04/02/2026
❤️ हार्दिक धन्यवाद एवं आभार ❤️
सुदूरपश्चिमेली नेपाली समाज जापानद्वारा एनआरएन जापानको सहकार्यमा मिति २०२६ जनवरी २६ राति सुतेकै अवस्थामा दिवंगत हुनुभएका बाजुराका स्वर्गीय बर्म खर्तीको पार्थिव शरीर उहाँकी बुढी आमाको अन्तिम इच्छाअनुसार नेपाल पठाउने कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरूप्रति हृदयदेखि नै हार्दिक धन्यवाद एवं आभार प्रकट गर्दछौँ।
यस पुण्यकार्यमा विशेष रूपमा सहयोग गर्नु हुने एनआरएन जापान राष्ट्रिय समितिका अध्यक्षज्यू लगायत सम्पूर्ण कार्यसमिति, एनआरएन जापानका क्षेत्रीय समितिहरू, सुदूरपश्चिमेली नेपाली समाजका विभिन्न समितिका पदाधिकारी तथा सदस्यहरू, जापान स्थित विभिन्न संघ सस्थाका प्रमुख ज्युहरु साथै स्वर्गीय बर्म खर्तीका आफन्तजन, साथीभाइ तथा शुभेच्छुकहरूको अथाह साथ र सहयोगका कारण आज मिति २०२६ फेब्रुअरी ४ तारिखका दिन नेपाल एयरलाइन्समार्फत पार्थिव शरीर सफलतापूर्वक नेपाल पठाउन सकिएको छ।
यस अभियानमा जम्मा खर्च करिब ९,०६,५००जापानीज येन लागेको थियो, जस मध्ये हाम्रो समाजद्वारा सञ्चालन गरिएको आर्थिक संकलन अभियानबाट करिब ६,६५,००० येन व्यवस्थापन गरिएको हो। बाँकी रकम नेपालमा सञ्चालन गरिएको सहयोग अभियान तथा परिवारजनबाट व्यवस्थापन गरिएको जानकारी यसै माध्यमबाट गराउन चाहन्छौँ।
साथै, आर्थिक संकलन अभियानलाई सफल बनाउन सहयोग पुर्याउनु हुने पत्रकार मित्रहरू, सामाजिक सञ्जालमार्फत सहयोग संकलनमा सक्रिय सबै व्यक्तिहरू तथा दाताहरूप्रति विशेष धन्यवाद व्यक्त गर्दछौँ।
यो कार्य हाम्रो समाजको पहिलो अनुभव भएकोले यसबाट हामीले धेरै महत्वपूर्ण पाठहरू सिक्न सफल भएका छौँ। परदेशको भूमिमा आइपर्ने यस्ता दुःखद परिस्थितिमा एकअर्काको साथ, सहयोग र एकताले नै ठूलो राहत मिल्ने कुरा फेरि एकपटक प्रमाणित भएको छ।
यस पुण्यकार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरूलाई पुनः एकपटक हृदयदेखि नै धन्यवाद एवं आभार प्रकट गर्दछौँ। 🙏🙏
बिकास रोकाया
अध्यक्ष
सुदूरपश्चिमेली नेपाली समाज जापान