Shree Tribhuvan Model Secondary School

Call Website Contact the organization

Shree Tribhuvan Model Secondary School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Tribhuvan Model Secondary School, Public & Government Service, बडिगाड गाउँपालिका २, खर्बाङ, बागलुङ, Baglung.

श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय बागलुङ पश्चिममा अवस्थित नमुना विद्यालय हाे। करिव १२ सय विद्यार्थिले नियमित अध्ययन गर्ने यस विद्यालय जिल्लाकै हाेंचाे ठाउँ खर्वाङमा अवस्थित छ। दरम र बडिगाडकाे संगममा रहेकाे शैक्षिक केन्द्रमा तपाइलाइ हार्दिक स्वागत छ।

यस श्री त्रिभुवन नमुना मावि बडिगाड २, खर्वाङ, बागलुङमा कक्षा ०-७ सम्मको दोस्रो त्रैमासीक परीक्षा २०८३ को नतिजा प्रकाशन त...
13/10/2026

यस श्री त्रिभुवन नमुना मावि बडिगाड २, खर्वाङ, बागलुङमा कक्षा ०-७ सम्मको दोस्रो त्रैमासीक परीक्षा २०८३ को नतिजा प्रकाशन तथा विश्लेषण कार्यक्रम सम्पन्न भएकाे छ।
मिति २०८३ असाेज २७ गते

आदरणिय चन्दादाता/सहयोग दाता महानुभावहरु,  विषयः दानबोल भएको सहयोग रकम भुक्तानी गरिदिनुहुन।  आउँदै गरेको नेपालीहरुको महान...
08/10/2026

आदरणिय चन्दादाता/सहयोग दाता महानुभावहरु,

विषयः दानबोल भएको सहयोग रकम भुक्तानी गरिदिनुहुन।

आउँदै गरेको नेपालीहरुको महान् सांस्कृतिक पर्व विजयादशमी तथा शुभ दिपावली २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यस श्री त्रिभुवन माध्यमिक विद्यालयको सर्वाङ्गीण विकास तथा श्रीवृद्धिको लागि हिरक महोत्सवको ऐतिहासिक अवसरमा (मिति २०८२ मंसिर २१ देखि २८ गतेसम्म) सम्पन्न भएको ‘श्रीमद्भागवत धन–धान्याचल सप्ताह ज्ञान महायज्ञ’ मा यहाँबाट पवित्र भावनाका साथ उद्घोष (दान) गर्नुभएको आर्थिक सहयोगका लागि विद्यालय परिवार हार्दिक कृतज्ञता ज्ञापन गर्दछ।
यस सन्दर्भमा, मिति २०८३ श्रावण २४ गते बसेको विद्यालय व्यवस्थापन समिति एवं सरोकारवालाहरुको संयुक्त बैठकको निर्णयबमोजिम विद्यालयको ऐतिहासिक ‘हीरक स्मारिका’ प्रकाशनको चरणमा रहेको जानकारी गराउँदछौं। अतः स्मारिका प्रकाशन कार्यलाई समयमै सम्पन्न गर्नका लागि यहाँले प्रतिवद्धता जनाउनुभएको र भुक्तान गर्न बाँकी रहेको सहयोग राशि यथाशीघ्र उपलब्ध गराई यस पवित्र अभियानलाई सार्थक बनाइदिनुहुन विनम्र अनुरोध गर्दछौं।
विद्यालयको श्रीवृद्धिमा यहाँको निरन्तर सद्भाव र सहयोगको अपेक्षासहित !
...............................
ढालमणि भण्डारी
प्रधानाध्यापक
सदस्य सचिव मुल समारोह समिति
पुनश्चः (भुक्तानीका लागि बैंक खाता विवरण):
यहाँले उक्त सहयोग रकम विद्यालयको तल उल्लेखित बैंक खातामा जम्मा गरी सोको भौचर विद्यालय प्रशासनमा उपलब्ध गराइदिनुहुन वा सिधै विद्यालयमा बुझाई सहयोग गरिदिनुहुन अनुरोध छ।
बैंकको नामः प्रभु बैंक
खातावालाको नामः श्री त्रिभुवन माध्यमिक विद्यालय
खाता नम्बरः ३७५०१२०१९५००००१०
शाखाः खर्वाङ शाखा

हार्दिक बधाइ!
07/10/2026

हार्दिक बधाइ!

