18/09/2025
Hi,
Zen-Z (Gorkha Youth)BTR
हे जेन-जी, हे युवा पुस्ता, अब उठ, नसुत। यो पुरानो पुस्तामाथि भर नपर, उनीहरूले तिमीलाई जागिर, भूमिको अधिकार वा आत्मसम्मान दिन्छन् भन्ने आशा नगर। अब तिमी आफैँ अगाडि बढ्नुपर्छ र राजनीतिमा लाग्नुपर्छ। जबसम्म हामीले एउटा गोर्खा नेतालाई टिकट दिएर जिताउँदैनौं, तबसम्म हामी गोर्खाहरूको कुनै पनि काम अगाडि बढ्दैन। अब काम गर्नका लागि हामी आफैँले अगाडि बढ्नुपर्छ। यदि हामी चुप लागेर अरूको भर परेर बस्यौं भने, भोलिको दिनमा आउने पुस्ताले पनि हामी जस्तै दुःख र सङ्घर्ष गर्नुपर्नेछ। नयाँ जोश र नयाँ चेतनाका साथ, सबैजना अगाडि आएर जेन-जीको सोचलाई अगाडि बढाऊ। बीटीआरमा बस्ने सबै गोर्खाहरूलाई यही आह्वान छ।
जय गोर्खा/जय जेन-जी।✊✊✊✊
धन्यवाद।🙏