Lahang the Yakthung

Lahang the Yakthung Lets do something for the people for the society and for the nation. Lets do something for the country together

07/08/2026

चेम्जोङ कुलबाट शाह वंशलाई सचेत गरेको अनौठो कथा - पढनुहोस् !

Dakendra Singh Limbu ज्युको फेसबुक वालबाट साभार -

आखिर ‎पृथ्वीनारायण शाह किन दलहाङमासामु रोए?

‎यो प्रसंग धेरैलाई अपत्यारिलो लाग्न सक्छ। कसैले यसलाई अन्धविश्वास भन्नुहोला, कसैले मौखिक इतिहास वा आध्यात्मिक अनुभूति। तर लिम्बुवानमा लामो समयदेखि सुनिँदै आएको १८३१ सालको तसली–मुलुकी लालमोहर (नून–पानी) सन्धिको स्मरणसँग जोडिएकाले आजको दिन यहाँ साझा गर्न सान्दर्भिक ठान्दछु।
‎वि.सं. २०३६ सालतिर दलहाङमा सङ्बाङ्फेले एक दिन एउटा अनौठो अनुभव गरिन्। उनका अनुसार, राजा पृथ्वीनारायण शाह स्थूल शरीरमा प्रकट भएर रुँदै थिए। अचम्म मान्दै दलहाङमाले सोधिन्, "तपाईं को हुनुहुन्छ? किन रुनुभएको?"
‎जवाफ आयो—"म अहिलेका राजाका जिजु–बराजु, हजुरबुबा पृथ्वीनारायण शाह हुँ।"
‎दलहाङमाले फेरि सोधिन्, "किन रुनुभएको?"
‎उनको भनाइ अनुसार पृथ्वीनारायण शाहले भनेका थिए—
‎"मैले तिमीहरूका पुर्खा लिम्बुवानीहरूसँग धर्म–कसम खाई लालमोहर गरेको थिएँ। त्यो वाचा उल्लङ्घन गरी अधिकार खोसिएकाले मेरा सन्तानको सर्वनाश हुँदै गएको देखेर म रोइरहेको छु।"
‎दलहाङमाले भनिन्, "म जस्ती सामान्य महिलाले यस्तो कुरा गर्दा कसले पत्याउँछ? मन्त्रीहरूलाई भन्नु नि ।"
‎त्यसमा उनले भनेको बताइन्छ-
‎"जहाँसुकै भन्न मिल्दैन। शुद्ध आत्मा चाहिन्छ। याशोकको माथिल्लो सिद्धथान (कुम्मायक) मा केही चढाइदिए मेरो परिवारमा केही शान्ति हुनेछ।"
‎दलहाङमाले यो कुरा आफ्ना श्रीमान् तथा तत्कालीन स्याब्रुम्बा गाउँ पञ्चायतका प्रधानपञ्च दलबहादुर चेम्जोङलाई सुनाइन्। त्यसपछि यो विषय स्थानीय नेतृत्व ,जिल्ला सभामा बृहत् छलफल हुँदै तत्कालीन राजसभा स्थायी समिति सदस्य बमबहादुर सङबाङ्फे र तत्कालीन लिम्बुवानका प्रभावशाली नेता पद्मसुन्दर लावतीमार्फत राजदरबारसम्म पुगेको बताइन्छ। त्यसको परिणामस्वरूप राजदरबारबाट कुम्मायक देवस्थलमा पूजा–अर्चना तथा शान्ति अनुष्ठानका लागि रु. ३,१०० तत्कालीन सिडिओ बालेश्वरप्रसाद सिंहको नाममा पठाइएको थियो। पृथ्वीनारायण शाहदेखि राजा बीरेन्द्रसम्मको नामांकित भएको ५/५ किलोको दुइटा घण्टी, ९ फुटे त्रिशूल, तामाको छाता, कोरली बाच्छी लगायतका सामग्री चढाई अष्टम यज्ञ सम्पन्न गरिएको थियो। राजदरबारको नामबाट सेवा लगाइदिने सेवासाबा पुजारीहरु केही जना अझै जीवित हुनुहुन्छ । शायद त्यो सेवाले २०५८ जेठ अर्थात् २२ बर्षसम्म थामियो र अन्त्यमा बिश्व इतिहासमै दु:खद दरबार हत्याकाण्ड भयो।
‎लिम्बुवानमा आज पनि एउटा विश्वास सुनिन्छ—याक्थुङ लिम्बु पुर्खाहरूसँग गरिएको धर्म–कसम र लालमोहरको वाचा उल्लङ्घन नगरेको भए शाही राजवंशले यस्तो दुर्भाग्य भोग्नुपर्ने थिएन। यो विश्वाससँग सबै सहमत हुनैपर्छ भन्ने होइन, तर यो लिम्बुवानको मौखिक इतिहास र जनविश्वासको एउटा महत्त्वपूर्ण अंश अवश्य हो।