📢 अत्यन्त जरुरी सूचना !! 📢आदरणीय अभिभावक, शिक्षक तथा प्यारा विद्यार्थी भाइबहिनीहरू,जल तथा मौसम विज्ञान विभागबाट जारी भार...
24/09/2026

📢 अत्यन्त जरुरी सूचना !! 📢
आदरणीय अभिभावक, शिक्षक तथा प्यारा विद्यार्थी भाइबहिनीहरू,
जल तथा मौसम विज्ञान विभागबाट जारी भारी वर्षा, चट्याङ र हावाहुरीको चेतावनी तथा बडिगाड गाउँपालिकाको निर्देशनानुसार प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै विद्यालय प्रशासनले निम्नानुसार निर्णय गरेको ब्यहोरा जानकारी गराइन्छ:
❌ विद्यालय बिदा: मिति २०८३ असोज ०९ गते (भोलि) विद्यालयमा पूर्ण रूपमा बिदा रहनेछ।
विद्यालय पुनः मिति २०८३ असोज १२ गते साविक बमोजिम खुल्नेछ।
📝 कक्षा ११ र १२ को परीक्षा सम्बन्धी: असोज ०९ गते हुने भनिएका सम्पूर्ण परीक्षाहरू मिति २०८३ असोज १३ गते सोही समयमा हुनेछन्।
असोज १२ गतेको परीक्षा भने पूर्वनिर्धारित तालिका अनुसार सोही दिन (१२ गते नै) सञ्चालन हुनेछ।
🌱 बालिविज्ञान तर्फको परीक्षा: असोज ०९ र ११ गते स्थगित गरिएका परीक्षाहरू आगामी मिति २०८३ असोज १४ गते सञ्चालन हुनेछन्।
⚠️ विशेष अनुरोध: मौसम अत्यन्त प्रतिकूल रहने सम्भावना भएकाले सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलाई घरमै सुरक्षित रहन, बाढी-पहिरो र नदी किनार क्षेत्रमा नजान तथा सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछौं।
"बाढी तथा प्राकृतिक विपद्को जोखिमबाट बचौं र बचाऔं।"
– विद्यालय प्रशासन 🏛️

जन्मदिनकाे भव्य शुभकामना!
21/09/2026

जन्मदिनकाे भव्य शुभकामना!

जन्मदिनकाे भव्य शुभकामना! Mina Ban Giri
11/09/2026

जन्मदिनकाे भव्य शुभकामना!
Mina Ban Giri

राष्ट्रिय सेवा दल NCC (National Cadet Corps) काे १०० दिने तालिम मध्य विद्यालयमा हुने ७९ दिने तालिमकाे आज औपचारीक उद्घाटन...
23/08/2026

राष्ट्रिय सेवा दल NCC (National Cadet Corps) काे १०० दिने तालिम मध्य विद्यालयमा हुने ७९ दिने तालिमकाे आज औपचारीक उद्घाटन भएकाे छ। कार्यक्रममा उपस्थित हुनुहुने बडिगाड गाउँपालिकाका अध्यक्ष श्री गण्डकी थापा अधिकारी, कालिजंग गण घाेंडाबाँधेका सेनानी श्री किरण थापा लगाएत उपस्थित तपाइ सबैलाइ धन्यवाद! प्रिय विद्यार्थीहरूले उत्कृष्टता हासिल गरून्, शुभकामना!
मिति २०८३ भाद्र ०७ गते

पेशागत दक्षताका लागि शिक्षकहरूका लागि तालिम, छलफलहरू निरन्तर विदाकाे दिनकाे भरपुर उपयाेग गर्दै भैरहेका छन्। यसै मध्येका ...
23/08/2026

पेशागत दक्षताका लागि शिक्षकहरूका लागि तालिम, छलफलहरू निरन्तर विदाकाे दिनकाे भरपुर उपयाेग गर्दै भैरहेका छन्। यसै मध्येका आजकाे कार्यक्रम। उद्घाटनमा समय व्यवस्थापन गरिदिनुभएकाेमा बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, वडाध्यक्ष ढालप्रसाद शेरचन लगाएत विद्यालय व्यवस्थापन समिति लगाएत सम्बद्ध सबैलाइ धन्यवाद व्यक्त गर्दछाैं।

छनाैटमा परेका सबै क्याडेटहरूकाे तालिम सुरू अर्थात १०० दिने NCC तालिमकाे उद्घाटन कार्यक्रम मिति २०८३ भाद्र ०७ गते अाइतवार...
21/08/2026

छनाैटमा परेका सबै क्याडेटहरूकाे तालिम सुरू अर्थात १०० दिने NCC तालिमकाे उद्घाटन कार्यक्रम मिति २०८३ भाद्र ०७ गते अाइतवार, विहान ८ बजे विद्यालयमा हुने भएकाे तथा कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष ज्यू, कालिजंग गण घाेडाबाँधे व्यारेक प्रमुख सहितकाे सहभागिता रहने जानकारी गराउँदै, साे कार्यक्रममा उपस्थित भइ सहभागिता जनाइ हाैसला दिनुहुन विद्यालय सम्बद्ध विभिन्न समिति, उपसमितिमा रहनुभएका शिक्षाप्रेमि व्यक्तित्वहरू, क्याडेट विद्यार्थीका अभिभावकहरू एवं सम्बद्ध सबैमा हार्दिक निमन्त्रणा गर्दछाैं।
विद्यालय प्रशासन

Address

बडिगाड गाउँपालिका २, खर्बाङ, बागलुङ
Baglung

Alerts

Be the first to know and let us send you an email when Shree Tribhuvan Model Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shree Tribhuvan Model Secondary School:

Shortcuts

Share