प्रवास नेपाली सम्पर्क विभाग जापान

प्रवास नेपाली सम्पर्क विभाग जापान Rastriya Swatantra Party
Liaison Department Japan
email
[email protected]
RSP

22/02/2026

प्रवास नेपाली सम्पर्क विभाग जापानका प्रमुख ज्यू चुनावी सभा लाई सम्बोधन गर्दै !
दीपक केसी ज्यू ।

27/12/2025

**झुक्नु राम्रो , झुकिरहनु हुन्न___

देश बनाउने मुद्दा पुगेका जुनसुकै पार्टीसँग मिल्नु आजको आवश्यकता हो। यसरी दुई पार्टीबीच मिल्दै गर्दा कसले कति प्रतिशत पाउने ?
को प्रधानमन्त्री बन्ने ? कसले कति भाग पाउने ? भन्ने विषयमा नै नयाँ पार्टीहरू अल्झिएको देखियो।
जनताले - पुरानोले खाइसके अब नयाँ खाना आओ भन्न खोजेको हैनन् ! झन् धेरै आशा र अभिलाषा बोकेर जनताहरूले नयाँहरूलाई साथ र सपोर्ट गरिरहेका हुन्
अहिलेको परिवेशमा भन्ने हो भने ,जनताको एकमात्र आशा र भरोसाको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ। पार्टीको अग्रपन्थीहरुले यो विचार गर्नुपर्छ कि नयाँ भएर पनि फेरि भागबण्डामा अल्झिरहने हो भने हाम्रो भन्नु केही छैन, होइन भने मिल्न सक्ने र मिल्न चाहनेलाई मिलाउनुहोस्। नमिल्ने र मिल्न नसक्नेहरुलाई छोडिदिनुहोस् ।
होला केही थान भोट र केही सिट कम होला तर तपाईँहरूप्रति आस्था र आशा राख्ने एकजना जनता पनि कमी हुने छैन।

“आज जबरजस्ती मिल्नु भनेको भोलिको लागि दुर्घटना निम्ताउनु हो। “

आज जबरजस्ती मिल्नेहरू भोलि आफ्नो स्वार्थ पूरा भएन भने छुट्टिएर अवश्य जानेछन् तत्पश्चात् पार्टी र सभापतिप्रति आस्था राख्ने तमाम कार्यकर्ता , सुभेछु तथा जनताहरूको आस्था र विश्वासमा ठेस पुग्न जानेछ।
उद्देश्य एउटै छ भने मिल्नुहोस् ,
पद र भागबण्डको कुरा आउँछ भने , न पार्टीको लागि भलो हुन्छ न देशको लागि भलो हुन्छ। पार्टीका अग्रपन्थीका नेताज्यूहरू छाती चौडा गर्नुहोस् मन फराकिलो गर्नुहोस्।अहिले टुक्रे पार्टीहरूलाई फकाउन भन्दा मन टुटेका आस्था टुटेका र आशा टुटेका जनताहरूलाई भरोसा दिनेतिर लाग्नुहोस् तपाईँहरूले सोचेको जस्तै हुनेछ तपाईँहरुले खोजेको जस्तै हुनेछ।

**त्यसैले फेरि पनि भन्न चाहन्छु, झुक्नु राम्रो , झुकिरहनु हुन्न **

Rastriya Swatantra Party - RSP
Rabi LamichhaneDP Aryal Secretariat - डीपी अर्याल सचिवालयRajib Khatry
Biraj Bhakta Shrestha बिराज भक्त श्रेष्ठ

22/12/2025
हार्दिक बधाई तथा सफलकार्यकाल शुभकामना ———————————————————प्रवास नेपाली सम्पर्क विभाग जापानको च्युबु शाखा समितिको आज आयोज...
27/10/2025

हार्दिक बधाई तथा सफलकार्यकाल शुभकामना
———————————————————
प्रवास नेपाली सम्पर्क विभाग जापानको च्युबु शाखा समितिको आज आयोजित प्रथम ऐतिहासिक अधिवेशन सफलता पूर्वक सम्पन्न भएको छ 🎉यस अवसरमा, तदर्थ समितिमा रही सक्रिय रूपमा कार्य गर्नुभएका सम्पूर्ण साथिहरूलाई हार्दिक धन्यवाद तथा सम्मान व्यक्त गर्दछौं।
प्रथम अधिवेशनबाट श्री विकास लाम्सालज्यूको नेतृत्वमा नयाँ समिति गठन गरिएको छ।
नव–निर्वाचित समितिका पदाधिकारीज्यूहरूलाई सफल कार्यकालका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं 🙏
हामी विश्वास गर्छौं कि नयाँ समितिले संगठनको मर्म र धर्मलाई आत्मसात् गर्दै, अनुशासन, एकता र जिम्मेवारीको भावना सहित कार्यकाल पूरा गरी संगठनलाई अझ सशक्त र सक्षम बनाउनेछ।
तत्कालीन समितिमा रही संयोजकको जिम्मेवारी वहन गर्नुभएका श्री हरि श्रेष्ठज्यूलाई विशेष धन्यवाद ज्ञापन गर्दै उहाँको आगामी राजनीतिक यात्राको लागि शुभकामना व्यक्त गर्दछौं।
त्यसैगरी, आजको अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउन सहजीकरण र सक्रिय भूमिका निर्वाह गर्नुभएका श्री श्रीकान्त घिमिरेज्यूलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
हामी सबै मिलेर संगठनलाई मिलन, समझदारी र एकताको बलमा अघि बढाउने, र प्रवास नेपाली सम्पर्क विभागले बोकेको सपना र उद्देश्य पूरा गर्ने दृढ प्रतिवद्धता व्यक्त गर्दछौं 🇳🇵
आजको कार्यक्रममा उपस्थित हुनुभएका विभिन्न संघ–संस्था, प्रतिष्ठित प्रतिनिधिहरू तथा सम्पूर्ण अतिथिजनहरूलाई पनि हृदयदेखि धन्यवाद र आभार व्यक्त गर्दछौं।



✳️ नव–निर्वाचित कार्यसमिति (च्युबु शाखा)

1️⃣ संयोजक : श्री विकास लाम्साल
2️⃣ उप–संयोजक : श्री चन्द्रप्रकाश भुसाल (सि.पी.)
3️⃣ सचिव : श्री सरोज बडाल
4️⃣ सदस्य सह–सचिव : श्री श्रीकान्त घिमिरे
5️⃣ कोषनियन्त्रक: श्री अनिल ज्ञवाली
6️⃣ सदस्य प्रवक्ता : श्री दिबश सापकोटा
7️⃣ सदस्य : श्री नारायण पोखरेल
8️⃣ सदस्य : श्री प्रकाश क्षेत्री
9️⃣ सदस्य : श्री प्रमेश तिमिल्सिना
10️⃣ सदस्य : श्रीमती सृष्टि भण्डारी
11️⃣ सदस्य : श्री दिपेन्द्र थापा



– प्रवास नेपाली सम्पर्क विभाग, जापान
राष्ट्रिय समिति

२०७९ सालको हाम्रो बाचापत्रमा हामीले परिकल्पना गरेको शासकीय स्वरूपका केही अंशहरू।।
16/09/2025

२०७९ सालको हाम्रो बाचापत्रमा हामीले परिकल्पना गरेको शासकीय स्वरूपका केही अंशहरू।।

住所

Kyoto-shi, Kyoto

ウェブサイト

アラート

प्रवास नेपाली सम्पर्क विभाग जापानがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

その団体に問い合わせをする

प्रवास नेपाली सम्पर्क विभाग जापानにメッセージを送信:

共有する

カテゴリー