26/02/2026
बिबिसी डकुमेन्ट्रीले सबै कुरा लुकाएर गोली चलेको दृश्य मात्रै देखाएको छ। टिओबी टिसर्ट लगाएर परिचालित भएका दलाई लामाका अनुयायीहरू उसको डकुमेन्ट्रीमा देखाइएका छैनन्। पानी वितरण गर्ने नाममा मान्छे उक्साउँदै बुलेट बाईक चढेर हिँडिरहेका कालो मास्कधारी बारबारा फाउण्डेशनका मानिसहरू पनि उसको डकुमेन्ट्रीमा देखाइएका छैनन्। कर्फ्यु आदेश लागेपछि घर फर्किनका लागि प्रहरीले हात जोडेर पटक–पटक माइकिङ गरेको दृश्य पनि उसको डकुमेन्ट्रीमा देखाइएका छैनन् । काठमाडौं महानगरपालिका भित्रका स्कुलहरूले बिदा दिएर घर बस्न भनेका विद्यार्थीहरूलाई सडकमा उतारिएको कुरा पनि उसको डकुमेन्ट्रीमा देखाइएका छैनन् । संसद भवनको सुरक्षार्थ बसेका सानो संख्यामा रहेका प्रहरीहरू माथी प्रदर्शनकारीहरूले असिना झैँ बर्साएको ढुंगाले लागेर रक्ताम्य भएको दृश्य पनि डकुमेन्ट्रीमा देखाइएका छैनन्। बेल्चा, घन र इलेक्ट्रोनिक करौती बोकेर संसद भवनको गेट रेटिरहेका, ठोकिरहेका देशद्रोहीहरू पनि उसको डकुमेन्ट्रीमा देखिएका छैनन्। नेपालको सुरक्षा निकायलाई कमजोर सावित पारेर असली हत्याराहरु लाई जोगाउने उद्देश्यबाट प्रेरित बिबिसीको डकुमेन्ट्रीले चुनावको मुखमा स्वेदश भन्दा विदेशकै सेवा गरेको स्पष्ट देखिन्छ।
जय नेपाल!!