05/08/2024
"परदेशमे मधेसीके साथि"
जनमत पार्टीको भातृ संगठन गैर आवासीय मधेसी संघ अन्तर्राष्ट्रिय समिति द्वारा अनलाईन zoom meeting मार्फत यस संस्थाका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष डा.श्यामबाबु महतो ज्युको अध्यक्षता तथा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय ई.बसन्त कुशवाहा ज्युको प्रमुख आतिथ्यमा फिनल्यान्डमा बसोबास गरिरहेका मधेसीमुलका साथिभाईहरू सँग परिचयात्मक कार्यक्रम, मधेसका समस्याहरू, मधेसमा राजनीतिक अस्थिरता र विभिन्न बिषयमा सवाल -जवाफ गरि भव्यताका सम्पन्न भयो। बिशिस्ट अतिथिमा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवम् अनुशासन विभाग प्रमुख ई.दिपक कुमार शाह,अतिथि जनमत पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य तथा NRMA अन्तर्राष्ट्रिय समितिका भु. पु. अध्यक्ष ई.शम्भुनाथ साह ज्यु, जनमत पार्टीका केन्द्रीय सदस्य तथा गैर आवासीय मधेसी संघ युएईका अध्यक्ष जगनारायण मण्डल ज्यु लगायत विभिन्न देशहरू बाट प्रतिनिधित्व गर्ने स्वराजी पदाधिकारीहरुको उपस्थिति रहेको थियोे ।
"जनमत पार्टी" जिन्दावाद 📢📢📢
गैर आवासीय मधेसी संघ जिन्दावाद!!