Mahendra Dumi/महेन्द्र दुमी

Mahendra Dumi/महेन्द्र दुमी "जित्नु भन्दा ठुलो कुरा हिम्मत न हार्नु हो।" - यमबुद्ध।

सूचनासम्पूर्ण गेजिङ –बर्मेक क्षेत्रका आदरणीय जनसमुदायमा यो सूचना गरिन्छ कि माननीय क्षेत्र विधायक श्री लोकनाथ शर्मा ज्यूक...
02/06/2026

सूचना

सम्पूर्ण गेजिङ –बर्मेक क्षेत्रका आदरणीय जनसमुदायमा यो सूचना गरिन्छ कि माननीय क्षेत्र विधायक श्री लोकनाथ शर्मा ज्यूको मिति ०४/०६/२०२६ र ०५/०६/२०२६ का लागि निम्नानुसार कार्यक्रम तय गरिएको छ।

मिति: ०४/०६/२०२६

• ज्वाइनिङ कार्यक्रम
स्थान: माननीय विधायकज्यूको निवास, रुङ्दु
समय: बिहान ९:०० बजे

• एस.जी.ए.वाई. घर उद्घाटन – श्रीमती योगमाया शर्मा
स्थान: सुम्बोक, १३औँ माइल
समय: बिहान १०:३० बजे

• एस.जी.ए.वाई. घर उद्घाटन – श्री मोन बहादुर कामी
स्थान: बर्मिक दरागाउँ वार्ड
समय: बिहान ११:०० बजे

• नवनिर्मित फ्लाइओभर उद्घाटन
स्थान: बर्मिक दरागाउँ जुनियर हाई स्कूल
समय: बिहान ११:३० बजे

• स्थायी आधार नामांकन केन्द्र उद्घाटन
स्थान: ही–मार्ताम BAC
समय: दिउँसो १२:३० बजे

• एस.जी.ए.वाई. घर उद्घाटन – श्रीमती रामकुमारी छेत्री
स्थान: ३२ बरफोक–चन्दाबुङ GPU, चिङथाङ वार्ड
समय: दिउँसो २:३० बजे

• एस.जी.ए.वाई. घर उद्घाटन – श्री भीम बहादुर छेत्री
स्थान: बरफोक–चन्दाबुङ GPU, बरफोक वार्ड
समय: दिउँसो ३:०० बजे

मिति: ०५/०६/२०२६

• भ्रमण कार्यक्रम
स्थान: ङाग्युर रिन्चेन छोलिङ गुम्बा (मेगीडारा गुम्बा)
अवसर: परमपूज्य तुल्कु साङ्गे योन्तेन ग्यात्सो रिन्पोछे ज्यूको जन्मोत्सव
समय: बिहान ७:३० बजे

• विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम
स्थान: याङ्सुम GPU
समय: बिहान ९:०० बजे

• ग्राम सभा
स्थान: याङ्सुम GPU
समय: बिहान ११:०० बजे

• एस.जी.ए.वाई. आवास उद्घाटन – श्रीमती रीना राई
स्थान: ३३ याङ्सुम GPU

त्यसैले सबै सल्लाहकारज्यूहरू, अध्यक्षज्यूहरू, OSD हरू, जिल्ला पञ्चायत सदस्यहरू, पञ्चायत अध्यक्षहरू, पञ्चायत सदस्यहरू, CLC कार्यकारिणी सदस्यहरू, CLC युवा संयोजक, CLC नारी संयोजक, CLC युवा विंग, CLC नारी शक्ति सदस्यहरू, BLC इन्चार्जहरू, वार्ड अध्यक्षहरू, WLC कार्यकारिणी सदस्यहरू तथा सम्पूर्ण SKM पार्टी कार्यकर्ताहरूलाई माथि उल्लेखित कार्यक्रमहरूमा अनिवार्य रूपमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गरिन्छ।
यहाँहरूको गरिमामय उपस्थितिले कार्यक्रमलाई अझ भव्य र सफल बनाउने विश्वास लिइएको छ।

द्वारा:
कमल तामाङ
अध्यक्ष
क्षेत्र स्तरीय समिति
ग्यालसिङ–बर्मिक

आज  माननीय क्षेत्र  विधायक तथा जनप्रिय नेता श्री लोकनाथ शर्माज्यूले आफ्नो भ्रमण कार्यक्रमअन्तर्गत गेजिङ–बर्मेक निर्वाचन ...
31/05/2026

आज माननीय क्षेत्र विधायक तथा जनप्रिय नेता श्री लोकनाथ शर्माज्यूले आफ्नो भ्रमण कार्यक्रमअन्तर्गत गेजिङ–बर्मेक निर्वाचन क्षेत्रमा रहेका बिरामीलाई सोकेथाङ स्वास्थ्य केन्द्र तथा (सोकेथाङ अस्पताल, गान्तोक) मा पुगेर भेट गर्नुभएको छ।

उहाँले बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। साथै, हिम्मत र धैर्यका साथ उपचारमा जुट्न आग्रह गर्दै चाँडै निको होओस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्नुभयो।

31/05/2026

Shri Prem Singh Tamang-Golay, Hon'ble Chief Minister of Sikkim.

