Federal Democratic Republic of Nepal

Federal Democratic Republic of Nepal federal democrat republic of Nepal our social pase.i invited to you all of you. thanks
(6)

बंगलादेशले नेपाललाई २–१ ले पराजित गर्दै वुमेन्स साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । दुई पल्टको डिफेन्डिङ च्याम्...
03/06/2026

बंगलादेशले नेपाललाई २–१ ले पराजित गर्दै वुमेन्स साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

दुई पल्टको डिफेन्डिङ च्याम्पियन बंगलोदश प्रतियोगिताको फाइनल पुगेको यो लगातार तेस्रो पल्ट हो ।

दोस्रो हाफको अतिरिक्त समयमा सागोरिकाले गोल गरेपछि बंगलादेशले एक गोलले पछाडि रहेको स्थितिबाट पुनरागमन जित रचेको हो । खेल अतिरिक्त समयमा अग्रसर रहेका बेला सागोरिकाले गोल गरेकी हुन् ।

दोस्रो हाफको इन्ज्युरी समयमा रितु पोर्नाचक्माले बंगलादेशका लागि बराबरी गोल फर्काएकी थिइन् । नेपालले गीता रानाको गोलले अग्रता लिएपनि त्यसलाई कायम राख्न सकेन ।

ऋतु चक्माले कर्नरबाट सिधै गोल गर्दा पहिलो हाफको खेल १-१ को बराबरीमा सकिएको छ । के नेपालले पुन: अग्रता लिन सक्ला ? B***n ...
03/06/2026

ऋतु चक्माले कर्नरबाट सिधै गोल गर्दा पहिलो हाफको खेल १-१ को बराबरीमा सकिएको छ । के नेपालले पुन: अग्रता लिन सक्ला ? B***n

Nepal Women start their ACC Women’s Premier Cup 2026 campaign with a dominant win over Qatar 🇳🇵🔥Bindu Rawal and Puja Mah...
03/06/2026

Nepal Women start their ACC Women’s Premier Cup 2026 campaign with a dominant win over Qatar 🇳🇵🔥

Bindu Rawal and Puja Mahato led the batting effort, before Rubina Chhetry starred with the ball.

⚡ Highlights
🏏 Bindu Rawal 33(30)
🏏 Puja Mahato 28(26)
🎯 Rubina Chhetry 3/8
🎯 Riya Sharma 1/6

मेयर बनाउँछु भनेर ढाँट्नुभयो, मलाई प्रयोग मात्र गरियो’श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङका निकट सहयोगी मानिएका ...
03/06/2026

मेयर बनाउँछु भनेर ढाँट्नुभयो, मलाई प्रयोग मात्र गरियो’

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङका निकट सहयोगी मानिएका निनाचन्द्र राईले पार्टी परित्याग गरेका छन्। धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत राईले आजदेखि श्रम संस्कृति पार्टी र हर्क साम्पाङसँग आफ्नो कुनै सम्बन्ध नरहेको घोषणा गरेका हुन्।

राईले आफूलाई धरानको भावी मेयर उम्मेदवार बनाउने आश्वासन दिएर पार्टीमा भित्र्याइएको तर पछि वाचा विपरीत अर्कै व्यक्तिलाई अघि सारिएको आरोप लगाएका छन्। उनले हर्क साम्पाङले आफूलाई पटक–पटक मेयर उम्मेदवारका रूपमा आश्वस्त पारेको दाबी गरे।

‘उहाँले मलाई नै मेयरको उम्मेदवार तपाईं नै हो, कन्फर्म हो भन्नुभएको थियो। मैले त्यसैको विश्वासमा पार्टीमा प्रवेश गरेको थिएँ। अहिले आएर अर्कैलाई अघि सार्नुभयो,’ राईले बताएका छन्।

उनका अनुसार आफू मात्रै होइन, १०० भन्दा बढी कार्यकर्ताले पनि श्रम संस्कृति पार्टी छाडेका छन्। यद्यपि उक्त दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

हर्क साम्पाङलाई स्वतन्त्र उम्मेदवारका रूपमा धरानको मेयर बनाउन सक्रिय भूमिका खेलेका राई पार्टी गठनपछि केही समय स्वतन्त्र राजनीतिक अभियानमै थिए। गत वैशाखमा उनी औपचारिक रूपमा श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए।

तर पछिल्लो समय हर्क साम्पाङले धरानको भावी मेयर उम्मेदवारका रूपमा धनबहादुर राईको नाम सार्वजनिक गरेपछि असन्तुष्टि चुलिएको बताइएको छ। धनबहादुर राई २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए।

निनाचन्द्र राईले पार्टी प्रवेश गराउँदा आफूलाई मेयर बनाउने स्पष्ट प्रतिबद्धता गरिएको दाबी गर्दै अहिले आफूलाई धोका दिइएको महसुस भएको बताएका छन्।

