16/10/2014
पीएसको परीक्षाफल
सार्वजनिक ३ हजार ६६३
परीक्षार्थी उत्तिर्ण
सालिकराम चालिसे ,काठमाडौँ दक्षिण कोरिया सरकारले रोजगार
अनुमति प्रणाली इपीएस अन्तरगत
लिएको भाषा परीक्षाको परीक्षाफल बुधबार सार्वजनिक भएको छ ।
परीक्षामा ३ हजार ६६३ परीक्षार्थी उत्तिर्ण भएका छन् । जसमा औद्योगिक क्षेत्रतर्फ २ हजार ७६८ र कृषि क्षेत्र अन्तरगत ८९५जनन उत्तिर्ण भएका हुन् ।भाषा परीक्षा असोज १० र ११ गते लिइएको थियो । ६२ हजार ५१४ जनाले
आवेदन दिएकोमा ५८ हजार ७७० लेभाषा परीक्षा दिएका थिए ।भाषा परीक्षामा पास भएकाहरुको स्कील
टेष्टमा सहभागी हुन पाउनेछन् ।
भाषा परीक्षामा पास भएकाहरुको स्वास्थ्य परीक्षण तथा रोजगार आवेदन फारम भर्ने सम्वन्धी सूचना कात्तिक २० गते प्रकाशित गरिने बताइएको छ ।स्कील टेष्टको सुचना कात्तिक २६ गते प्रकाशित हुने बैदेशिक रोजगार विभाग, इपीएस कोरिया शाखाले जानकारी दिएको छ।