‎नोट: यो विवरण २०८० असोज २३ गते भक्तपुर, गठ्ठाघरस्थित निवासमा १०० वर्षीय दलबहादुर चेम्जोङसँग लिइएको मौखिक टिपोटमा आधारित हो। हाल दुबै जीउँदो इतिहास दलबहादुर चेम्जोङ र उहाँको धर्मपत्नी दलहाङमा सङ्बाङ्फे (क्रमशः १०२ र ९४ बर्षको उमेरमा ) स्वर्गीय हुनुहुन्छ।
‎ सेवारो ।

03/08/2026

मादेन सरले ठिकै भनेका हुन्, पृथ्वीनारायण शाहले नै 'लिम्बु' र 'लिम्बुवान' को प्रयोग नेपाली इतिहास खन्डमा प्रयोग गरेका हुन् ।
'लिम्बु' र 'लिम्बुवान' पहिले देखि नै अस्तित्वमा थियो र नै सम्झौता गर्नेक्रममा 'लिम्बु' र 'लिम्बुवान' लेखियो ।
तर, सम्झौता पत्र लेख्दै गर्दा 'ला ! मेरो नाम पनि छैन, मेरो भूमिको नाम पनि छैन, पृथ्वीनारायण तिमीले नै राखी देउ !'
चाँही भनेको होईन । 'लिम्बु' र 'लिम्बुवान' को नाम राखिदिने पण्डित चाँही पृथ्वीनारायण होइनन् ।
त्यसो त ! 'नेपाल' र 'नेपाली' शब्दको प्रयोग पनि वि. सं. १८२६ सालमा मात्र भएको पाईन्छ ।
के अब 'नेपाल' र 'नेपाली' को पहिचानमाथि प्रश्न गरिबस्ने ???

यो सुन्दर नियत होईन । पहिचानप्रति गर्व गरुम् । अनावस्यक अफवाह नफैलाउं ।

भान्जी "रुक्साना लिम्बु" यतिबेला यूकेमा हुनुहुन्छ । यूकेका विभिन्न शहरहरुमा चाडै सांगितिक प्रस्तुति लिएर आउदै हुनुहुन्छ ...
27/07/2026

भान्जी "रुक्साना लिम्बु"
यतिबेला यूकेमा हुनुहुन्छ । यूकेका विभिन्न शहरहरुमा चाडै सांगितिक प्रस्तुति लिएर आउदै हुनुहुन्छ ।
तयार रहनुहोस्, है ।
Ruksana Limbu
Rekha Lawati

प्रधानमन्त्री बालेनको सल्लाहकार तथा भक्तपुरबाट निर्वाचित सांसदको यो स्टाटसबाट, उनको राजनीतिक लाईन के हो बुझ्न गाह्रो छैन...
26/07/2026

प्रधानमन्त्री बालेनको सल्लाहकार तथा भक्तपुरबाट निर्वाचित सांसदको यो स्टाटसबाट,
उनको राजनीतिक लाईन के हो बुझ्न गाह्रो छैन ।

बम आतङक भन्दा कम छैन यो अघोषित आतङकउहिले जनयुद्द कालमा बम आतङक हुने गर्थ्यो । तर, त्यो थियो घोषित । अहिले मिडिया हाउसहरु...
14/07/2026

बम आतङक भन्दा कम छैन यो अघोषित आतङक

उहिले जनयुद्द कालमा बम आतङक हुने गर्थ्यो । तर, त्यो थियो घोषित । अहिले मिडिया हाउसहरुको गेटमा, राजनीतिक दलका नेताहरुका घरको गेटमा महङगा गाडीहरु तेर्स्याएर र मान्छे हिड्ने सडक पेटीहरुमा बजार फिजाएर सरप्राईज आतङक मच्चाईयो ।

यो अघोषित आतङक बम आतङक भन्दा कमको छैन । यो शक्तिशाली आतङकको स्क्रीप्ट कुनै विरोधी र आन्दोलनकारी समुहले तयार गरेको नभई,

लोकतान्त्रीक सरकारले नै आफ्ना जनतालाई उपहार स्वरुप तयार गरी सनसनीपूर्ण बनाएको हो,

भनेर बुझ्न कति पनि गाह्रो छैन ।

अथवा सरकारका मन्डलेहरुले यी सप्पै गरेका हुन्, प्रष्ट भैसकेको छ ।

यो आतङक किन ?