उनको बहिर्गमनसँगै श्रम संस्कृति पार्टीभित्र आन्तरिक विवाद र नेतृत्वको निर्णय प्रक्रियामाथि प्रश्न उठ्न थालेका छन्। यता हर्क साम्पाङ वा श्रम संस्कृति पार्टीको नेतृत्वले भने निनाचन्द्रको आरोपबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। B***n Harka Sampang A Revolution

Nepal Asian games मा छनौट भएको छ ‼️ सेमीफाइनलमा नेपालको भेट फेरि ओमानसँग हुने सम्भावना बलियो रहेको छ l खेल खेल्न बाँकी र...
03/06/2026

Nepal Asian games मा छनौट भएको छ ‼️

सेमीफाइनलमा नेपालको भेट फेरि ओमानसँग हुने सम्भावना बलियो रहेको छ l खेल खेल्न बाँकी रहेको नेपाली टिम अङ्कतालिकाको शीर्ष स्थानमा रहँदा ग्रुप बीमा रहेको ओमानको टिम पोइन्ट टेबलको दोस्रो स्थानमा छ।

नेपाल र मलेसिया ग्रुप एबाट एसियन गेमका लागि क्वालिफाइ हुँदा ग्रुप बीबाट भने अझै पनि कुनै पनि टिमको टुङ्गो लागेको छैन।

B***n

५५ लाख रुपैया कराईभित्र लुकाएर भिजिट भिसामा मलेसिया जान लागेका नेपाल एयरलाईन्स कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्...
03/06/2026

५५ लाख रुपैया कराईभित्र लुकाएर भिजिट भिसामा मलेसिया जान लागेका नेपाल एयरलाईन्स कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

काठमाडौंको बनस्थलीमा बस्दै आएका ५० वर्षीय कमल नारायण विश्वास मलेसिया जाने क्रममा विमानस्थल प्रहरीद्वारा गरिएको ब्यागेज स्क्रिनिङ तथा शरीर खानतलासीका क्रममा करिब ५४ लाख ७१ हजार रुपैयाँ बराबरको स्वदेशी तथा विदेशी मुद्रा कालो रंगको लगेजभित्र फलामको कराइमा लुकाइएका अवस्थामा प्रहरिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।
उनी बिगत १६ बर्स देखि नेपाल एयरलाइन्समा कार्यरत कर्मचारी हुन ।
pic: Ai
B***n

बिदेशबाट ६५ इन्चको टेलिभिजन ल्याउन पाइने - "सरकारले वैदेशिक रोजगारीमा कम्तीमा १ वर्ष काम गरेर फर्कने नेपाली नागरिकका लाग...
03/06/2026

बिदेशबाट ६५ इन्चको टेलिभिजन ल्याउन पाइने - "सरकारले वैदेशिक रोजगारीमा कम्तीमा १ वर्ष काम गरेर फर्कने नेपाली नागरिकका लागि एक पटकको लागि मात्र ६५ इन्च सम्मको टेलिभिजन ल्याउन महसुल पूर्ण छुट गर्ने व्यवस्था गरेको छ । B***n

आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू : १.  UNEP बाट ओजोन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्ध...
03/06/2026

आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू :

१. UNEP बाट ओजोन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी Moteral Protocal को कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने ।

२. सशस्त्र प्रहरी नायब महानिरीक्षक श्री अर्जुनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने ।

३. संवत् २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लिखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि ४५ दिन थप गर्ने ।

४. भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा श्री बलभद्र वास्तोला, कास्की तथा सदस्य पदमा श्री अमिर प्रसाद न्यौपाने, काठमाडौं, श्री पद्मिनी सोती, लमजुङ र डा. रेहना श्रेष्ठ, काठमाडौंलाई नियुक्ति गर्ने । B***n

मनाङको नासो गाउँपालिका-१ तालडाँडाबाट पर्यटक बोकेर सदरमुकाम चामेतर्फ जाँदै गरेको बस। डुम्रे–बेसीसहर–चामे सडक सहज भएसँगै प...
03/06/2026

मनाङको नासो गाउँपालिका-१ तालडाँडाबाट पर्यटक बोकेर सदरमुकाम चामेतर्फ जाँदै गरेको बस। डुम्रे–बेसीसहर–चामे सडक सहज भएसँगै पर्यटक सहजै बसमा मनाङ भित्रिन थालेका छन् ।तस्बिर: नवीन लामिछाने/रासस B***n

Address

Dubai
00000

Website

Alerts

Be the first to know and let us send you an email when Federal Democratic Republic of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Federal Democratic Republic of Nepal:

Share