All Sikkim Women Welfare Council - Citizen Action Party .

All Sikkim Women Welfare Council - Citizen Action Party . For Reform in Sikkim

07/06/2026
प्रेस विज्ञप्तिजोर्थाङ, 06/06/2026सिटिजन एक्सन पार्टी–सिक्किमको महिला परिषदको समन्वय सभा जोर्थाङस्थित पार्टीको क्षेत्रीय...
06/06/2026

प्रेस विज्ञप्ति
जोर्थाङ, 06/06/2026

सिटिजन एक्सन पार्टी–सिक्किमको महिला परिषदको समन्वय सभा जोर्थाङस्थित पार्टीको क्षेत्रीय कार्यालयमा श्रीमती सुमती छेत्रीको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भयो।

सभामा बुनियादी सुविधाका लागि आम नागरिकले निरन्तर संघर्ष गरिरहेको अवस्था, युवाहरूको सपना तथा भविष्यसँग भइरहेको खेलवाड, र अन्य जनसरोकारका विषयहरूमा विस्तृत छलफल गरियो। सहभागीहरूले नागरिकका समस्याहरू समाधानका लागि सिटिजन एक्सन पार्टी–सिक्किमले निरन्तर रूपमा आवाज उठाउँदै आएको र त्यसका कारण विभिन्न समस्याहरू समाधानतर्फ उन्मुख भएको विषयमा विशेष चर्चा गरे।

गहन छलफलपश्चात् सोरेङ जिल्लाको सिटिजन एक्सन पार्टी–सिक्किम महिला परिषदको कार्यकारिणी समितिमा शान्ति तामाङ, नमिता राई, रेनु तामाङ, याङ्छेन शेर्पा, जमुना थापा तथा सबिना सुवेदीलाई चयन गरिएको छ।

अध्यक्षीय सम्बोधनका क्रममा श्रीमती सुमती छेत्रीले घरपरिवार सञ्चालनको मुख्य जिम्मेवारी प्रायः महिलाहरूले निर्वाह गर्ने गरेको उल्लेख गर्दै वर्तमान समयमा ग्यास सिलिन्डरको मूल्यवृद्धिका कारण महिलाहरूले प्रत्यक्ष रूपमा विभिन्न समस्या भोग्नुपरेको बताइन्।

उनले ग्रामीण क्षेत्रका नागरिकहरूले ग्यास सिलिन्डरका लागि औसत मूल्यभन्दा दोब्बर वा तेब्बर रकम तिर्न बाध्य भएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै, यस समस्यालाई वर्तमान सरकारले बुझेर पनि आवश्यक सम्बोधन र समाधानका पहल नगरेको आरोप लगाइन्। यसले जनसरोकारका विषयप्रति सरकारको इमानदारिता माथि प्रश्न उठाएको उनको भनाइ थियो।

श्रीमती छेत्रीले सत्ता र व्यक्तिगत सुविधाका लागि मात्र राजनीति नगरी आम नागरिकको सुविधा, अवसर र अधिकारका लागि पनि काम गर्नुपर्ने चुनौती पी०एस गोले नेतृत्वमा रहेको सरकारलाई दिइन्।

उनले सिटिजन एक्सन पार्टी–सिक्किमलाई सिक्किमे नागरिकको पक्षमा इमानदारीपूर्वक मुद्दा उठाउने तथा सत्तापक्षका गलत नीतिविरुद्ध जनचेतना फैलाउने एकमात्र राजनीतिक संगठन भएको दाबी गर्दै महिला परिषदलाई पार्टीको मेरुदण्डका रूपमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिन्।

सभालाई सन्जु राई, बिना शर्मा, अर्पणा राई, दिलमती लिम्बु, अन्जु शर्मा, इडु छिरिङ भुटिया, शान्ति तामाङ, कर्मा दिछेन भुटिया, इन्दिरा प्रदान लगायतका नेतृहरूले सम्बोधन गरेका थिए।

प्रीतिसा छेत्रीले सञ्चालन गरेको उक्त सभामा स्वागत मन्तव्य तथा महिला परिषदको प्रतिवेदन अमृता सुब्बाले प्रस्तुत गरेकी थिइन्।

अर्पणा राई
महासचिव, महिला परिषद
सिटिजन एक्सन पार्टी–सिक्किम

03/06/2026

Parichay-Beyond Politics with Ms.Edu Tshering Bhutia, Vice President, Youth Welfare Council, Citizen Action Party - Sikkim

प्रेस विज्ञप्ति25/05/2026;मंगन जिल्लासिटिजन एक्सन पार्टी-सिक्किमको महिला परिषद्को समन्वय सभा परिषद्की उपाध्यक्ष श्रीमती ...
25/05/2026