किन रे भन्दा,

गणेश नेपालीको आत्मदाहको घटनाको बारेमा मिडिया हाउसले चासोको साथ सूचित गरेकोले,

गणेश नेपालीको मृत्युमा आम नेपालीले आसु र संवेदना प्रकट गरेकोले,

त्यसो भए,
गणेश नेपालीको आत्मदाहमा आम नेपालीहरुले थप्पडी बजाउनु पर्थ्यो ! खुच्चिङ भन्नु पर्थ्यो ?

सरी सरकार !
संवेदना गुमाउन सकिएन, र खुशी व्यक्त गर्न सकिएन ।

सरी सरकार !
गणेश नेपालीले आत्मदाह गर्नुको कारण उनको घरको कारण थियो, उ डिप्रेशनमा थियो, उ विदेश जानपर्ने सम्मको रिणको भार थियो लगायतका अन्नगिन्ती कारणहरुको भजन गाएर,

सरकार चोखो छ भन्न सकिएन ।

र जनतालाई बदला लिन,
बेवारिसे गाडीहरु तेर्स्याएर आतङक मच्चाएको होला ।

र नेपाली मिडिया र जनताले,
तिम्रो आतङककारी हर्कतले हायलकायल हुँदै मानसिकता र मन बदल्छन् जस्तो लागेको होला ।

र तुरुन्त, गणेश नेपालीको आत्मालाई खुच्चिङ भन्छन् भन्ने लागेको होला ! सरी सरकार, त्यसो गर्न सकिएन ।

तिम्रो यो जनतामाथिको बदलाको भावना र सोचप्रति हासो पनि लागेको छ, लाज पनि लागेको छ ।
सबैभन्दा धेरै त, तिमीविरुद्द आन्दोलित बनाएको छ ।

तिमी जनताका अभिभावक कि तानाशाह ?

कानुन आफैमा मुलायम हुदैन । कानुन लागु हुन अघि कतिपय सन्दर्भमा सचेतनाको खाचोपर्छ । बनाइएका कानुन, ऐन, नियमहरु दया राखी लागु गर्नु अभिभावक (सरकार) को दायित्व हो, तर कानुनको निर्मम व्याख्या हुँदैछ जस्तो कि राज्यले निर्माण गरेका हरेक संयन्त्रहरुमा हाम्रो समाज पोक्त भैसक्यो ।

तानाशाहलाई जनता बोलेको मनपर्दैन । मिडियाको अक्षर र वाचनहरु मन पर्दैन ।

तानाशाहलाई जनताले आफ्नो लागि भक्तिगान गाएको मनपर्छ । तानाशाहलाई झोले मिडिया मात्र मनपर्छ ।

गणेश नेपालीको आत्मदाहसम्म आईपुग्दा नेपाली जनता र मिडियाले भक्तिगान गाउन तयार भएनन्
र, जनताले उपहारस्वरुप आतङक पाएका छन् ।

सरकारी आतङकलाई डिस्पोजल गर्न जनता र नेपाली मिडिया तयार छन्, सरकार ।

06/07/2026

'किरात' भन्दा पनि 'नेपाल' को पक्षमा -
लिम्बुवान-खम्बुवानको पक्षमा -

किरात धर्मको विषयमा भन्नु केही छैन, सम्मान नै छ ।

राजनीतिमा . . . है,
किरातीहरुले शासन गरेको क्षेत्र काठमान्डौमा हो, रे ! यी किरातीहरु को हुन् रे भन्दा खेरी आर्यहरु बाहेकका प्राय सबै रे । आजसम्म आईपुग्दा, किरात र किरातीप्रति प्राय सबै जाति (नेवार, लिम्बु, तामाङ, गुरुङ, मगर, थारु, मेचे, कोचे, लेप्चा, याख्खा आदि) ले मोह भङग गरेपनि पूर्वका राईहरु (किराया) ले बलियो गरी समातेका छन् । नामको पिछे किराती लेखेर ठूला राई नेताहरुले नै काधमा बोकेर हिडेका छन् - किरात राजनीति ।

