04/06/2026
बाँसखर्क मौरीपालन कृषक समूहलाई धेरै धेरै धन्यवाद छ ।
पाँचपोखरी थाङपाल गाउँपालिकाले मौरी पालन सम्बन्धि युवाहरुलाई तालिममा छ्नोट गरि पठाएको थियो तालिम पश्चात ३ जना युवाहरुलको नेतृत्वमा मौरीपालन कृषक समूह स्थापना गरि मौरीपालन व्यवसाय शुरु गर्नु भएको छ । जहाँ मौरी घारको निर्माण आदि कार्य यहीँ गर्ने गरेको पाईयो अन्य जिल्लाका मौरी फार्महरुले पनि यहिबाट स्रोतको रुपमा मौरी लाने गरेको समुहका अध्यक्षले जानकारी दिनु भयो । यस आर्थिक वर्ष मात्रै सिन्धुपाल्चोक जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा मात्र 160 भन्दा बढी मौरी सहितको घार विक्री वितरण गर्नु भएको छ भने अन्य जिल्लाहरुमा समेत निर्यात हुने गरेको छ । कृषक समूह टिमलाई धन्यवाद 🌿🌿