प्रवासी नेपाली एकता मंच, स्पेन

  • Casa
  • España
  • Barcelona
  • प्रवासी नेपाली एकता मंच, स्पेन

प्रवासी नेपाली एकता मंच, स्पेन ___________________ प्रवासी नेपाली एकता मंच, स्पेन तपाईलाई हार्दिक स्वागत गर्दछ।

नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावली -२०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई...
24/10/2020

नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावली -२०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख ,शान्ति ,समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!! साथै

COVID-19 बाट बचौं र बचाऔं !!!

हेम शेर्पा
अध्यक्ष प्रवासी नेपाली एकता मंच, स्पेन परिवार

नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावली -२०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई...
24/10/2020

नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावली -२०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख ,शान्ति ,समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!! साथै

COVID-19 बाट बचौं र बचाऔं !!!

अशोक किरण न्यौपाने
सचिव तथा प्रवासी नेपाली एकता मंच, स्पेन परिवार

नेपालको संविधान दिवस एबम रास्ट्रिय दिवस अवसरमा सम्पूर्ण देश तथा बिदेशमा रहनु हुने नेपाली दाजुभाई तथा दिदीबैनी हरूमा हार्...
19/09/2020

नेपालको संविधान दिवस एबम रास्ट्रिय दिवस अवसरमा सम्पूर्ण देश तथा बिदेशमा रहनु हुने नेपाली दाजुभाई तथा दिदीबैनी हरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ!!!

प्रवासी नेपाली एकता मंच, स्पेन परिवार।

हार्दिक वधाई तथा शुभकामना !!!सर्वप्रथम प्रवासी नेपाली एकता मंच, स्पेनद्वारा स्पेनमै पहिलो पटक आयोजित “हरितालिका तीज विशे...
01/09/2020

हार्दिक वधाई तथा शुभकामना !!!

सर्वप्रथम प्रवासी नेपाली एकता मंच, स्पेनद्वारा स्पेनमै पहिलो पटक आयोजित “हरितालिका तीज विशेष अनलाईन नृत्य प्रतियोगिता-२०७७” मा सहभागी भई प्रथम हुने श्री रिस्ता सुनुवार (बिलबाउ), द्वितीय हुने श्री सोनिया भण्डारी (बार्सिलोना) र तृतीय हुने श्री शिक्षा भट्टराईलाई हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछौं।

व्यस्त समयको वावजूद हाम्रो निमन्त्रणालाई स्वीकार गरी उपस्थित हुनुभई कार्यक्रमको शोभा बढाई दिनु भएकोमा प्रमुख अतिथि स्पेनका लागि नेपाली राजदुत महामहिम दावा फुटी शेर्पा, विशिष्ट अतिथिहरूमा एन.आर. एन.ए. केन्द्रीय सल्हाकार श्री पुष्पराज तिमिल्सिना, एन.आर. एन.ए. आईसीसी यूरोप क्षेत्रीय उप-संयोजक श्री मुक्त बहादुर गुरुङ , प्रवासी नेपाली एकता मंच, स्पेनका वरिष्ठ नेता श्री गंगा प्रसाद भुषाल , एन.आर. एन.ए., आईसीसी सदस्य श्री चिन्तामणि सापकोटा, एन.आर. एन.ए., स्पेनका अध्यक्ष श्री दिनेश गुरुङ, निर्णायकहरुमा वरिष्ठ नृत्य निर्देशक श्री शंकर वी.सी., वरिष्ठ नृत्य निर्देशक श्री सन्त कुमार थापा मगर तथा वरिष्ठ नृत्य निर्देशक श्री अजय लोप्चनप्रति हार्दक कृतज्ञता व्यक्त गर्दछौं। साथै कार्यक्रमलाई सफल बनाउनका लागि अहोरात्र खट्नु हुने ग्राफिक डिजाईन तथा भिडियो ईडिटिंगमा सयोग गर्नुहुने साईग्रेस प्रोडक्शनका संचालक साईग्रेस पोख्रेल, कार्यसमितिका सम्पूर्ण पदाधीकारीहरू, प्राविधिक रुपमा सयोग गर्नुहुने श्री लक्ष्मण शर्मा, श्री दीपक क्षेत्री र श्री बिशाल ढुंगाना, प्रतियोगितामा भाग लिनेहुने सम्पूर्ण प्रतियोगी दिदीबहिनीहरु, पत्रकार बन्धुहरु लगायत प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

