Gorkhe online shopping darjeeling

Gorkhe online shopping darjeeling Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gorkhe online shopping darjeeling, Political Party, Darjeeling.

04/05/2026

गोर्खा राष्ट्रिय मुक्तिमोर्चाका युवा नेता छितेन भुटिया भन्छन् पश्चिम बंगाल विधानसभाको सम्पन्न निर्वाचनमा भारतीय जनता पार्टीले हासिल गरेको प्रचण्ड बहुमत ऐतिहासिक जनादेशका रूपमा स्थापित भएको छ। भुटियाले थपे यो विजय केवल एउटा दलको सफलता मात्र नभई जनताको परिवर्तन प्रतिको विश्वास, सुशासन प्रतिको अपेक्षा र विकासमुखी राजनीतिको स्पष्ट अभिव्यक्ति हो।पश्चिम बंगालका जनताले दिएको यो जनादेशले राज्यको राजनीतिक दिशामा नयाँ अध्याय प्रारम्भ गरेको छ भन्ने हाम्रो विश्वास रहेको छ।यस ऐतिहासिक विजयको अवसरमा भारतका माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी ,माननीय गृहमन्त्री श्री अमित शाह तथा दार्जीलिङ माननीय सांसद श्री राजु बिष्ट प्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।उहाँहरूको दृढ नेतृत्व,स्पष्ट दृष्टिकोण र राष्ट्रहितप्रतिको प्रतिबद्धताले यो ऐतिहासिक जनसमर्थन सम्भव भएको हो भन्ने विश्वास व्यक्त गर्दछु।भुटिया भन्छन् हामी आशा गर्दछौं कि यस विजयले पश्चिम बंगालमा स्थायित्व सुशासन,समावेशी विकास जनआकांक्षा अनुरूपको नयाँ राजनीतिक संस्कार स्थापना गर्नेछ। विशेषतः पहाड, तराई र डुवर्सका जनताको दीर्घकालीन राजनीतिक सामाजिक तथा आर्थिक आकांक्षा हरूलाई सम्बोधन गर्दै न्यायपूर्ण र समावेशी विकासको नयाँ युग प्रारम्भ हुनेछ भन्ने अपेक्षा राख्दछु।यस ऐतिहासिक जनादेशले लोकतन्त्रलाई अझ सशक्त बनाओस्,जनविश्वास लाई अझ मजबुत बनाओस् र राष्ट्र निर्माणको यात्रालाई अझ गतिशील बनाओस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।

24/04/2026

पहिलो चरणको मतदान सफलतापूर्वक सम्पन्न: युवा नेता छितेन भुटियाद्वारा मतदाताप्रति आभार

गोर्खा राष्ट्रिय मुक्तिमोर्चाका युवा नेता Chiten Bhutia ले पश्चिम बंगाल विधानसभा निर्वाचन अन्तर्गत प्रथम चरणको मतदान सफलतापूर्वक सम्पन्न भएकोमा पहाड, तराई तथा डुवर्स क्षेत्रका सम्पूर्ण मतदाताहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

उनले आज सम्पन्न भएको मतदान कार्यक्रम शान्तिपूर्ण, मर्यादित तथा उत्साहजनक वातावरणमा सम्पन्न हुनु सबैका लागि गर्वको विषय भएको उल्लेख गरेका छन्। यसपटक उल्लेखनीय रूपमा भएको उच्च मतदानले जनताको लोकतन्त्रप्रतिको विश्वास, जिम्मेवारीबोध तथा उज्ज्वल भविष्यप्रतिको आशालाई स्पष्ट रूपमा झल्काएको उनको भनाइ रहेको छ।

भुटियाले यस ऐतिहासिक सहभागिताका लागि सम्पूर्ण मतदाताहरू, निर्वाचन प्रक्रियामा खटिएका सुरक्षाकर्मीहरू, निर्वाचन अधिकारीहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति विशेष धन्यवाद ज्ञापन गरेका छन्।

उनका अनुसार जनताको यो अमूल्य मत र विश्वासले पहाड, तराई तथा डुवर्स क्षेत्रको समृद्ध भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ भन्नेमा आफूहरू पूर्ण विश्वस्त रहेका छन्।

---

20/04/2026

गोर्खा राष्ट्रिय मुक्तिमोर्चाका युवा नेता छितेन भुटिया भन्छन् भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई भोट दिनु भनेको तृणमूल काङ्ग्रेसलाई पहाड सक्नु र गोर्खा जातिलाई मास्नु को निम्ति लाइसेन्स दिनु हो। होशियार हुनु होस चरम धोका होला। तृणमूल काङ्ग्रेस (TMC )को घोषणापत्रमा दार्जीलिङ जिल्ला टुक्याएर सिलगढी अलग गर्ने योजना रहेको ठोकुवा साथ आरोप समेत लगाए युवा नेता भुटियाले।भुटिया भन्छन् हामीमाथि जातिय,भाषिक र भौगोलिक रुपले अल्पसंख्यक बनाउने सुनियोजित षड्यन्त्र हुँदैछ प्रजातान्त्रिक मोर्चाको यसमा संलग्न छ।हाम्रो पहाड र डुवर्सका चिया मजदुरहरुलाई मिनिमम् वेज लागू नगर्ने पनि टिएमसी सरकारनै हो। प्रजातान्त्रिक मोर्चा यसमा दलालको भूमिकामा छ।भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जित्नु भनेको पहाडमा अराजकता भ्रष्टाचार र पक्षपात निम्त्याउनु हो।आब पहाड तराई अनि डुवर्सका जनताले यो सुवर्ण अवसर पाएको छ राज्य सरकारको कुनिति लाई दरिलो झापड हानेर आफ्नो जाति र माटोको सुरक्षा गर्ने त्यसैले राज्य बाट तृणमूल काङ्ग्रेस हटाउँ अनि पहाड बाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा हटाउ सम्पुर्ण गोर्खा जातिको भविष्य र सपना बचाउँ!!अन्तमा युवा नेता छितेन भुटियाले भने ब्यवस्था परिवर्तनको लागि कमल फुलको चिन्हमा भोट हाली भाजपा उमिदवारहरु लाई भारी मतले बिजय गरौंनुका निम्ति जनसमुदायमा अपिल समेत गरे।

22/03/2026

दार्जीलिङ — आगामी विधानसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक गतिविधि तीव्र बन्दै गइरहेको अवस्थामा सम्बन्धित पक्षले आफ्नो धारणा सार्वजनिक गरेको छ।गोर्खा राष्ट्रिय मुक्तिमोर्चाका युवा नेता छितेन टि. भुटियाले भाजपा (BJP) सँग गरिएको सहकार्यलाई चुनावी गठबन्धनका रूपमा नभई मुद्दा केन्द्रित सहकार्यका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार भारतभरिका सम्पूर्ण गोर्खा समुदायको अधिकार र उन्मुक्तिका निम्ति उक्त सहकार्य गरिएको हो।उनले यसपटकको विधानसभा निर्वाचनमा पार्टीले कसलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा हालसम्म कुनै अन्तिम निर्णय नभएको स्पष्ट पारे। यस सम्बन्धमा पार्टीको केन्द्रीय समितिको बैठक बसेर छिट्टै आधिकारिक निर्णय सार्वजनिक गरिने पनि उनले जानकारी दिए।राजनीतिक रूपमा संवेदनशील बनेको वर्तमान परिस्थितिमा उक्त निर्णयलाई चासोका साथ हेरिएको छ।

Address

Darjeeling

Website

Alerts

Be the first to know and let us send you an email when Gorkhe online shopping darjeeling posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share