Ghumante Keta

Ghumante Keta Travel • Food • Culture नेपाली मनको कथा लिएर Delhi NCR घुम्दै
Ghumante KETA | Real Stories, Real People

01/09/2026

नेपाल बाढीपीडितका लागि भारतीय साथीहरूले गरेको यो सानो सहयोग ❤️🇳🇵🇮🇳🙏

🇳🇵 हाम्रो सानो सहयोग र एउटा महत्वपूर्ण घोषणा 🙏नेपालमा आएको प्राकृतिक विपत्तिमा परेका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूका ल...
01/09/2026

🇳🇵 हाम्रो सानो सहयोग र एउटा महत्वपूर्ण घोषणा 🙏

नेपालमा आएको प्राकृतिक विपत्तिमा परेका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूका लागि हामीबाट भएको यो सानो सहयोग जस्ताको तस्तै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Relief Fund) मा जम्मा गरिसकेका छौँ।

रकम सानो हुन सक्छ, तर विपत्तिको समयमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु हाम्रो जिम्मेवारी हो भन्ने हामी विश्वास गर्छौँ।

साथै, यसै सन्दर्भमा Ghumante Keta पेजको एउटा स्पष्ट घोषणा छ।

अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै राहत संकलनका नाममा आयोजना गरिने त्यस्ता कार्यक्रम, जहाँ उत्सव, नाचगान वा मनोरञ्जनलाई प्राथमिकता दिइन्छ, त्यस्ता कार्यक्रमको हामी कभरेज गर्ने छैनौँ। त्यस्ता कार्यक्रमका फोटो, भिडियो वा अन्य सामग्री पनि हाम्रो पेजबाट सेयर गरिने छैन।

यस निर्णयबाट कसैलाई असहज भएमा हामी क्षमाप्रार्थी छौँ। 🙏

हाम्रो बुझाइमा, यो रमाउने समय होइन—दुःखमा रहेका नेपालीहरूको साथमा उभिने समय हो।

नाचेर, गाएर वा उत्सव मनाएर पैसा संकलन गर्नुभन्दा सिधै राहतका लागि सहयोग गरौँ, पीडितसम्म सहयोग पुर्‍याऔँ। यही कुरामा हामी विश्वास गर्छो
Ram Kunwar
Arjun Bisht
Buddhiman Bohara
Arjun Thapa
Suvash Basnet

゚viralシ

31/08/2026

नेपालको घटनाले फेरि उठायो गम्भीर प्रश्न | 2013 को उत्तराखण्ड घटना पनि सम्झनुपर्ने भयो नेपालीहरूमाथि पनि यस्तै आरोप लागेको थियो! #2013

30/08/2026

नेपालका बाढी पीडितका लागि हाम्रो सानो प्रयास ❤️🙏

27/08/2026

नेपालमा विपद्: सहयोग गरौँ, तर सावधानीपूर्वक! पीडितहरूको सहयोगका लागि दान गर्दा केवल आधिकारिक माध्यम प्रयोग गर्नुहोस्। कुनै पनि अपरिचित वा शंकास्पद QR कोडमा रकम नपठाउनुहोस्। ❤️🇳🇵 #घुमन्तेकेटा #सहयोग #दान

संकटको घडीमा भारतको मानवीय सहयोग 🇮🇳🤝🇳🇵नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि भारतले आज ...
26/08/2026

संकटको घडीमा भारतको मानवीय सहयोग 🇮🇳🤝🇳🇵

नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि भारतले आज १० टन मानवीय राहत सामग्री र अत्यावश्यक औषधि नेपाल पठाएको छ।

विपद्को यस कठिन परिस्थितिमा नेपाल र नेपाली जनताप्रति ऐक्यबद्धता व्यक्त गर्दै भारतले आवश्यकताअनुसार थप मानवीय सहयोगका लागि समेत प्रतिबद्धता जनाएको छ।

यस मानवीय सहयोगले विपद्को सामना गरिरहेका प्रभावित परिवारलाई राहत पुग्ने विश्वास गरिएको छ। 🙏

26/08/2026

23/08/2026

प्रवासी नेपाली गुल्मी सम्पर्क मञ्च, दिल्लीद्वारा आयोजित मौलिक तीज कार्यक्रम ❤️🇳🇵

आफैं गाउने, आफैं बजाउने, आफैं मञ्चमा नाच्ने— नथाकेसम्म मञ्च नछोड्ने! 💃🎶

नेपाली मौलिकता, संस्कृति र तीजको दर खाने परम्परा 🌺❤️

भिडियोमा उपस्थित अग्रजहरू

प्रवासी नेपाली गुल्मी सम्पर्क मञ्चका आयोजक समूह

घुमन्ते समूह: रामचन्द्र खड्का, भरत पौडेल, सुवास बस्नेत, राजन केसी

गुल्मी समाज भारतका अग्रजहरू:
मिलन राना, जीवन पौडेल तथा अन्य धेरै अग्रजहरू।


Address

New Delhi
110029

Website

Alerts

Be the first to know and let us send you an email when Ghumante Keta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share