हेम शेर्पा अशोक किरण न्यौपाने
(अध्यक्ष) (सचिव तथा कार्यक्रम संयोजक)

हार्दिक बधाई!!!प्रवासी नेपाली एकता मंच, स्पेनद्वारा आयोजित "हरितालिका तीज विशेष अनलाइन नृत्य प्रतियोगिता -२०७७" मा क्रमश...
31/08/2020

हार्दिक बधाई!!!
प्रवासी नेपाली एकता मंच, स्पेनद्वारा आयोजित "हरितालिका तीज विशेष अनलाइन नृत्य प्रतियोगिता -२०७७" मा क्रमश प्रथम, द्वितीय र तृतीय हुनुहुने रिस्ता सुनार,सोनिया भण्डारी र शिक्षा भट्टराई लाई हार्दिक बधाई तथा शुभकामना!

प्रवासी नेपाली एकता मंच, स्पेनद्वारा आयोजित "हरितालिका तीज विशेष अनलाइन नृत्य प्रतियोगिता -२०७७" को सामाजिक लोकप्रियता अ...
30/08/2020

प्रवासी नेपाली एकता मंच, स्पेनद्वारा आयोजित "हरितालिका तीज विशेष अनलाइन नृत्य प्रतियोगिता -२०७७" को सामाजिक लोकप्रियता अभिमत गणनाको मान्यता आज मिति ३० अगष्ट २०२० आइतवार अपरान्ह ४:०० बजे आहिले बाट बन्द भयको व्यहोरा जनाकारी गराउदछ।

अशोक किरण न्यौपाने
(सचिव)
प्रवासी नेपाली एकता मंच, स्पेन।

29/08/2020

प्रवासी नेपाली एकता मञ्च, स्पेनद्वारा आयोजना हुन गइरहेको “हरितालिका तीज विशेष अनलाईन नृत्य प्रतियोगिता-२०७७”बरिष्ठ नृत्य निर्देशक तथा कलाकार शंकर बी.सी. द्वारा सफलताको शुभकामना संदेश !!!

सूचना ! सूचना !! सूचना !!!प्रवासी  नेपाली एकता मंच, स्पेनद्वारा आयोजित  "हरितालिका तीज विशेष अनलाइन नृत्य प्रतियोगिता -२...
29/08/2020

सूचना ! सूचना !! सूचना !!!

प्रवासी नेपाली एकता मंच, स्पेनद्वारा आयोजित "हरितालिका तीज विशेष अनलाइन नृत्य प्रतियोगिता -२०७७" आगामी ३१ अगष्ट २०२० सोमवार अपरान्ह ४:०० बजे नै Online Zoom मार्फत सम्पन्न हुन गैरहेको व्यहोरा पुन: जानकारी गराउँदछौं । उक्त कार्यक्रममा प्रतियोगिताको नतीजा घोषणा कार्यक्रम हाम्रो संस्थाको फेसबुक मार्फत पनि प्रत्यक्ष प्रसारण हुन गैरहेको जानकारी गराउँदछौं । पूर्व निर्धारित कार्यक्रम प्राविधिक कारणले रोक्न तथा सार्न असमर्थ भएकोमा क्षमा प्रार्थी छौं।

अशोक किरण न्यौपाने
(सचिव)
प्रवासी नेपाली एकता मंच, स्पेन

Dirección

Barcelona

Página web

Notificaciones

Sé el primero en enterarse y déjanos enviarle un correo electrónico cuando प्रवासी नेपाली एकता मंच, स्पेन publique noticias y promociones. Su dirección de correo electrónico no se utilizará para ningún otro fin, y puede darse de baja en cualquier momento.

Compartir