12/04/2026
नेपाली राजदूतावास टोकियो ,NRNA NCC Japan, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान, सेन्दाइ क्षेत्रीय समन्वय परिषदको संयुक्त आयोजनामा सेन्दाइमा तेस्रो घुम्ती कन्सुलर सेवा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा हामी अत्यन्त खुशी, गर्व र आत्मसन्तुष्टि महसुस गरेका छौं।
विशेषगरी तोहोकु क्षेत्रमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस कार्यक्रमले प्रत्यक्ष रूपमा ठूलो राहत र सहयोग पुर्याएको छ। टाढा-टाढाबाट टोकियोसम्म जानुपर्ने झन्झटबाट मुक्त भई आफ्नै नजिकै सेवा प्राप्त गर्न पाउनु सबैका लागि अत्यन्त सहज, उपयोगी र महत्वपूर्ण अवसर बन्न पुगेको छ। यसबाट धेरै सेवाग्राहीहरूले राहदानी, कागजात नवीकरण लगायतका आवश्यक सेवाहरू सहज रूपमा सम्पन्न गर्न सफल हुनुभएको छ।
यस कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिनु भएका आयोजक संस्था NRNA NCC Japan, नेपाली राजदूतावास टोकियो, साथै विशेष सहयोग पुर्याउनुहुने हल व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्नु भएका NRNA सेन्दाइ क्षेत्रीय समन्वय परिषद जापानका सल्लाहकार Shree Adhikariज्यू प्रति हार्दिक आभार व्यक्त गर्दछौं।
त्यसैगरी पानी व्यवस्थापनमा सहयोग गर्नुहुने धिरमडा बजारका प्रोप्राइटर तथा NRNA सेन्दाइ क्षेत्रीय समन्वय परिषद जापानका सल्लाहकार श्री बिनोद चन्दज्यू, निशुल्क फारम भर्ने सेवामा सहयोग गर्नुहुने साईनो रेस्टुरेन्ट, सिन्दुर रेस्टुरेन्ट परिवार तथा किनमेल बजारप्रति विशेष धन्यवाद व्यक्त गर्दछौं।
प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं। तपाईंहरूको मेहनत, समर्पण र सहकार्य बिना यस्तो सफल कार्यक्रम सम्भव हुने थिएन।
अन्त्यमा, आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू अझ व्यापक, व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन हुँदै जाने विश्वास व्यक्त गर्दै सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।