्टहरूले समेत भाग लिने रणनितिक अनुरूप आदरणीय दाई संकर खड्का ,बल बहादुर रोकाया र मा.मान प्रसार खत्री को बिशेष आग्रह र सल्लाह सहयोगले बझाङ जिल्लाको थलारा ईलाका बाट जनपक्षिय उम्मेदवार भै जिल्ला सदस्य ( क्षेत्रपाल)पदमा अत्यधिक बहुमतले बिजय भए।त्यसै समयावधिमा २०४६|०४७ सालको जनआन्दोलन र परिवर्तनको पक्षमा सहयोगीकोभूमिका निभाउने हामी दुई जना जिल्ला सदस्य ( म र चित्र ब मल्ल) थियौ। २०४७साल देखि हालसम्म माले- एमाले हुदै निरन्तर अविचलित कुशल संगठकको रूपमा कार्यरत छु।नेकपा माले बझाङको डिपीएजीको सदस्य हुदै नेकपा एमाले जिल्ला कमिटी सदस्य ३ पटक , उपसचिव २पटक , अञ्चल समन्वय कमिटी सदस्य २पटक , प्रदेश कमिटी हुदै हाल केन्द्रीय सल्लाहकार परिषद सदस्य छु। राजकीय पदमा- २०५१ सालमा नेपाल सरकारले सुदूरपश्चिम क्षेत्रबाट एकजना मलाई राष्ट्रिय सहकारी बिकास बोर्डको सदस्यमा मनोनीत गरिएको थियो।त्यसको अध्यक्ष कृषि मन्त्री र कार्यकारी सह अध्यक्ष गोपाल शाक्य हुनु हुन्थ्यो।२०५४ साल नेकपा एमाले तर्फ बाट बझाङ जिल्ला बिकास सदस्य भै काम गरेको छु । २०७०सालको दोस्रो संविधानसभा मा नेकपा एमालेतर्फ बाट बझाङ जिल्ला क्षेत्र नं २ मा पहिलो पटक निर्वाचित भएर संविधानसभा सदस्य हुन पाए। पार्टीको स्थापनाकाल देखि नेपालको पटक पटक को लोकतान्त्रिक आन्दोलन र संघर्षबाट स्थापित संविधानसभाको पनि दोस्रो पटक भएको निर्वाचित संविधानसभाका सदस्यहरूबाट समावेशीय संघिय लोकतान्त्रिक गणतन्त्र सहितको ब्यवस्था संविधानसभाबाट संविधान निर्माण भै जारी गर्न सफल भयौ।

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनलाई   भब्य-सभ्यताकासाथ  शु-सम्पन्न गर्न देशै भरि र विदेश प्रवास बाट पाल्नु भएका मह...
15/12/2025

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनलाई
भब्य-सभ्यताकासाथ शु-सम्पन्न गर्न देशै भरि र विदेश प्रवास बाट पाल्नु भएका महाधिवेशनका सम्पूर्ण प्रतिनिधि आदरणीय प्रिय कमरेडहरू हार्दिक अभिवादन।
L.B Rawal
एल.बि रावल अभियान

09/09/2025

यही भाद्र २३ गते जेन-जी समूहले भ्रष्टाचार बिरोधी नारा,सूचना प्रबिधिको हक-प्रयोग सम्बन्धि माग गर्दै संचालन गरिएको शान्तिपूर्ण जुलुसमा केहि घुसपैठ ब्यक्तीहरू र सुरक्षाकर्मीहरूको दोहोरो भिडन्त प्रहारबाट हुन गयको धनजनको क्षेती प्रति गहिरो दु:ख प्रकट गर्दछु ।शहादत मृतकहरूप्रति भावपूर्ण श्रध्दाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु साथै घाइते बिमारीहरूको शिघ्र स्वास्थ्य उपचारको उचित ब्यवस्था र मृतकहरूको अबिलम्ब उचित क्षतिपूर्ति दिन नेपाल सरकार संग जोरदार माग गर्दछु।

त्यसैले हामी सबैले सधै बुझिरहनुपर्ने-
संसारकै ईतिहास निर्माता जनता नै हुन। जनताले नेता बनाउने - नेताले जनता र मात्रृभूमिको हित हुने गरी विधिनिति,कानून बनाउने र देशमा शान्ती सुरक्षा-कायम गर्नेविकास,सुख समृध्दी ल्याउन निस्स्वार्थ भै मुलुक को लोकतान्त्रिक समाजवाद उन्मुख प्रणालीलाई निरन्तर सबै जनताले न्यायोचित सुशासनको अनुभूत हुने गरी शासन ब्यबस्था संचालन गर्ने ब्यक्तीहरू सधै नैतिक, ईमान्दार , बुध्दि-क्षेमतावान हुनु आबस्यक छ भनि बुझि राख्नु पर्छ।
जेन-जी समूहले उठाएका जायज मागहरू शान्तिपूर्ण जुलुस ठिक थियो तर त्यस पछि हुनगएका घटनाहरू दु:खदायि पिडादायक भए- ब्यक्ती हत्या ,सार्वजनिक सम्पती,सम्पदा भवनहरू जलाउने,ध्वस्त गर्ने अभियान-राष्ट र आमजनताको हितमा हुँदैन त्यसैले यस संकटघडीमा सबैलाई संयम-धैर्यताको बिशेष कामना ब्यक्त गर्दछु।

23/08/2025

नेपालका राष्ट्रिय बिभूति तथा एकप्रथम युगपुरूष मानवतावादी राजा जयपृथ्वी बहादुर सिंह को १४९औं जन्मजयन्तीको उपलक्ष्यमा भावपूर्ण श्रध्दासुमन अर्पण गर्दै ,उहाँको यो मानवतावादी बिचार-बिश्वब्यापी मार्गदर्शन अभियानको माध्यम बाट हामी सबै नेपालीहरूको एक उच्च पहिचान एवं सिङ्गो मानवजगतलाई नै एकशुत्रमा बाधी, बन्धुत्वको भावना -प्रेरणा प्रदान गरेको छ ।यस बिचारको चर्चा गर्नु ,ब्यबहारमा उतार्नु ,आजको हाम्रो कर्तव्य नै हो ।

23/08/2025

पुज्ये बुवाज्यू स्व•पठान रावलको प्रतिमूर्ति चरणमा भावपूर्ण श्रध्दान्जली अर्पण गर्दछु !आज कुशे औशी (बुवाको मुख हेर्ने दिन )पुण्य अवसरको दिनमा पितृ पुर्खाहरूले अनुशरण गर्दैआएको हितकारी मानवसेवा सद्मार्गको सपना साकार पार्न प्रतिबध्द रहने प्रण गर्दछु!

Address

Bajhang
Bajhang

Telephone

+9779851324699

Website

Alerts

Be the first to know and let us send you an email when L.B Rawal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category