प्रेस विज्ञप्ति

25/05/2026;मंगन जिल्ला

सिटिजन एक्सन पार्टी-सिक्किमको महिला परिषद्को समन्वय सभा परिषद्की उपाध्यक्ष श्रीमती सुमती छेत्रीको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भयो।

सभाको सुरुवात मंगन जिल्लाको महिला परिषद्की अध्यक्ष श्रीमती सोङमित लेप्चाको स्वागत सम्बोधनबाट भएको थियो। सभामा राज्यको वर्तमान अवस्था, आम नागरिकले भोगिरहेका समस्या, महिलामाथि भइरहेको उत्पीडन तथा मंगन जिल्लाका बासिन्दाहरूका विविध समस्यामाथि गम्भीर छलफल र व्यापक बहस भएको थियो।

मंगन जिल्लाको महिला परिषद्को कार्यकारी समितिमा लाकित लेप्चा, साम्थी लेप्चा, गंगा लिम्बु, लाकित लेप्चा तथा सुमित्रा लिम्बुलाई चयन गरियो।

सभामा सामाजिक सञ्जालमार्फत महिलाहरूलाई खुलेआम बलात्कारको धम्की दिइने घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरियो। राजनीतिक पूर्वाग्रहका आधारमा एफआईआर दर्ता गरिए पनि तथा न्यायका लागि विभिन्न निकायमा निवेदन दिँदा समेत सुनुवाइ नभएको अवस्थाले महिलाहरूलाई न्यायका निम्ति एकजुट हुनुपर्ने आवश्यकता औंल्याइयो।

त्यसैगरी, अनुसूचित जाति, जनजाति तथा ओबीसी समुदायको बाहुल्यता रहेको राज्यमा लागूपदार्थ तथा अत्यन्त सस्तो मदिरा सजिलै उपलब्ध हुनु गम्भीर षड्यन्त्रको संकेत हुन सक्ने भन्दै राज्यवासीलाई समयमै सचेत रहन आग्रह गरियो।

अध्यक्षीय सम्बोधनका क्रममा गृहिणी तथा महिलाहरूले घर सञ्चालन गर्नुपर्ने जिम्मेवारी निर्वाह गर्न ग्यास सिलिन्डरको अभावले विशेष गरी शहरभन्दा टाढाका गाउँहरूमा ठूलो समस्या सिर्जना भएको उल्लेख गरियो। सिलिन्डर भर्ने लागत अत्यधिक महँगो भएकोप्रति चिन्ता व्यक्त गर्दै सम्बन्धित निकाय तथा सरकारले अनावश्यक नियम लागू गरेर उपभोक्तालाई दुःख दिएको भन्दै भर्त्सना गरियो। आम नागरिकलाई सहज रूपमा ग्यास सिलिन्डर उपलब्ध गराउन माग गरियो। साथै, ग्यासको आपूर्ति नियमित नभएसम्म राज्यमा उत्पादित विद्युत निःशुल्क उपलब्ध गराई इन्डक्सन चुल्हो वितरण गर्न सरकारलाई आग्रह गरियो।

आगामी विधानसभा निर्वाचनमा केवल नाराबाजी नगरी व्यवहारिक रूपमा कम्तीमा ३३ प्रतिशत महिला आरक्षण सुनिश्चित गर्न तथा निर्णय प्रक्रियामा महिलाको प्रतिनिधित्व हुने गरी क्याबिनेटमा सहभागिता सुनिश्चित गर्न पनि आह्वान गरियो।

सभालाई बिना शर्मा, इदु छिरिङ भुटिया तथा दिलमती लिम्बुले पनि सम्बोधन गरेका थिए।

सभामा सन्जु राई, अन्जु शर्मा, देविमाया छेत्री, शान्ति तामाङ, कर्मा दिछेन भुटिया, सुश्मा तामाङ, हेलेन राई, कर्मा छिरिङ लेप्चा लगायत पार्टीका नेताहरूको गरिमामय उपस्थिति रहेको थियो।

अर्पणा राईद्वारा सञ्चालन गरिएको सभाको अन्त्य गंगा लिम्बुद्वारा धन्यवाद ज्ञापनसहित सम्पन्न भयो।

सोङमित लेप्चा
सिटिजन एक्सन पार्टी-सिक्किम

23/05/2026

चर्चा मा बसौँ : एपिसोड १ !

23/05/2026

साप्ताहिक समाचार !

