District Police Office, Baitadi

District Police Office, Baitadi Welcome to District Police Office, Baitadi Official page. For Emergencies, Dial 100 for Police Support.

Phone No.- 095520199, 9858752103
Duty Officer-9858783100
Email: [email protected]
Website:https://sudurpashchim.nepalpolice.gov.np

***** साप्ताहिक निरीक्षण कार्यक्रम सम्पन्न *****आज मिति २०८३।०२।१८ गते यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्ष...
01/06/2026

***** साप्ताहिक निरीक्षण कार्यक्रम सम्पन्न *****
आज मिति २०८३।०२।१८ गते यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपक कुमार राय ज्युले यस कार्यालयको आन्तरिक तथा बाह्य तर्फ र प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउटको निरीक्षण गर्नु भई उपस्थित सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई समसामयिक बिषयमा आवश्यक निर्देशन समेत दिनु भएको केही झलकहरु.............।

******सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न******तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन ...
29/05/2026

******सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न******

तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल, काठमाडौंको पत्र आदेशानुसार मिति २०५३।०२।१४ गते प्रहरी जवान पदमा नयाँ नियुक्ति भई संगठनबाट सुम्पिएको जिम्मेवारी निष्पक्ष, निर्भिक तथा पूर्ण इमान्दारिता साथ निर्वाह गरी यस गौरवमय संगठनबाट प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम १२७ को उपनियम १ (घ) बमोजिम ३० बर्षे सेवा अवधिको आधारमा अनिवार्य अवकास भई जान लाग्नु भएका पूर्व प्राविधिक प्रहरी निरीक्षक बलदेब बडू ज्यूले सेवामा रहँदा पुर्‍याउनु भएको योगदानको उच्च प्रशंसा गर्दे सेवा निवृत्त पश्चातको बाँकी व्यक्तिगत, पारिवारीक तथा सामाजिक जीवनमा सफलताको कामना सहित यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपक कुमार राय ज्यूले खादा फुलमाला, मायाको चिनो र प्रशंसा-पत्र प्रदान गरी स-सम्मान बिदाई गर्नु भएका केही झलकहरु.......................................।

23/05/2026
जिल्ला बैतडी दशरथचन्द नगरपालिका–४ गोठलापानीस्थित जिल्ला जनस्वास्थ्य कार्यालय परिसरभित्र रहेको जस्तापाताको स्टोरमा आगलागी...
17/05/2026

जिल्ला बैतडी दशरथचन्द नगरपालिका–४ गोठलापानीस्थित जिल्ला जनस्वास्थ्य कार्यालय परिसरभित्र रहेको जस्तापाताको स्टोरमा आगलागी भएको भनि जानकारी प्राप्त हुना साथ आगो नियन्त्रणका लागि जि.प्र.का.बैतडी बाट प्र.नि.सुरज सिहंको कमाण्डमा २५ जनाको टोली, नेपाली सेना तथा सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन भई आगो नियन्त्रण गरिएको................................

***** यस कार्यालय  तथा मातहत समेतबाट वैशाख महिनामा सम्पादित काम कारवाही तथा गतिविधिहरूको विवरण*****
16/05/2026

***** यस कार्यालय तथा मातहत समेतबाट वैशाख महिनामा सम्पादित काम कारवाही तथा गतिविधिहरूको विवरण*****

फरार कैदी पक्राउ.......।
16/05/2026

फरार कैदी पक्राउ.......।

बैतडी, जेष्ठ ०१ गते ।यस पवित्र प्रहरी संगठनमा मिति २०५३।०२।०१ गते प्रहरी जवान पदमा नियुक्ति भई प्रहरी संगठनबाट सुम्पिएको...
15/05/2026

बैतडी, जेष्ठ ०१ गते ।
यस पवित्र प्रहरी संगठनमा मिति २०५३।०२।०१ गते प्रहरी जवान पदमा नियुक्ति भई प्रहरी संगठनबाट सुम्पिएको जिम्मेवारी निष्पक्ष, निर्भिक तथा पूर्ण ईमानदारीका साथ निर्वाह गरी यस गौरवमय संगठनबाट प्रहरी नियमावली २०७१ ( संसोधन सहित) को नियम १२७ को उपनियम १ “घ” बमोजिम सेवा अवधिको आधारमा अनिवार्य अवकास भई जान लाग्नु भएका पुर्व प्रहरी नायव निरीक्षक नरेन्द्र बहादुर चन्दज्यू लाई यस कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक सुरज सिंह ज्यूले खादा फुलमाला र मायाको चिनो प्रदान गरि बिदाई गर्नुका साथै उपस्थित सम्पुर्ण प्र.क.हरुलाई अमुल्य निर्देशन दिनु भयो ।
कार्यक्रममा अवकाश हुनु भएका पुर्व प्रहरी नायव निरीक्षक नरेन्द्र बहादुर चन्दले आफू वर्दीबाट टाढा भए पनि प्रहरी संगठनको माया कहिल्यै कम नहुने बताउदै प्रहरी सेवामा रहँदाको जिम्मेवारी र अनुभव सहितको विदाई मन्तव्य राख्नु भएको थियो । केहि झलकहरु........

Address

Dpobaitadi_admin@nepalpolice. Gov. Np
Baitadi

Alerts

Be the first to know and let us send you an email when District Police Office, Baitadi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office, Baitadi:

Share