शितगगां साप्ताहिक .com

शितगगां  साप्ताहिक .com सत्यतथ्य समाचार अनि गाउँ ठाउँ का विविध जानकारी को लागि हाम्रो पेज लाई लाइक अनि फलो गर्न नभुल्नु होला🙏

Big News for Nepal Cricket: ICC को आगामी बोर्ड बैठक Nepal मा गर्ने तयारी भइरहेको पाइएको छ । 😮🔥Pic: CAN
08/10/2026

Big News for Nepal Cricket: ICC को आगामी बोर्ड बैठक Nepal मा गर्ने तयारी भइरहेको पाइएको छ । 😮🔥

Pic: CAN

राष्ट्रिय  स्वतन्त्र पाटी शितगंगाले नगरपालिकाका सबै वडामा संवाद  यात्रा गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी शितगंगा नगर समि...
08/10/2026

राष्ट्रिय स्वतन्त्र पाटी शितगंगाले नगरपालिकाका सबै वडामा संवाद यात्रा गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी शितगंगा नगर समिति यही मिति २०८३/०६/२३ गतेबाट सबै वडामा जनताको प्रश्न बुझ्नका लागि र रास्वपाले देखेको "सबल शितगंगाको" सपनामा जनतालाई बुझाउन उदेश्य सहित १४ वटै वडाका प्रत्येक गाउँ,टोलमा नगर कमिटी सहितका नेता हरु पुग्दै छन ।

पाटीले सम्पुर्ण बुबा आमा,दाजुभाइ तथा दिदीबहिनीहरुलाइ आफ्ना गुनासा ,जिज्ञासा राख्न पायक पर्ने स्थानमा उपस्थित हुन अनुरोध गरेको छ ।

बिल बुक र लाईसेन्स भेट्टिएको छ हराएको ब्याक्ती सामु पुर्याउन सक्दो सेयर गरौ। भेट्टाउने ब्याक्तीको मोबाईल न-984-8070439 ध...
06/10/2026

बिल बुक र लाईसेन्स भेट्टिएको छ हराएको ब्याक्ती सामु पुर्याउन सक्दो सेयर गरौ। भेट्टाउने ब्याक्तीको मोबाईल न-984-8070439 धन्यबाद।।🙏

गरुसिंगे चोकमा नागरिकता पासपोर्टसहितको सामान भेटिएको सूचना।  उक्त सामान गरुसिंगे चोकमा नेपाल प्रहरीलाइ बुझाएको जानकारी ग...
04/10/2026

गरुसिंगे चोकमा नागरिकता पासपोर्टसहितको सामान भेटिएको सूचना। उक्त सामान गरुसिंगे चोकमा नेपाल प्रहरीलाइ बुझाएको जानकारी गराउँदछौ
स्रोत सुमन खत्री

Arghakhanchi bulletin

डा.भोला रिजाल भन्छन् - “बालेनले भ्र'ष्टाचार गर्दैनन् । गरे भने बालेनसँगै म पनि जे'ल जान्छु। यो मेरो आत्मविश्वास हो।” 🙏
03/10/2026

डा.भोला रिजाल भन्छन् - “बालेनले भ्र'ष्टाचार गर्दैनन् । गरे भने बालेनसँगै म पनि जे'ल जान्छु। यो मेरो आत्मविश्वास हो।” 🙏

03/10/2026

यो बाटो हो कि इन्जिनियरिङको नमुना हेरेरै लाज लाग्ने? 😡🤫
तल कल्भर्ट छैन राम्रो सगँ , माथि ढलान, गाडी झर्‍यो भने सिधौ गाडि दुर्घटनामा हुन्छ !
यस्तो डिजाइन कसले गर्‍यो? पास कसले गर्‍यो? अनुगमन कहाँ थियो?
वर्षालाई दोष दिएर उम्किन सजिलो छ, तर यस्तो बाटो किन बनाइएको हो जहाँ राम्रो सगँ बाटो को निकासा सम्म छैन र यस्तो बाटो बनाउनचाहिँ जनताको पैसा किन खर्च गरियो?
👉 इन्जिनियरिङ टिम
👉 प्राविधिक टोली
👉 अनुगमन गर्ने निकाय
👉 पास गर्ने जिम्मेवारहरू
सबैले जनतालाई जवाफ दिनुपर्छ।
जनताको पैसा हो, कसैको बाउको सम्पत्ति होइन।
बाटो बनाउने हो कि बजेट सक्ने प्रमाण बनाउने हो?

Video: Bhuwan belbase

दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु १० जना घाइते।परासी,१७ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनय...
03/10/2026

दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु १० जना घाइते।
परासी,१७ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका –०२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको हो ।
उक्त बसमा चालक सहित १८ जना सवार रहेकोमा ६ जनाको मृत्यु भएको र १० जना घाइते भएका छन् भने २ जना सकुशल रहेका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा जिल्ला जाजरकोट, भेरीगंगा नगरपालिका –०३ बस्ने ५० वर्षीय निर्जुङ खत्री रहेका छन् भने अन्य पाँच जना मृतकको विवरण खुल्न बाँकी रहेको छ ।
घाइते हुनेमा
१. जिल्ला गोरखा, गो.न.पा.-०९ बस्ने वर्ष ३० को हरिशरण थापा,
२. जिल्ला अछाम मंगलसेन न.पा. ६ बस्ने वर्ष २८ को तेजेन्द्र प्रसाद भण्डारी,
३. जिल्ला बर्दिया ठाकुरबाबा न.पा. १ बस्ने वर्ष २० की आकृती,
४. जिल्ला बाजुरा स्वामी कात्तिक गा.पा. ५ बस्ने वर्ष ३२ को पवन बुढा,
५. जिल्ला बर्दिया राजापुर न.पा. ९ बस्ने वर्ष २८ को सञ्जय थारु,
६. जिल्ला बाजुरा स्वामी कात्तिक गा.पा.१ बस्ने वर्ष २५ को प्रेम बम,
७. जिल्ला ललितपुर कुञ्जय सोमपाक गा.पा. वडा नं ५ बस्ने वर्ष २९ को अनोज खत्री,
८. जिल्ला बर्दिया बाँसगढी न.पा. ७ बस्ष ३६ को लाल बहादुर कार्की,
९. जिल्ला बाँके नेपालगञ्ज उ.म.न.पा. १६ बस्ने वर्ष ४८ को अस्लाम भगवान,
१०. जिल्ला सल्यान वनगढ कुपिण्डे न.पा. १ बस्ने वर्ष २१ को अनिल बुढाथोकी रहेका छन् ।
उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा खटिएको प्रहरी टोलीले बसमा सवार घाइतेहरूलाई उद्दार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको छ ।

अर्घाखाँचीमा होटलमा बसेका भारतीय नागरिक मृत भेटिए  अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ शान्तिबगैँचा नजिकै रहेको एक होटलमा...
03/10/2026

अर्घाखाँचीमा होटलमा बसेका भारतीय नागरिक मृत भेटिए

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ शान्तिबगैँचा नजिकै रहेको एक होटलमा भारत बिहारको मोतिहारीका करिब ३५ वर्षीय भारतीय नागरिक मृत अवस्थामा भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार उनी अर्घाखाँचीमा मसलाको व्यापार गर्दै आएका थिए। उनी होटलमा बास बसेका थिए।होटल सञ्चालकका अनुसार मृतकले बाहिरबाट अत्यधिक मदिरा सेवन गरेर होटलमा बास बस्न आएका थिए। शनिबार बिहान होटलको कोठामा मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

03/10/2026

साप्ताहिक मौसम पूर्वानुमान (१६ असोज २०८३)
असोज १६ देखि २२ गतेसम्मको मौसम कस्तो होला ?
National Disaster Risk Reduction & Management Authority
Neoc Moha

03/10/2026

ए म त परदेशी’ गित सार्वजनिक, अर्घाखाँचीका कलाकारको बेजोड प्रस्तुति
दिपक पान्डे युएई
अर्घाखाँचीको शीतगंगा नगरपालिकामा जन्मिनुभएका लोकदोहोरी क्षेत्रका चर्चित गायक राजेन्द्र बरालको नयाँ गीत ‘ए म त परदेशी’ सार्वजनिक भएको छ। परदेशी जीवनका भोगाइ, गाउँघरको सम्झना र मायालाई समेटिएको गीतमा शान्तारानी परियार, राजेन्द्र बराल र बिमल पौडेलको सुमधुर स्वर रहेको छ।
गीतको लय तथा शब्द पूर्णराज बेल्बासेले गर्नुभएको हो भने गीत पूर्णराज बेल्बासे युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतको छायांकन लालबहादुर ढेगाले गर्नुभएको छ।
गीतको भिडियोमा अर्घाखाँची जिल्लाबाट सांगीतिक तथा कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल विभिन्न कलाकारहरूको आकर्षक अभिनय देख्न सकिन्छ। विशेषगरी शीतगंगा नगरपालिकामा जन्मिनुभएका पछिल्लो समय चर्चामा रहनुभएका मोडल सुरेन्द्र न्यौपाने सम्झना खनाल, मनिषा खनाल, वासुदेव बस्नेत, अनु शर्मा खिम प्रसाद शर्मा लगायत अर्घाखाँचीका विभिन्न कलाकारहरूको अभिनयले गीतलाई थप जीवन्त बनाएको छ।
गीत सार्वजनिक भएसँगै यूएईमा विभिन्न पेसा, व्यवसाय तथा अध्ययनका सिलसिलामा रहनुभएका अर्घाखाँचीवासी तथा जिल्लासँग नजिक रहेका कलाकार, संगीतप्रेमी र शुभेच्छुकहरूले उत्साहजनक साथ र समर्थन जनाइरहेका छन्।
विदेशमा रहेर पनि आफ्नै जिल्लाका कलाकारको सिर्जनालाई प्रोत्साहन गर्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत गीतको प्रचार–प्रसारमा समेत जिल्लावासीहरू सक्रिय देखिएका छन्।
अर्घाखाँचीको माटोमा जन्मिएका कलाकारहरूको स्वर, शब्द, संगीत र अभिनयलाई एउटै प्रस्तुतिमा समेटिएको **‘ए म त परदेशी’**ले परदेशमा रहेका नेपालीको भावना र मातृभूमिप्रतिको मायालाई समेटेको छ। अर्घाखाँचीका कलाकारहरूको सामूहिक सहभागिता र यूएईमा रहेका जिल्लावासीहरूको साथले गीतलाई थप दर्शक तथा स्रोतामाझ पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उक्त गित को भिडियो सुटिङ समेत युएइको विभिन्न शहरमा गरिएको हो 👌 पुरा भिडियो link https://youtu.be/3UX7XU0yZFc?si=-Ei_MBxzkWJiNnsa

Address

Dubai
32700

Website

Alerts

Be the first to know and let us send you an email when शितगगां साप्ताहिक .com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share