Heartiest congratulations to Monus S***a Sathee on successfully clearing the prestigious SPSC Examination and qualifying...
29/05/2026

Heartiest congratulations to Monus S***a Sathee on successfully clearing the prestigious SPSC Examination and qualifying for the post of Accounts Officer under the Sikkim Public Service Commission.

Your hard work, dedication, and perseverance have truly paid off. This remarkable achievement is a matter of immense pride and inspiration for everyone. Wishing you continued success and a bright future ahead as you embark on this new journey of service and responsibility.

May you achieve even greater milestones in the days to come. Best wishes always!

Good morning, All ❤️
29/05/2026

Good morning, All ❤️

Good Morning Sikkim 🙏
29/05/2026

Good Morning Sikkim 🙏

28/05/2026

कृषि केवल पेशा मात्र होइन, आत्मनिर्भरता, श्रम र सम्मानको आधार हो।
आज माननीय विधायक श्री लोकनाथ शर्म स्वयम् खेतबारीमा उत्रेर सागसब्जी खेती गर्दै कृषिको वास्तविक मूल्यलाई समाजसमक्ष प्रस्तुत गरिरहनुभएको छ।

आफ्नै हातले बारी जोत्दै, उत्पादन गर्दै र कृषिको महत्वलाई व्यवहारमै उतार्दै उहाँले सिक्किमका किसानहरूलाई नयाँ ऊर्जा, सम्मान र प्रेरणा प्रदान गर्नुभएको छ।

“खेती गरौं, आत्मनिर्भर बनौं” भन्ने उहाँको सन्देशलाई व्यवहारमा देखाउने यस्तो प्रयास वास्तवमै प्रशंसनीय छ।

माननीय विधायक तथा सल्लाहकार, पीएचई एवं जलस्रोत विभाग, सिक्किम सरकार, श्री लोकनाथ शर्माज्यूले सिक्किमका माननीय मुख्यमन्त्...
27/05/2026

माननीय विधायक तथा सल्लाहकार, पीएचई एवं जलस्रोत विभाग, सिक्किम सरकार, श्री लोकनाथ शर्माज्यूले सिक्किमका माननीय मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ (गोले) ज्यूप्रति राज्य शासनको सफल ७ वर्ष पूरा भएको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।

“२७ मे २०१९ मा नेतृत्व सम्हालेदेखि नै उहाँको शासन जनमुखी सोच, विकासमुखी पहल, जनकल्याणकारी योजनाहरू, वातावरण संरक्षण तथा सिक्किमवासीहरूको समृद्धि र प्रगतिप्रति समर्पित रहँदै आएको छ।

उहाँको दूरदर्शी तथा गतिशील नेतृत्वमा सिक्किमले पूर्वाधार विकास, सार्वजनिक सेवा प्रवाह, वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा तथा सामाजिक कल्याणका क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ। समावेशी विकास र सुशासनप्रतिको सरकारको प्रतिबद्धताले राज्यका प्रत्येक नागरिकको आशा र आकांक्षालाई अझ सशक्त बनाउँदै लगेको छ।

माननीय मुख्यमन्त्री श्री प्रेम सिंह तामाङज्यूको दूरदर्शी नेतृत्वको यो यात्रा आगामी दिनहरूमा पनि सिक्किम र सिक्किमवासीहरूको शान्ति, प्रगति र समृद्धिका निम्ति निरन्तर सफल रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्दै उहाँको सफल सेवायात्राको अझ धेरै वर्षको कामना गर्दछु,” उहाँले आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ।

27/05/2026
26/05/2026

"घर जतिसुकै ठूलो महल किन नहोस्, प्रवेश गर्ने दैलो सानो नै हुन्छ।
दैलो जतिसुकै ठूलो किन नहोस्, त्यसलाई बन्द गर्ने ताला भने सानो नै हुन्छ।
त्यसैले जीवनमा सानो कुराको पनि ठूलो महत्व हुन्छ।”

विधायक श्री लोकनाथ शर्मा॥

Address

Miyong
Geyzing
737113

Alerts

Be the first to know and let us send you an email when Mahendra Dumi/महेन्द्र दुमी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share