नेपाली कम्युनिष्ट पार्टी

  • Home
  • India
  • Bangalore
  • नेपाली कम्युनिष्ट पार्टी

नेपाली कम्युनिष्ट पार्टी राजनीतिक र समसामयिक विषयवस्तुको जानकारी गराउने मुख्य उद्देश्य हो।

07/07/2026

नेतृत्व गर्दै आफ्नो team लाइ👏

leading the team 🙏🙏look like harshbardan jain 🙈🙈
07/07/2026

leading the team 🙏🙏look like harshbardan jain 🙈🙈

16/12/2025

राजनीति -
- कति कठोर छ प्रदीप ज्ञवालीलाई हेर्दा थाहा हुन्छ ।
- कति लाचार छ, रामबहादुर थापा र रामकुमारी झांक्रीलाई बुझ्दा थाहा हुन्छ ।
- कति अनिश्चित छ, गोकुल बास्कोटा र कृष्णगोपाल श्रेष्ठलाई हेर्दा थाहा हुन्छ ।
- कति संबेदनशील छ, अमृत बोहोरा र युवराज ज्ञवाली हेर्दा थाहा हुन्छ ।

16/12/2025
02/12/2025

नेकपा माओवादी केन्द्र विभिन्न राजनीतिक दलसँग एकताबद्ध भई नेपाली कम्युनिस्ट पार्टीको रूपमा रूपान्तरण भइसकेको छ। धेरैजसो ठाउँमा कमरेडहरूले अझै पनि नेकपा माओवादी केन्द्र भनेर उच्चारण गर्दै गरेको देखियो पुरानो नेकपा माओवादी केन्द्र नेपाली कम्युनिस्ट पार्टी को रूपमा स्थापित भएको हुनाले यो कुरामा विशेष ध्यान दिनुहोला।

02/12/2025

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना नेता-कार्यकर्तालाई पार्टीले आधिकारिक घोषणा नगर्न चेतावनी दिएको छ। पार्टीका विभिन्न तहका कतिपयले नेता–कार्यकर्ताले आफूखुसी उमेदवारी घोषणा थालेपछि नगर्न सचेत गराइएको हो ।

02/12/2025

अब नगदको कारोबार पाँच लाखसम्म मात्र गर्न सकिने निर्णय सरकारले गरेको छ। सोभन्दा माथिको कारोबार गर्नुपरेमा बैंकिङ मार्फत कारोबार गर्नुपर्नेछ। कमरेडहरू यो कुरा ध्यान राख्नुहोला।

02/12/2025

👇️ राजावादी दुर्गा प्रसाई यस्तो लेख्छन् 👉️राज्य भक्षक होइन, रक्षक बनोस्।
धेरै टाढा उदाहरण खोज्नै पर्दैन,छिमेकी भारतमै कुनै गाउँमा रेलवे ट्र्याक वा सडक सञ्जाल विस्तार गर्नुपर्ने भए, त्यहाँका नागरिकहरू सबैभन्दा धेरै खुसी हुन्छन्। किनकि त्यहाँ सरकारले व्यक्तिका जग्गा–जमिनमा काम गर्नुपरेमा सरकारी दरभन्दा तीन गुणा बढी मुआब्जा पहिला नै दिएर मात्रै परियोजना अघि बढाउँछ।
तर हामीकहाँ भने यसको ठिक उल्टो अवस्था देखिन्छ।
खबरदार सरकार !
मकवानपुर–हेटौडा बजार क्षेत्रमा सडक विस्तारको नाममा उचित मुआब्जा नदिई नागरिकका घरमा डोजर चलाउने, वा दीर्घकालीन व्यवस्थापनको योजना पनि नबनाई सुकुम्बासीका टहरा भत्काउने जस्ता काम नगर्नू।
मानिसलाई भूमिहीन बनाउने, सुकुम्बासी बनाउने काम तत्काल बन्द गरियोस् !
राज्य भक्षक होइन, रक्षक बनोस्।
हामी सरकारसँग निरन्तर वार्ता र संवादमा छौं।
बार्ता नटुटोस्, छलफल नै समाधान हो। सडक बिस्तारको लागि बैकल्पिक मार्ग पनि पर्योग गर्न सकिन्छ। राज्यको काम जनतालाई विस्थापित गर्नु होइन, सुरक्षित राख्नु हो।

✊✊
04/11/2025

✊✊

04/11/2025

आज हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र ) को राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक संयोजक कमरेड प्रचण्डको अध्यक्षतामा बस्यो ।बैठकले हाम्रो पार्टी र नेकपा (एकीकृत समाजवादी ) सहित ९ पार्टीहरूको पार्टी एकीकरण गर्ने निर्णय र प्रस्तावित एकीकृत पार्टीको साझा घोषणापत्र लाई अनुमोदन गर्यो । यसरी आजको बैठक नेकपा (माओवादी केन्द्र ) को अन्तिम बैठकको रुपमा पार्टी एकीकरण गर्ने निर्णय गर्दै सफलता पूर्वक सम्पन्न भयो ।
एकीकृत पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी (Communist Party of Nepal ) र चुनाव चिन्ह पाँच कुने तारा रहने भएको छ ।
पार्टी एकता गरी एकीकृत पार्टी निर्माण गर्दा एकतामा सामेल सबै क्रान्तिकारीहरूले प्रारम्भ देखि नै निम्न पक्षहरूमा गम्भीर ध्यान दिनु जरुरी छ ;
एक, यो एकता नेपालका सबै कम्युनिष्ट तथा बामपन्थी शक्तिहरूको एकीकरण र पुनर्गठनको प्रस्थान विन्दु बन्नु पर्दछ ।त्यसो भएमात्र यो देश ,जनता र कम्युनिष्ट आन्दोलनको माग अनुरुपको कोषे ढुंगा बन्न सक्नेछ ।

दुई ,नेपाली राजनीति र नेपाली कम्युनिष्ट आन्दोलनको आजको मुख्य समस्या विचारधारात्मक सांस्कृतिक (ideo-cultural ) समस्या हो । त्यसैले समग्र कम्युनिष्ट आन्दोलनको वैचारिक सांस्कृतिक संकट लाई समाधान गर्न व्यापक वैचारिक सांकृतिक रुपान्तरणको अभियान लाई एकीकृत पार्टीले शुरुदेखि नै आफ्नो अभिन्न काम बनाएर जानुपर्छ ।क्रान्तिकारी उद्देश्य ,आदर्श ,विचार ,सिद्धान्त ,विधि पद्धति ,स्वच्छता , प्रदतिशिल संकृति , श्रमजीवी एवं उत्पीडित वर्ग एवं जनमुखी चरित्र लाई एकीकृत पार्टीको चारित्रिक विशेषता बनाउनु पर्दछ । अन्यथा पार्टी एकता जोडघटाउ को थुप्रो मात्र बन्ने र परिणाममुखी एवं सार्थक नबन्ने खतरा उत्पन्न हुनेछ ।किमार्थ त्यसो हुन दिनु हुँदैन ।

र ,तीन, जेन जी (Gen Z ) बिद्रोहात्मक आन्दोलनको चेतना , मुद्दा र संगठन एवं अन्य जिम्मेवारीहरूमा जेन जी सहितका युवाहरुको उल्लेखनीय सहभागिता तथा प्रतिनिधित्व लाई एकीकृत पार्टीले गम्भीरतापूर्वक ग्रहण गर्दै तदनुरूप अघि बढ्न प्रतिबद्ध हुनु पर्दछ ।
by नारायण काजी श्रेष्ठ

Address

Bangalore
560102

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली कम्युनिष्ट पार्टी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category