किरात राजनीतिले जिद्दी गर्नुपर्ने क्षेत्र कहाँ हो ? लाटोले पनि बुझिने सरल कुरा हो- काठमाण्डौ ।

तर काठमाण्डौले धेरै राजनीतिक हिउद कटेर अघि गैसक्यो र 'नेपाल' बन्यो । अब भन्ने गरिएका किरातीहरु मात्र नेपालमा छैनन् । नोन-किरातीहरुको प्रवेशले काठमाण्डौ र काठमाण्डौ-सम्राज्यको रुप अर्कै भैसक्यो ।
यस मानेमा, 'किरात' भन्दा 'नेपाल' नै ठीक छ । नेपाल देश जुनतारा रहुन्जेल कायम रहनुपर्छ, कायम रहोस् ।

अब अर्को प्रसंगमा,
यदि होभने, किरातको असली क्षेत्र त काठमाण्डौ नै हो । काठमाण्डौमा किरात राज्य (प्रदेश) को आवाज उठाउन किरातीको पगरी गुथ्नेहरुले नसकेपछि पूर्व आयो र किरात प्रदेशको माग उठ्यो । किरात राजनीतिले काठमान्डौमा स्थान पक्का गर्न नसकेपछि ठाउ सर्यो, पूर्वमा ।

सिधै भन्दामा,
खम्बुवानमाथि हस्तक्षेप गर्दै फिरङगी किरात त्यो क्षेत्रमा आइपुग्यो । किराती जाति/मान्छे अर्को क्षेत्रमा आउन सक्छन्, बसोबास गर्न सक्छन् तर राज्य नै कायम गरेको राजनीतिमा त्यति देखिन्न ।

इङ्ल्याण्डले संसारमा आफ्नो हेजेमोनी कायम गरेपनि ती क्षेत्रहरुमा इङल्याण्ड दाबी गरेन ।
तर, किरातीहरुले खन्बुवानमा प्रवेश गर्दै किरात दाबी गर्न थाले । हुँदाहुँदा अहिले, लिम्बुवानमा पनि किरात दाबी गर्न थालेका छन् ।

लिम्बुवान र खम्बुवानका सप्पै मान्छे किनेर, प्रभावमा पारेर, तर्साएर, शक्ति देखाएर किरात प्रदेश बनाउन सफल भएपनि यो नाम 'नक्कली' नै हुन्छ ।
किरात क्षेत्र त काठमान्डौ नै हो । यलम्बर थिएभने उनको हंश त्यतै छ ।

लिम्बुवान र खम्बुवानमा किरात क्षेत्र (काठमान्डौ) का मान्छे (किराती) बसाई सरेर आएका हुन्, इमिग्रेन्ट्स भएर ।

एउटा प्रश्न,
थुप्रै नेपाली गरिखान कोरिया गएका छन् । नेपाल दाबी गर्न मिल्छ ? मिल्दैन, मिल्दैन, मिल्दैन ।

लिम्बुवान र खम्बुवान नै हो, किरात हुँदै होईन । लिम्बुवान र खम्बुवान सक्कली हो, किरात दाबी नक्कली हो । यो झुटो राजनीति हो ।
पक्का झुटो !

28/06/2026

Thank You MP

26/06/2026

रास्वपा अब प्रतिगमनकारी शक्ति; यसको आयु बढीमा १० वर्ष

अग्रगमनको लागि गरिएको क्रान्ति र आन्दोलन पछि, यसको संस्थापन गर्नेक्रममा दुविधा र अस्पष्टता आउनु/हुनु अथवा यो चरणमा राजनीति प्रवेश हुनु राजनीतिक विज्ञानमा सामन्य मानिन्छ ।

