Mr .K Shav

Mr  .K Shav Mr .K Shav, 公共サービス, Osakaの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

22/07/2025

#🇯🇵

02/07/2025
01/07/2025

SadNews: जापानको खागोसीमा केन ICA INTERNATIONAL CONVERSATION ACADEMY मा जापानीज Language पढिरहेका बझाङका २७ वर्षिया दिनेश रावल र जापानस्थित Kumamoto मा अध्ययनरत धनकुटाकी एकजना छात्रा ..बहिनीले एकै दिन अलगअलग ठाउँमा S'uicide गरेका छन् !

20/05/2025

जापानको ओसाका बाट फेरी दुखद खबर ! 😥😢
अप्रिल २०२५ मा विद्यार्थी भिसामा जापान आएकी नेपालको सुदूरपश्चिम प्रदेश टीकापुर कैलालीकी एक २४ वर्षीय युवतीले कोठामै झुण्डिएर आत्महत्या गरेकी छन्। उनी विवाहित पनि रहेको भन्ने बुझिएको छ र अहिले काम पनि नपाएको अवस्था रहेछ ।

एउटै रूममा बस्ने उनका साथीको अनुसार आएको ३ /४ दिनमै होमसिक भएको रहेछ। बिदेशमा नयाँ ठाऊमा एक्लोपन वा फरक परिवेसमा बस्न नस्क्ने जस्तो भएको रहेछ। स्कूलसंग कुरा गरेर नेपाल फर्किने कुरा नि भएको रहेछ। पछि घरपरिवार संग कुरा गर्दा १४/१५ लाख खर्च भैसकेको छ नआइजा, केहि दिनमा बानि परिहाल्छ भन्नु भएपछी यतै बस्ने भन्ने कुरा भएछ ।

जापानमा पढाइसँगै महिनाको २ देखि ३ लाख कमाउन सकिन्छ भनेर झुटो आश्वासन दिएर विद्यार्थी भिसामा पठाउने दलाल कन्सल्टेन्सीहरु र मुखदर्शक बनेको निकम्मा राज्यका कारणले धेरै युवाहरूले विदेशमा अकालमा ज्यान गुमाउनु परेको छ । यस विषयमा न त नेपालमा कसैले केही गर्न सकेको छ न त जापानमा नै कसैले केही गर्न सकेको छ ।

जापानमा अहिलेको अवस्थामा सबैभन्दा ठूलो समस्या भनेको काम नपाउनु हो। नेपालबाट १५ देखि २० लाख रुपैयाँ खर्च गरेर आएका विद्यार्थीहरूले सहजै काम नपाउने, भाषाको समस्या र मानसिक तनावका कारणले आत्महत्या जस्ता गम्भीर दुर्घटनाहरू बढिरहेका छन्।

जापान सरकारको नियमअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूले जापानमा एक हप्तामा २८ घण्टाभन्दा धेरै बैंकिङ काम गर्न पाउँदैन र त्यसबाट आउने पैसाले कलेजको फी तिर्न र यहाँको महँगो जीवनस्तर बिताउन अत्यन्तै कठिनाइ हुन्छ, नेपालबाट आउँदाको ऋण तिर्ने त धेरै टाढाको कुरा हो।

यहाँको वास्तविकता नबुझिकन consultancy का झुठा गफ सुनेर, विश्वास गरेर, लाखौं खर्च गरेर जापान आउनेको सङ्ख्या नेपालमा दिन दुईगुणा रात चौगुणा बढीरहेको छ।

जापान एक सपनाको देश, यहाँको महङ्गी र बिलासी जीवनस्तर, विश्व हल्लाउने प्रविधी र विकासले सबैको ध्यान आकर्षण गर्दछ तर यहाँको वास्तविकता र विद्यार्थीले भोग्नुपर्ने समस्याहरू सोचेभन्दा धेरै फरक छन् ।

विशेषगरी जापानमा नेपालीले नेपालीलाई सहयोग गर्ने भन्ने कमै सुनिन्छ र लेडिजको हकमा कामको आश्वासन दिएर शारीरिक तथा यौन शोषणका लागि प्रयोग गर्ने जस्ता घटनाहरू पनि सुनिन्छन् ।

त्यसैले, आफ्ना छोराछोरीहरूलाई विदेशमा विद्यार्थी भिसामा पठाउँदा कलेजको वातावरण, काम पाउने वातावरण, आर्थिक खर्च लगायत सबै कुरा बुझेर मात्रै पठाउन म सबै सबैलाई अनुरोध गर्न चाहन्छु ।

र अन्तमा विद्यार्थी भिषामा भर्खरै मात्र जापान आएकी ती २४ बर्षिय युवतीको अल्पआयुमै भएको निधन प्रति गहिरो शोक प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु साथै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

30/04/2025

Chinnu vayo ni ❤️

住所

Osaka, Osaka
5440001

ウェブサイト

アラート

Mr .K Shavがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する