07/07/2026
🚨 सावधान! 🚨
आज गल्छी गाउँपालिका–६ अन्तर्गत काप्राबोट स्थित तिलक बहादुर भण्डारीको घरमा दुई जना अपरिचित व्यक्ति मोटरसाइकलमा आएका थिए। उनीहरूले "हजुरहरूको घरजग्गा बेच्नु छ" भन्दै कुरा गरे।
घरकी आमाले उनीहरूको कुरा विश्वास गरी बारी देखाउन जानुभयो। एक जनाले आमालाई बारि तिर लगेर विभिन्न ठाउँको फोटो खिच्दै अल्मल्याइरहेका बेला अर्का व्यक्तिले घरभित्र प्रवेश गरी केहि नगद चोरी गरी फरार भएको जानकारी प्राप्त भएको छ।
जाँदा उनीहरूले "हामी फेरि आउँछौँ, घरमा सल्लाह गरेर राख्नुहोस्" भन्दै हिँडेका थिए। पछि घर फर्केर हेर्दा सामानहरू छरपस्ट पारिएको र नगद चोरी भएको थाहा भएको हो। हाल ती व्यक्तिहरू फरार रहेका छन्।
🙏 सबैमा अनुरोध:
अपरिचित व्यक्तिको कुरा सजिलै विश्वास नगर्नुहोस्।
अपरिचित व्यक्तिसँग घर खाली छोडेर बाहिर नजानुहोस्।
घरमा वृद्धवृद्धा वा महिला मात्र भएका बेला विशेष सावधानी अपनाउनुहोस्।
कुनै शंकास्पद व्यक्ति वा गतिविधि देखिएमा तुरुन्तै नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउनुहोस्।