००७ सालको राणाविरुद्दको जनक्रान्ति पछि प्रजातन्त्रले संस्थापन हुन खोजिरहेको बेला अन्योलता जस्तो छायो, त्यसको मौका छोपेर प्रतिगमनकारी कदम स्वरुप ०१७ सालमा पन्चायत आयो । प्रजातन्त्र तत्कालिन अवस्थामा अग्रगमनको बाटो थियो, यसैलाई सुधार गर्दै नमिलेको जस्तो देखिएकोलाई मिलाउदै प्रजातन्त्रको संस्थापन गर्न सकेको भए, मुलुक यतिबेला अर्कै भैसक्ने थियो । तर राजा महेन्द्रको प्रतिगमनले नेपालको राजनीतिक इतिहासमा ब्रेक लगायो ।

०४६ सालको जनआन्दोलनले संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र ल्यायो। यहाँ पनि थुप्रै अफ्ठेरो, दुविधा, अन्योलताहरु देखा परे । प्रजातन्त्रलाई सुधृणिकरण गर्नको सट्टामा संवैधानिक राजा र दलबिच शक्ति संघर्ष शुरु भयो । दुवै शक्तिबिचमा प्रजातान्त्रीक तालमेल गर्ने र मिल्ने संयन्त्र निर्माणको संस्थापनतिर राजनीति गएन । बरु, ०५८ को शाही 'कु' आयो । यो पूरै प्रतिगमनकारी कदम थियो ।

०६२/६३ को जन आन्दोलनले संघीय लोकतान्त्रीक गणतन्त्र ल्यायो । यो व्यवस्थालाई संस्थागत गर्नेक्रममा अनेक समस्याहरु छन् । यी दुविधा र अन्योलग्रस्त समस्याहरुलाई संघीय लोकतान्त्रीक गणतन्त्रको मर्म अनुसार हल गर्नको सट्टामा पुन: प्रतिगमनकारी कदम उचालेर रास्वपा आउने देखियो । यो व्यवस्थामा सुधार्नुपर्ने कुराहरु हुन सक्छन्, सुधारेर अघि नै जाने निर्णय गरेको भए, यो युगले एउटा पार्टी/राजनीति र नेता पाउने थियो,
तर प्रतिगमनको बाटो रोज्दै संघीयता, धर्मनिरपेक्षता जस्ता सुन्दर राजनीतिक आयामहरुमा आक्रमण शुरु भएको छ । यो प्रतिगमनको बाटो हो ।

नेपाली राजनीतिक समाजले अघि बढ्ने नै निर्णय गर्दै आएको हुनाले पछि फर्कन इच्छा राख्ने रास्वपाको आयु बढीमा १० वर्ष हुनेछ ।

"संघीय लोकतान्त्रीक गणतन्त्र नेपाल - जिन्दावाद !"

खर्च धान्न नसकिने तर्क गर्दै, जनताको अधिकार खोस्न रुचि राख्ने, संघीयता खारेज गर्नुपर्छ भन्ने, प्रदेश सभा खारेज गर्छु भन्...
24/06/2026

खर्च धान्न नसकिने तर्क गर्दै,
जनताको अधिकार खोस्न रुचि राख्ने,
संघीयता खारेज गर्नुपर्छ भन्ने,
प्रदेश सभा खारेज गर्छु भन्ने,
गाउनगर सभा खारेज गर्छु भन्ने,
दलित, महिला, जनजाती प्रतिनिधि खारेज गर्छु भन्ने,
यो सरकारले यत्रो सचिवालय राख्ने खर्चको चिन्ता किन गरेन ?

मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अब प्रत्येक मन्त्रीले ३ देखि ५ जनासम्म विशिष्ट श्रेणी (सचिवसरह) का सल्लाहकार ....

12/06/2026

कुलङगारको विरुद्द (कविता)

पुर्खाले
रगत र पसिनाको मेची-काली बगाएर
वलिदानको आहुतिले
ठड्याई दिएको विरासतमा
निर्लज्ज ठाडो उभिएर
घोषणा गर्दछ -

"पुर्खाले कसैको मिचेर आबाद गरेको जमिन हो"

हो,
म यस्तो कुलाङगार शासक जन्मेको देशमा
शानको साथ जन्मेको मान्छे हॅु ।

तर,
म नामर्द नागरिक होईन
र बर्खिलापमा घोषणा गर्दछु-

"जमिनको एक इन्च लिन्न कसैको
एक इन्च छोड्दिन मेरो"

जय देश !

Address

Ashford

Website

Alerts

Be the first to know and let us send you an email when Lahang the Yakthung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share