१४ वर्षसम्मको प्रतीक्षापछि मातृत्वको सपना पूरा हुन लागेका बेला जुम्ल्याहा शिशुको गर्भमै मृत्यु हुनु र त्यसपछि उपचारकै क्...
10/05/2026

१४ वर्षसम्मको प्रतीक्षापछि मातृत्वको सपना पूरा हुन लागेका बेला जुम्ल्याहा शिशुको गर्भमै मृत्यु हुनु र त्यसपछि उपचारकै क्रममा आमा स्वेता कार्कीले समेत ज्यान गुमाउनु अत्यन्तै पीडादायी र हृदयविदारक घटना हो। यो घटना एउटा परिवारको व्यक्तिगत शोक मात्र नभएर राज्यको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाउने विषय पनि हो। हेर्दा हृदय बस्ने यो घटना हामी महसुस मात्र गर्न सक्छौं तर स्वरूप छेत्री अनि परिवारले यो भोगिरहेछन्।
यो हाम्रो राज्यमा पहिलो पटक भएको घटना होइन। यस्ता घटनामार्फत सम्बन्धित निकायमाथि पटक–पटक गम्भीर आरोप लाग्दै आएको हो।
सन् २०२२ मा स्वर्गीय ओङमित लेप्चाले आफ्नी नवजात शिशुसँगै ज्यान गुमाएकी थिइन्। त्यसबेला छानबिन समिति गठन गरेर न्याय दिलाउने घोषणा गरियो, तर उक्त समितिले के गर्‍यो भन्नेबारे आजसम्म न त परिवार पक्षले जानकारी पाएको छ, न त आम जनताले।
त्यसैगरी, जर्नादेवी राईको शव हेरिनसक्नु अवस्थामा परिवारलाई हस्तान्तरण गरिएको घटना पनि सिक्किमेली समाजले बिर्सिएको छैन, र उक्त घटनामा समेत परिवारले अहिलेसम्म न्याय पाएको छैन। 'समिति गठन' गरेर सरकारले केवल जनताको आँखामा छारो हान्ने काम मात्र गरेको छ, नत्र आजसम्म गरिएको अनेकौं कमिटीले कस्लाई न्याय दिलायो! एउटा प्रमाण सरकारले दिइयोस्!
एउटी आमाले यस्ता पीडा भोग्नुपर्नु कुनै पनि सभ्य समाजका लागि लज्जास्पद विषय हो। अझ आमा दिवसकै अवसरमा यस्तो दुःखद समाचार आउनुले पीडा झन् गहिरो बनाएको छ।
स्वास्थ्य सेवा भनेको समयमै सही उपचार, जिम्मेवारी, संवेदनशीलता र मानवताको विषय हो। जब यी पक्षहरूमा कमजोरी हुन्छ, त्यसको मूल्य निर्दोष आमा र शिशुहरूले आफ्नो जीवन दिएर चुकाउनुपर्ने हुन्छ।
आजै मात्र राज्यका सम्माननीय मुख्यमन्त्रीले सिलिगुडीमा एउटा निजी अस्पतालको उद्घाटन गरिरहँदा आफ्नै राज्यको स्वास्थ्य सेवा चिन्ताजनक अवस्थामा रहेको देखिनु विडम्बनापूर्ण छ। राज्यको स्वास्थ्य विभागमाथि सत्तारूढ पार्टीको “गरिब जनकल्याण प्रकोष्ठ” हावी भएको परिणाम सर्वसाधारण जनताले भोग्नुपरेको अवस्था देखिन्छ। पहिले हेलचेक्र्याइँ र लापरवाही गरिन्छ, अनि दुर्घटनापछि अनेकौँ जाँच समिति गठन गरिन्छन्, तर ती समितिबाट न त ठोस परिणाम आउँछ, न त पीडित परिवारले न्याय पाउँछन्।
हालको घटनामा गठन गरिएको समितिले निष्पक्ष छानबिन गरी उचित न्याय दिन असफल भए, शोकाकुल परिवारको पक्षमा सिटिजन एक्सन पार्टी–सिक्किम दृढतापूर्वक लड्ने प्रतिबद्धता व्यक्त गर्दछ साथै, स्वास्थ विभागले यसपटक पिडित परिवारलाई निष्पक्ष न्याय दिलाउनै पर्छ भन्ने माग गर्दछ।
अन्तमा दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति पार्टी गहिरो समवेदना प्रकट गर्दछ।

बिना शर्मा,
अध्यक्ष, महिला परिषद्,
सिटिजन एक्सन पार्टी - सिक्किम।

Address

Gangtok

Website

Alerts

Be the first to know and let us send you an email when All Sikkim Women Welfare Council - Citizen Action Party . posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share